Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    • अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग
    • भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 27
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » चालू आवमा दुई अर्ब २७ करोड बचत गर्ने निगमको लक्ष्य

    चालू आवमा दुई अर्ब २७ करोड बचत गर्ने निगमको लक्ष्य

    पहिलोक्लिकपहिलोक्लिकNovember 6, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आर्थिक मितव्ययिता, प्रणालीगत सुधार र उपलब्ध स्रोतसाधनको प्रभावकारी व्यवस्थापन गरेर उत्साहवद्र्धक आर्थिक उपलब्धि प्राप्त गरेको छ ।

    निगमले आलु आर्थिक वर्ष २०७६÷७७ को पछिल्लो चार महिनाको अवधिमा रु दुई अर्ब हाराहारी रकम बचत गर्न सफल दाबी गरेको छ । तर यस अवधिमसम्म आइपुग्दा निगमको ऋण झण्डै रु ४० अर्ब पुगेको छ ।

    निगमको पछिल्लो प्रगति र आगामी रणनीतिबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्रणालीगत सुधार, फजुल खर्च कटौती तथा राजश्व बढी उठाएबापत निगमलले सञ्चिती गर्न सफल भएको बताउनुभयो । उहाँले निगमको अपरेशन र इन्जिनीयरिङ विभागको प्रणाली परिवर्तन गरी खर्च व्यवस्थापन गरिएको दाबी गर्नुभयो ।

    निगमको प्रगति विवरणअनुसार चालू आवभित्र प्रणालीगत सुधारतर्फ रु एक अर्ब ६९ करोड ३३ लाख ५२ हजार र आर्थिक मितव्ययिताबापत रु ५८ करोड २८ लाख गरी जम्मा रु दुई अर्ब २७ करोड ६१ ५९ हजार आर्थिक रकम बचत गर्ने प्रक्षेपण गरेको छ ।

    निगमको अन्तर्राष्ट्रिय उडानका गन्तव्य विस्तारको राजश्व, सेवा व्यवस्थापनलाई प्रभावकारी बनाइएकाले पनि निगमलाई फाइदा भएको छ । लामा गन्तव्यमा वाइड बडी जहाजको आर्थिक उपलब्धि सन्तोषजनक रुपमा भइरहेको व्यापारले पनि निमगको आर्थिक अवस्थालाई सुधार्न योगदान पुगेको छ ।

    प्राथमिकतामा जापान

    निगमले अहिले जापानको ओसाका उडान गरिरहेको छ । शुरुमा यो गन्तव्यमा घाटा भए पनि पछिल्ला दिनमा राम्रै फाइदा भइरहेको अध्यक्ष खरेलले बताउनुभयो । “ओसाकाको अकुपेन्सी अहिले राम्रो छ, हामीलाई उत्साहित तुल्याएको छ, अहिले जापानकै नारिता गन्तव्यमा चार्टर्ड उडान पनि व्यावसायिक रुपमा सफल भएको छ, छिट्टै व्यावसायिक उडान शुरु गर्नेछौँ”, उहाँले भन्नुभयो ।

    निगमले आगामी सन् २०२० जनवरीको पहिलो सातादेखि नारिता इन्टरनेशनल एयरपोर्टमा सिधा उडानको तयारी गरेको भए पनि जापानी पक्षको ढिलाइका कारण मार्च २२ सम्म नारिता उडान गर्ने जनाइएको छ । सकेसम्म निर्धारित समयमै उडान सञ्चालनका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल थालिएको अध्यक्ष खरेलले जानकारी दिनुभयो । यो गन्तव्यमा उडानका लागि निगमले सबै तयारी सकेको भए पनि ग्राउन्ड ह्यान्डलिङको टुङ्गो नलागेका कारण अन्योलता भएको छ ।

    निगमले जापान उडानलाई विशेष प्राथमिकता दिएर उडानलाई सहज बनाउन विमानचालक (पाइलट)को अभिमुखीकरण गरिएको तथा जापानिज पर्यटकका लागि विमानस्थलमा सहायता कक्ष स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    एक वर्षमा १५ पाइलट उत्पादन गरिने

    निगमले एक वर्षको अवधिमा वाइड बडी जहाज चलाउन सक्ने १५ जना पाइलट उत्पादन गरेको जनाएको छ । चालू आवभित्र थप पाँचजना पाइलट उत्पादन गरिने निगमले जनाएको छ । आन्तरिक उडानमा साना जहाजका लागि पनि पर्याप्त पाइलट व्यवस्थापन भएकाले ग्राउन्डेड जहाज उडान गर्न सहज हुने अध्यक्ष खरेलको भनाइ छ ।

    उहाँले भन्नुभयो, “अब पाइलट अभावले चिनियाँ जहाज उडाउन समस्या हुँदैन, चारवटा वाई १२ जहाजमध्ये अहिले नै तीन जहाज उडाउन सक्ने क्षमता विकास भइसकेको छ, तर जहाज व्यवस्थापनका लागि अन्य विकल्प पनि खोज्दैछौँ ।”

    दैनिक १३ घण्टा उड्छ वाइड बडी

    निगमको वाइड बडी ‘ए’ ३३० जहाजले अहिले दैनिक १३ घण्टा उडान भर्दै आएको छ । यो विश्वव्यापी एयरबसको उडान दरको तुलनामा निकै प्रगति हो । एयरबसको विवरणअनुसार विश्वभर ११.५ घण्टा उडान गर्ने गरेको निगमले जनाएको छ । निगमका अध्यक्ष खरेलले नियमित उडानमै अहिले वाइड बडी जहाजले १३ घण्टा उडान गरिरहेको र बाहिरको तुलनामा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुभयो ।

    भ्रमण वर्षका लागि विशेष तयारी

    नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सहयोग पु¥याउने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गर्ने भएको छ । अहिले एक लाख विदेशी पर्यटक बोकिरहेको निगमले भ्रमण वर्षको अवधिमा दुई लाख ५० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ लागि परेको अध्यक्ष खरेलले बताउनुभयो ।

    निगमको यो लक्ष्य पूरा गर्न गन्तव्य विस्तार र बजारीकरण अपरिहार्य भएको उहाँको भनाइ छ । भ्रमण वर्षको प्रचारका लागि निगमले आफ्ना जहाजमा भ्रमण वर्षको लोगो राख्ने तथा भाडादरमा छुट लगायतका सुविधा पनि ल्याउने जनाएको छ ।

    निगमले सेवा स्तरीकरण र व्यवस्थापकीय पक्षलाई खरो रुपमा उतारेर प्रतिस्पर्धी बजारमा आफ्नो हिस्सा ओगट्ने विभिन्न कार्यक्रम पनि आगामी कार्ययोजनामा समेटेको छ ।

    निगमले अहिले विभिन्न सात देशका नौ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि वाइड बडी ‘ए’३३० जहाज दुई थान र न्यारो बडी ‘ए’३२० दुई थान जहाज छन् । निगमसँग अहिले भएको एक मात्र ७५७ बोइङ बिक्रीका लागि अन्तिम तयारी गरिएको छ । बोइङ बिक्रीका लागि एक÷दुई दिनभित्रै वार्ता हुने निगमले जनाएको छ ।

    Facebook Comments Box

    वायु सेवा निगम
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026

    होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’

    November 25, 2026

    अपाङ्गता नीति कार्यान्वयनमा बागमती सरकारमाथि दबाब, बजेट र अनुगमनको माग

    November 25, 2026

    भारतीय लगानीको पुराना हिसाब मिलाउन ढकालको माग, सरकारलाई दिए यस्तो सुझाव

    November 25, 2026

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.