Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पर्सा: बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न सक्नेछ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । ‘हालको अवस्थामा निजगढ कार्यदलले पाएको जिम्मेवारीमध्ये ७० देखि ८० प्रतिशत काम पूरा भएको छ,’ कार्यदलका प्रमुख मेजर राजेशकुमार देवले भने, ‘सडकको फरमेसन लेभल सकिन लाग्यो, अब सब–बेस र बेस गरिन्छ, त्यसपछि कालोपत्रे गर्न सकिन्छ ।’ ७६ किमिको फास्ट ट्र्याकमा निजगढ कार्यदलले अन्तिम बिन्दुतर्फको (पूर्व–पश्चिम राजमार्गमा जोडिने) जिम्मेवारी पाएको छ ।
काठमाडौं: गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्व समाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ग-यो । विषेश अदालतमा दायर भएको उक्त मुद्दामा अनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ट सय ७५ रुपैयाँ २० पैसा रकम हिनामिना गरेको दाबीसमेत गरेको छ । त्यसको भोलिपल्टै प्रदर्शनीहलपट्टिको ढोकातिर निस्कने बाटोभरि रहेका १५ वटा पसल रातारात बन्द गराइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।
काठमाडौँ: सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउन हाल सञ्चालनमा रहेका २ करोड ५० लाख रुपैयाँमा आधा दर्जन भन्दा बढी सहुलियतपूर्ण ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् । विदेशमा काम गरेर कमाएको पैसा अनउत्पादक क्षेत्रमा बढी खर्च गर्ने प्रवृत्ति बढ्न थाले पनि सरकारले नेपालमा हाल व्यवस्था रहेका सहुलियत ऋण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने योजना बनाएको हो । विदेशबाट फर्किएका युवाका लागि हाल नेपालमा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र…
काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक ७ सय मेट्रिक टन तरकारी तथा फलफूल भित्रिने गरेको छ । मुलुकका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारत र चीनबाट दैनिक रुपमा सो परिमाण बराबरको तरकारी तथा फलफूल बजार भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बजारमा दैनिक भित्रिने तरकारी मध्ये सबै भन्दा बढी भारत र चीनबाट आयात भएका तरकारी रहेका छन् । स्वदेशी उत्पादन पर्याप्त भएपनि विदेशबाट समेत अत्यधिक मात्रामा तरकारी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पुष मसान्त सम्ममा १ लाख २८ हजार ३ सय १८ मेट्रिक टन तरकारी भित्रिएको समितिले जनाएको छ ।…
बेइजिङ: आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्वारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताउनुभएको छ । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन गरेको सहयोगी नीतिहरूका कारण आफ्नो मुलुकको आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न बेइजिङ सफल भएको उहाँले बताउनुभयो । “चीनले आफ्नो आर्थिक समस्यालाई चक्रीय–प्रतिरोधी आर्थिक तथा मौद्रिक नीतिलाई कार्यान्वयनमा ल्याई आर्थिक वृद्धिदरमा देखिएको दवावलाई अल्पकालका लागि सहयोग गर्ने तथा दीर्घकालका लागि संरचनागत सुधारलाई निरन्तरता दिनेछ,” झुले भन्नुभयो । अमेरिका चीन–ब्यापार विवाद तथा अन्य बाह्य तनावका वावजुद सन् २०१८ मा चीनको अर्थतन्त्रमा अघिल्लो बर्षको तुलनामा मन्द विस्तार देखिने भएपनि ६.६…
