Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि नै ग्राउन्डेड भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । निगमको विमानस्थल स्रोतका अनुसार आन्तरिक उडानका लागि जहाज नै नभएपछि बिहीबार निगमले कुनै पनि आन्तरिक रुटमा उडान तालिका सार्वजनिक गरेन । ‘बिहीबार उडान तालिका नै प्रकाशित भएन’, २२ वटा सेक्टरमा आन्तरिक उडान…
काठमाडौं: सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो । यो समाचार आजको नेपाल समाचार पत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
काठमाडौं: सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्च लगायत नाममा रकम बाँडेको हो । सहायता पाउनेमा पहँुचमा र सम्पन्न पनि छन् । अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिना मन्त्रिपरिषद बैठकबाट निर्यण गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मंसिरमा मात्र सरकारले एक करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध गराएको पाइएको छ । मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन । यो समाचार आजको नागरिक पत्रिकामा भुवन शर्मा लेखेका छन् ।
भद्रपुर: बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गर्नुभएको हो । धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि मेची पुल चर्चित छ । पञ्चायती कालमा यो पुलको निर्माणका लागि जनस्तरमा सङ्कलन गरिएको चन्दा रकम हिनामिना भएको विषयमा आन्दोलनसमेत भएको थियो । विसं २००९ मा भद्रपुरका सुरजमल अग्रवालको अध्यक्षतामा मेची पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको इतिहास पाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज साँझ पुलको पश्चिमी मुखमा रिबन काटेर पुलको उद्घाटन गर्नुभयो ।…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त नहुने बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले माग सम्बोधन भइसकेको अवस्थामा अनशनरत डा गोविन्द केसीको विषयलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत भएको उल्लेख गर्नुभयो । “केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन । माग पूरा भइसक्यो । फर्केर नहेर्ने तर आरोपित गरिरहने कुरा संसदीय मर्यादाको विपरीत हो”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । डा केसीको विषयलाई लिएर आज पनि काङ्ग्रेसले प्रतिनिधिसभाको वैठक अवरुद्ध गरेको थियो । आफ्ना नेताका नामका…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसदीय प्रक्रियालाई बन्धक बनाउनु उपयुक्त नहुने बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले माग सम्बोधन भइसकेको अवस्थामा अनशनरत डा गोविन्द केसीको विषयलाई लिएर प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्नु संसदीय मर्यादा विपरीत भएको उल्लेख गर्नुभयो । “केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त हुँदैन । माग पूरा भइसक्यो । फर्केर नहेर्ने तर आरोपित गरिरहने कुरा संसदीय मर्यादाको विपरीत हो”, सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो । डा केसीको विषयलाई लिएर आज पनि काङ्ग्रेसले प्रतिनिधिसभाको वैठक अवरुद्ध गरेको थियो । आफ्ना नेताका नामका…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले एकहप्ते ‘सडक सुरक्षा अभियान’ शुरु गरेको छ । महाशाखाले सडक विभागसँगको सहकार्यमा सडक प्रयोगकर्तालाई लक्षित गरी आजदेखि सडक सुरक्षा अभियान शुरु गरेको हो । ट्राफिक प्रहरी, जनपथ प्रहरी, विद्यार्थी, स्थानीय जनप्रतिनिधि र समुदायको सहयोगमा उक्त अभियान शुरु गरिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले ‘प्रहरी–समुदाय साझेदारी’ कार्यक्रमअन्तर्गत सडक विभागसँग मिलेर उक्त अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “अभियानअन्तर्गत चालक, सहचालक, यात्रु र पैदलयात्रुलाई पर्चा, पम्प्लेट, ब्रोसर वितरण गरेर कक्षा सञ्चालन गरेका छौँ,” उहाँले भन्नुभयो । अभियानसँगै सडकमा हुने दुर्घटनामा कमी आउने लक्ष्य महाशाखाले लिएको छ । अभियान सातदोबाटो, लगनखेल, जावलाखेल, रत्नपार्क,…
काठमाडौँ: घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल पराजित भएको छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा आज भएको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको हो । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाई १३२ रन बनायो । नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४६ बलमा एक छक्का र तीन चौकाको मद्दतमा अविजित रहँदै ५३ रन बनाए । सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन जोडे । बलिङतर्फ यूएईका कप्तान मोहमद नाभिद, सुल्तान अहमद र जाहोर खानले दुई÷दुई विकेट…
बनियानी : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उनले भने, “सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।” रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताए। सरकारले नेपाल र भारतसँगको नजीकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उनले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिए । मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उनले उल्लेख गरे । पुल…
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्। डा केसी अनशन बसेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उनलाई बिग्रदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गरेका हुन् । डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुगेका थिए ।