काठमाडौं : सुनको भाउ घट्नेक्रम जारी रहेको छ । यसैक्रममा बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ६ सय रुपैयाँले घटेर ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेर ८४५ रुपैयाँमा किनबेच भइरहेको छ । चाडपर्व सकिएसँगै स्थानीय बजारमा सुनचाँदीको माग केही कमी हुन सक्ने देखिन्छ ।