धादिङ: लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा उपचार हुन नसकेपछि काठमाडाँै ट्रमा सेन्टरमा उपचारका लागि पठाइएकामा उपचारको क्रममा सवारी चालक सिद्धलेक गाउँपालिका–७ का ४५ वर्षीय शिव सिलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । ३५ यात्रु बोकेको बसमा सवार यात्रुमध्ये दुर्घटनामा १३ घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि तीन जनालाई काठमाडौँको ट्रमा सेन्टरमा…
डडेलधुरा :डडेलधुराको जोगबुडा क्षेत्र जोड्न महाकालीमा पुल नहुँदा स्थानीय मर्कामा परेका छन्। जिल्लाको भित्री मधेस क्षेत्र परशुरामधाम र भारतलाई जोड्न महाकालीमा पुल निर्माण नभएकाले डुंगाबाट वारपार गर्नुपरेको स्थानीय पुष्पा विष्टले बताइन्। भारतको उत्तराखण्डमा रहेको पूर्णागिरि धाम र नेपालतर्फको परशुराम धामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक रहेको उनले बताइन्। उनी भन्छिन्, ‘छिमेकी मुलुक भारतबाट स्नानका लागि आउने पर्यटक पनि डुंगाकै प्रयोग गरी वारपार गर्छन्। यात्रा सुरक्षित नभएकाले उनीहरूको संख्या बढ्न सकेको छैन।’ कञ्चनपुरबाट परशुराम स्नानका लागि परिवारसँगै बालबच्चा ल्याएर परशुरामधाम आएका हर्कबहादुर धामीले पनि महाकालीमा पुल नहँदा समस्या भएको बताए। ‘महाकालीमा पुल नहुँदा डुंगा तरेर आउँदा एउटा बच्चा डुंगाबाट महाकालीमा खस्यो,…
काठमाडौं: नेपाल प्रहरीले १४ एसपी र २६ डिएसपीको बढुवा सूची निकालेको छ। शनिबार राति प्रहरीले सार्वजनिक गरेको सूची अनुसार १४ जना एसपीलाई एसएसपीमा र २६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ। एसएसपीको बढुवा सिफारिसमा परेकाहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त पन्त र भीम प्रसाख ढकाल छन्। त्यसैगरी एसपीको लागि सिफारिस हुने २६ डिएसपीमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र १४ एसपी एसएसपीमा र २६ डिएसपी एसपीमा बढुवा सिफारिस रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाइ, मेघहाद्र खत्री,…
रुकुम (पूर्व): हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को उच्च हिमाली बस्तीमा भारी हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । केही ठाउँमा बुधबारदेखि लगातार पानी परिरहेको छ भने केही ठाउँमा हिमपात भइरहेको छ । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका, भूमे गाउँपालिका, सिस्ने गाउँपालिकाको सिस्ने, प्वाङ, दादिङ, झिङ्ग्री, रुमालबारालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि दैनिक कामकाजमा समस्या आएको छ । उच्च हिमाली क्षेत्रको चरन क्षेत्रमा भारी हिमपात हुँदा वस्तुभाउलाई चरन क्षेत्रको अभाव भएको स्थानीयवासी कर्मसाही घर्तीले बताउनुभयो । हिमपातकै कारण सवारीसाधनसमेत आवतजावतमा समस्या हुने गरेको उहाँको भनाइ छ…
काठमाडौँ : नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्याण्ड वाटरबेज् समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ । नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा विचारविमर्श गर्न पर्यटकीय नगरी पोखरामा दुवै राष्ट्रका वाणिज्य मन्त्रालयका उच्च अधिकारीबीचको आज सम्पन्न दोस्रो बैठकमा सन्धिमा रहेको व्यापारमार्ग (ट्रेडरुट)को प्रावधानमा रेल र सडकबाहेक जलमार्गसमेत समावेश गर्ने सहमति भएको हो । परिवर्तित सन्दर्भमा उक्त सन्धिका धारा÷उपधारालाई सामयिक तुल्याउँदै समयानुकूल परिमार्जनका निम्ति थप्नुपर्ने मुख्य विषयवस्तु ‘लिगल टेक्स’ तयार पारेर एकापसमा आदानप्रदान गर्ने सहमति पनि बैठकमा भएको छ । वाणिज्य सन्धिका प्राविधिकसहितका सबै पक्षबारेमा संशोधन, परिमार्जन, सुझाव लिपिबद्ध गरेर त्यसका धारा÷उपधारामा के कस्ता व्यवस्था…