Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : कर्मचारी समायोजनको विरोध गरिरहेका कर्मचारी सरकारबीच नौ बुँदे सहमति भएको छ। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीच बुधबार साँझ सहमति भएको छ। समायोजन भएर प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा जाने सबै सेवा समूहका सरकारी कर्मचारीलाई तत तत सेवामा बढुवा नपाएसम्म संघमा बढुवासम्बन्धी अवसर प्रदान गरिने भएको छ। समायोजन प्रक्रियामा सहभागी हुन सम्पूर्ण सरकारी कर्मचारीलाई आह्वा गरिएको छ। आधिकारिक ट्रेड युनियनले हेल्प डेस्कमार्फत् समायोजन कार्यमा सहयोग, सहजीकरण, समन्वय गर्ने समेत सहमति भएको छ। सहमतिमा समायोजन हुन जाने निजामती कर्मचारीको तलब भत्ता, उपदान, निवृत्तिभरण, पारिवारिक वृत्ति, उपचार खर्च लगायत खाई पाई आएको सुविधा नघट्ने उल्लेख छ। प्रदेश तथा…
काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।
काठमाडौँ: कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । उनका अनुसार तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ । सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका…
काठमाडौँ : नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनिहरुले मुलकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता बिपी युगपुरुष व्यक्तित्व भएकामा जोड दिए । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले दक्षिण एशियाको तत्कालीन सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न बिपी र नेता गणेशमान सिंह ज्यानको जोखिम मोलेर स्वदेश फर्कनुभएको बताए । बिपी मेलमिलापको नीति लिएर स्वदेश फर्कदाका घटनाको स्मरण गर्दै उनका सुपुत्रसमेत रहेका…
काठमाडौँ : जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ । मनाङको अपराजित यात्रामा आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५आँै मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई…
काठमाडौँ : नेपाल धितोपत्र बोर्डले तोकिएको मापदण्ड पूरा गरेका वाणिज्य बैंकलाई सहायक कम्पनीमार्फत शेयर खरिद बिक्री गर्न पाउने गरी अनुमतिपत्र(ब्रोकर लाइसेन्स) प्रदान गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डले आज स्टक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई एक निर्देशनमार्फत तत्काल धितोपत्र कारोवारका लागि वाणिज्य बैंकका सहायक कम्पनीलाई अनुमति दिन भनेको हो । बोर्डले त्यस्तो अनुमतिपत्र प्रदान गर्न तथा यस अघि सङ्घीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानमा समेत धितोपत्र दलाल व्यवसायीको अनुमति प्रदान गर्ने व्यवस्था मिलाउन समेत स्टकलाई निर्देशक दिइएको प्रवक्ता निरज गिरीले जानकारी दिए । बोर्डले कारोवार सूचाङ्क नेप्से परिसूचकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई…
काठमाडौँ : प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा उपसमितिका संयोजक राजेन्द्र केसीले निगमका दुईवटा वाइड बडी खरीदका सम्बन्धमा गरिएको अध्ययन अनुसन्धानबाट वर्तमान वैदेशिक मुद्रा सटही दरका आधारमा करीब रु चार अर्ब ३५ करोड ५६ लाख रकम नोक्सानी भएको जानकारी दिए । विमान खरीदका सम्बन्धमा उठेका प्रश्नको बारेमा अध्ययन अनुसन्धान गर्न समितिले गत मङ्सिर २६ गते सांसद केसी संयोजक रहेको सात सदस्यीय उपसमिति गठन गरेको थियो । मन्त्री अधिकारीलाई पनि कारवाही गर्न सिफारिश महालेखा…
काठमाडौँ: नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन्। उनले आज पत्रकार सम्मेलनमा भने, “न्यायालयको जनआस्थालाई माथि उठाउनका लागि मैले जोशीलाई पेशी नतोक्ने कठोर निर्णय लिएको हुँ ।” यसअघि वरिष्ठतम न्यायाधीश जोशी प्रधानन्यायाधीशका लागि गत जेठ २९ गते संवैधानिक परिषद्को सिफारिशमा परे पनि संसदीय सुुनुवाइबाट अस्वीकृत भएको थियो। मङ्गलबार संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा सर्वसम्मतले राणाको नाम अनुमोदन भई आजै नियुक्त भई शपथ लिएर पदभार ग्रहण गरेपछि पत्रकार सम्मेलन आयोजना गरेका थिए।
काठमाडौँ: साताको पहिलो कारोवारको दिनदेखी घटेको पूँजी बजार बुधबार पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५ दशमलब ४२ अंकले घटेर एक हजार १८० दशमलब ४३ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अंकले घटेर २५० दशमलब ५३ अंकमा झरेको छ । मंगलबार नेप्से एक दशमलब १३ अंक, आइतबार नेप्से १० दशमलव ६२ अंकले र सोमबार १७ दशमलब २६ अंकले घटेको थियो । आज कूल १५४ कम्पनीका ७ लाख ५१ हजार ४११ कित्ता शेयर २५ करोड ७६ लाख ७ हजार १६६ मूल्यमा खरीद बिक्री भएका छन्…
काठमाडौं: सर्वोच्च अदालतले मलेसियासहित खाडी मुलुक जाने कामदारको हकमा लागू भएको फ्री भिसा र फ्री टिकटको निर्णय प्रभावकारी ढंगले लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। यसका निम्ति आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्नू/गराउनू भनेर अदालतले सरकारका नाममा आदेश दिएको हो। सामाजिक न्यायको लागि कानुन नीति नियम मञ्चले २०७४ को भाद्र ११ गते सर्वोच्च अदालतमा निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्यवन गराउन माग गर्दै रिट निवेदन दायर गरेकोेे थियो । श्रम तथा रोजगार मन्त्रालयले २०७३ सालमा नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्नु पर्ने व्यवस्था गर्नु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रभावकारी कार्यान्वयन नभएपछि मञ्च अदालत…