Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ । १ घण्टामै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको छ। गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिले संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिन पाउने कर्जाको २० करोडको सीमा हटाएको छ । जसले गर्दा ठूला संस्थागत लगानीकर्तालाई ठूलो रकम ऋण लगानीका लागि बाटो खुलेको छ । सर्किट ब्रेक लाग्दा बैंकिङ सूचक सबैभन्दा धेरै ७.३ प्रतिशत बढेको छ । विकास बैंक २.८,…
काठमाडौँ:कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको शोकमा आज (आइतबार) काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा सार्वजनिक बिदा दिइएको छ। मिर्गाैला रोगबाट पीडित मेयर नकर्मीको उपचारका क्रममा गत बिहिबार वीर अस्पतालमा मृत्यु भएको थियो। उक्त शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले सूचना जारी गरी आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक कार्यालय बन्द रहने जानकारी दिएका छन्।
काठमाडौँ: सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले विभिन्न माग राखेका छन् । त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव जिम्मा लगाउन थालेपछि आफन्तहरूले विभिन्न माग राखेका हुन् । अस्पतालका अनुसार हिजो शुक्रबारसम्म को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलासहित ५ जनाको शव आफन्तले बुझेका छन् । अन्य मृतका आफन्तहरूले बीमा रकम सुनिश्चिततालगायतको माग गर्दै शव बुझ्न आनाकानी गरेका हुन् । उनीहरुले बीमाको रकम कति पाउने र कहिलेसम्म पाउने, कार्यालयको कामको सिलसिलामा मृत्यु भएकाले सौर्य एयरलाइन्सबाट के कति क्षतिपूर्ति पाउने, मृतक परिवारको शिक्षा, रोजगारी, मृतकका परिवारलाई मानिसिक परामर्श तथा पुनर्स्थापना, मृतकको आश्रित परिवारको हकमा, मृतकको नागरिक लगानी कोषमा…
काठमाडौँ : नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा अब सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन लिखित निवेदन मार्फत माग गरेकी हुन् । उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो । उक्त मुद्दाको पूर्णपाठ तयार भएर मंगलबारमात्र उच्च सरकारी वकिल कार्यालयमा आइपुगेको थियो । बिहीबार गौशाला २६ आफै निवेदन लिएर पुगेकी थिइन् । उनले निवेदनसँगै आफ्नो नागरिकताको सक्कलप्रति पनि बुझाएकी छन् । उनले आफू यो मुद्दाका कारण धेरै मानसिक तनावमा परेको र सामाजिक रूपमा…
काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थतन्त्रलाई समर्थन गर्ने लक्ष्यसहित लचिलो मौद्रिक नीति आएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि यसबारे प्रतिक्रिया दिँदै अध्यक्ष केसीले अर्थतन्त्रलाई चलायमान बनाउने गरी नीति आएको बताएका हुन् । ‘मौद्रिक नीतिले आर्थिक क्षेत्रमा देखिएको समस्यालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई आगामी दिनमा चलायमान बनाउन विभिन्न तरिकाले प्रयास गर्न खोजिएको देखिन्छ,’ अध्यक्ष केसीले भने, ‘यसलाई कार्यान्वयन गर्दै जाँदा आगामी दिनमा झनै नीति प्रस्ट बन्दै जान्छ ।’ यद्यपि मौद्रिक नीतिले अर्थतन्त्रलाई पूर्णरुपमा खुकुलो नबनाउँदै नियन्त्रणको नीति समेत रहेको उनको भनाइ छ । यसले अर्थतन्त्रमा देखिएको माग र आत्मविश्वासको समस्या लगायत अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंक क्षेत्रमा…
काठमाडौँ: गत शुक्रबार (साउन ९) सौर्य एयरको विमान दुर्घटनमा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमको काम सकिएको छ। शुक्रबर बिहान शव पोस्टमार्टमको काम सकिएको र अब शव पहिचानको काम सुरु भएको अस्पतालले जनाएको छ। शव हस्तान्तरणका लागि मृतकका आफन्तहरूसँग समन्वय सुरु गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए। आज बेलुकीसम्म पहिचान भएका शवहरू आफन्तलाई बुझाउनेगरी छलफल भइरहेको छ। मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडानमा छन्। उनीहरूसँग सरकारी पक्षले छलफल थालेको छ। अस्पतालका फोरेन्सिक विभागका प्रमुखप्रमुख डा. गोपाल प्रसाद चौधरीका अनुसार, लगातार गरिएको पोस्टमार्टमपछि शुक्रबार बिहान काम सकिएको हो। पोस्टमार्टमका लागि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान…
काठमाडौँ : नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको नियमनका लागि छुट्टै संयन्त्र बनाउन सरकारसँग समन्वय गर्ने भएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गर्ने उल्लेख छ । पछिल्लो समय सहकारीहरूमा बचतकर्ताको निक्षेप हिनामिने हुने घटना बढिरहेकाले पनि नियमनका लागि छुट्टै संयन्त्र निर्माणको माग हुँदै आएको थियो ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा वृद्धि गरेको छ । शुक्रबार चालु आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएकाे हाे । राष्ट्र बैंकले २ करोड रुपैयाँबाट साढे २ करोड रुपैयाँ पुर्याइएको हाे । गत आर्थिक वर्षको मौद्रिक नीतिमा २ करोड रुपैयाँ पुर्याएको थियो । त्यो भन्दा अघिल्लो वर्ष पहिलो आवासीय घर कर्जाको सीमा डेढ करोड रुपैयाँ थियो ।
काठमाडौं : चालू आर्थिको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखेको छ । मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । सोहीअनुसार विस्तृत मुद्राप्रदायको लक्ष्य १२ प्रतिशत मात्रै हुने लक्ष्य पनि मौद्रिक नीतिले राखेको छ । कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ । साथै, भारित औसत अन्तरबैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा यथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनमार्फत यसलाई नीतिगत दरकै हाराहारीमा कायम गरिने पनि मौद्रिक…
काठमाडौँ:राष्ट्र बैंकले विदेशी सटही सुविधा बढाउने भएको छ। राष्ट्र बैंकले व्यवसायको लागि ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गर्ने भएको हो। डकुमेन्ट एगजेन्ट पेमेन्ट र डकुमेन्ट एगनेस्ट एक्सेप्टेन्स माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम हुने भएको छ। राष्ट्र बैकले राहदानीबापत उपलब्ध हुने विदेशी मुद्रा सटही सुविधासम्बन्धी विद्यमान व्यवस्थामा सहजीकरण गर्नेछ। नेपालमा खोलिएका परिवत्र्य विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई वृद्धि गर्ने छ। अहिले वार्षिक ५०० डलर खर्च गर्न पाउने भएको छ।…