Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: १४ मंसिरमा हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन सक्नेछन् । मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गराएका उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ । भोलिपल्ट शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ । २३ गते दिउँसो साढे १ बजेसम्म उजुरीउपर जाँचबुझ गरी सोही दिन…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले १५ प्रतिशतसम्म विद्युत्को महशुल वृद्धि गर्ने गरी प्रस्ताव गरेको छ । प्राधिकरणले सञ्चालक समितिबाट निर्णय गरी बुधबारै विद्युत् नियमन आयोगसमक्ष महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगले ‘विद्युत् उपभोक्ता महशुल निर्धारण निर्देशिका २०७६’ मस्यौदा राय सुझावका लागि सार्वजनिक गरेकै दिन प्राधिकरणले महशुल वृद्धिका लागि प्रस्ताव गरेको हो । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बुधबार मात्र महशुल वृद्धिका लागि प्रस्ताव गरेको जानकारी दिए । यो समाचार आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

Read More

गौर : निलम्बित सांसद मो. अफताब आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालीन प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्। तर, जबाफदेहिताबाट उनीहरू पन्छिएका छन्। आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरूले ‘हो, घटना भएको थियो’, ‘थाहा थियो’, ‘कारबाही गर्नू भनेको थिएँ’ जस्ता उत्तर दिएका छन्। त्यस बेलाका जिल्ला र इलाका इन्चार्जदेखि केन्द्रैसम्मका प्रहरी अधिकारीमाथि थाहा पाएर पनि कारबाहीको दायरामा नल्याएको प्रश्न उब्जिएको छ। प्रहरीसँगको उनीहरूको बयान यस्तो छ– विस्फोट भएकै हो ओमविक्रम राणा, तत्कालीन प्रहरी महानिरीक्षक विस्फोट सम्बन्धमा अनुसन्धानमा रहेका अधिकृतले घटना विवरण जानकारी गराए। त्यतिखेर बम बिस्फोट भएको देखिन्छ। केही मानिस घाइते भएको र केही मृत्यु भएको…

Read More

काठमाडौँ : स्वीस सरकारले झोलुङ्गे पुल तथा प्रदेश र स्थानीय सरकार सुशासन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब दश करोड अनुदान सहयोग उपलव्ध गराउने भएको छ । अनुदान सहयोगसमम्बन्धी समझदारीपत्रमा नेपालका लागि स्विटजरल्याण्डका राजदूत एलिजावेथ फ पेलर ओस्वाल्ड र अर्थ सचिव राजन खनालले आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो । कार्यक्रममा दिइएको जानकारीअनुसार नेपालका दुर्गभ भेगका आठ हजारभन्दा बढी स्थानामा निर्मित झोलुङ्गे पुलबाट औसतमा दैनिक १४ लाख मानिसको आवागमन सहज भएको छ भने विद्यालयमा उपस्थित हुने बालबालिकाको सङ्ख्यामा १६प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी उपचारका लागि स्वास्थ्य केन्द्रमा पुग्नेको सङ्ख्या २६ प्रतिशतले बढेको छ । ती पुलका…

Read More

काठमाडौँ:निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी मङ्सिर १४ गते हुने  उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी गराएको छ । उपनिर्वाचनको तयारीबारे जानकारी दिन आयोगको मिडिया सेन्टरमा आज आयोजित पत्रकार भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित हुने जनप्रतिनिधि र मतदाताको सङ्ख्याका हिसाबले त्यति ठूलो नभए पनि उपनिर्वाचनले निकै ठूलो राजनीतिक अर्थ र महत्व बोकेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “सङ्ख्यात्मक हिसाबले त्यति ठूलो होइन, मतदाताको सहभागिताको दृष्टिकोणले ्पनि त्यति ठूलो सहभागिता होइन तर यसको महत्व र राजनीतिक अर्थ भने निकै महत्वपूर्ण छ भन्ने आयोगको बुझाइ छ, उपनिर्वाचनलाई निष्पक्ष, तटस्थ र…

Read More

काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ । निगमले आलु आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो चार महिनाको अवधिमा रु दुई अर्ब हाराहारी रकम बचत गर्न सफल दाबी गरेको छ । तर यस अवधिमसम्म आइपुग्दा निगमको ऋण झण्डै रु ४० अर्ब पुगेको छ । निगमको पछिल्लो प्रगति र आगामी रणनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजश्व बढी उठाएबापत निगमलले सञ्चिती गर्न सफल भएको बताउनुभयो । उहाँले निगमको अपरेशन र इन्जिनीयरिङ…

Read More

काठमाडौँ: नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो । नेपाल तथा भारतका परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको बताउँदै मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा “दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय…

Read More

वालिङ: यहाँका दुई युवाले दूध बिक्रीबाट मासिक बाह्र लाख बढी आम्दानी गर्दै आएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–३ ढडुवाका नवराज हमाल र सुरेश रेग्मीले दूध बिक्रीबाट सो आम्दानी गर्दै आएका हुन् । वैदेशिक रोजगारीबाट फर्केसँगै दुई वर्ष अघि ‘स्याङ्जा एग्रो एण्ड रिसर्च सेन्टर’ दर्ता गरी भैँसीपालन व्यवसाय सञ्चालन थालिएको व्यवसायी हमालले बताउनुभयो । “फार्ममा दैनिक ४९० लिटरसम्म दूध उत्पादन हुने गरेको छ”, उहाँले भन्नुभयो, “प्रतिलिटर रू ९८ का दरले दैनिक रू ४८ हजार आम्दानी हुने र यहाँ उत्पादित दूध रानाभाट दूध डेरीमार्फत बिक्री वितरण हुने गरेको छ ।” दूध बिक्रीबाट मासिक रू बाह्र लाखभन्दा बढी आम्दानी हुने गरेको अर्का व्यवसायी…

Read More

काठमाडौं: शेयर  बजारको घट्दो क्रमले बुधबार पनि निरन्तरता पाएको छ। पछिल्ला दिनमा थोरै थोरै अंकले शेयर बजार घटिरहेको छ। बजारमा सुधारका संकेत देखा नपर्दा बजार बढ्दा तथा घट्दा थोरै विन्दुले उतार चढाव हुने गरेको छ। गत सोमबार बजार सुधार हुँदा झिनो विन्दुले सुधार भएको थियो। दिन प्रतिदिन शेयर बजारमा लगानीकर्ताको सहभागिता घट्दै गएको छ। सहभागिता घट्दा कारोबार रकम २० करोड ६२ लाख रुपैयाँमा सिमित भएको छ। नेप्से सूचक १.४४ अंकले ओरालो झर्ने क्रममा ११३८.०२ अंकमा रोकिएको छ। तीन हजार ९८६ वटा कारोबार हुँदा ७ लाख ५० हजार कित्ताको मात्रै खरिद बिक्री भएको छ। बुधबार १ सय ६० वटा कम्पनीको…

Read More

काठमाडौं : सुनको भाउ घट्नेक्रम जारी रहेको छ । यसैक्रममा बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेर ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेर ८४५ रुपैयाँमा किनबेच भइरहेको छ । चाडपर्व सकिएसँगै स्थानीय बजारमा सुनचाँदीको माग केही कमी हुन सक्ने…

Read More