Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाली सेनाको प्रवक्ता परिवर्तन भएको छ। हालका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीको सरुवा अधिकृत क्याडेट तालिम केन्द्र खरिपाटीमा भएको छ। उनले झन्डै एक वर्षबढी उक्त जिम्मेवारी सम्हालेका थिए। उनका ठाउमा यम ढकालले जिम्मेवारी सम्हाल्ने छन् । ढकाल सेनाको पूर्वी पृतनामा कार्यरत् थिए।

Read More

काठमाडौँ: यो साता भरि पूँजी बजारमा गिरावट रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार कारोवार मापक नेप्से परिसूचक एक दशमलब ५६ अंकले घटेर एक हजार १७८ दशमलब ८७ अंकमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ४८ अंकले घटेर २५० दशमलब ०६ अंकमा झरेको छ । आइतबार नेप्से १० दशमलव ६२ अंकले, सोमबार १७ दशमलब २६ अंकले, मंगलबार एक दशमलब १३ अंकले र बुधबार ५ दशमलब ४२ अंकले घटेको थियो । आज कूल १५८ कम्पनीका ७ लाख ९७ हजार ६१३ कित्ता शेयर २७ करोड ६९ लाख ५६ हजार ३०१ मूल्यमा खरीद बिक्री भएका…

Read More

काठमाडौँ: चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता रु ५६२ मा मूल्य समायोजन गरेको हो। कम्पनीले २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरे लगत्तै मूल्य समायोजन गरेको हो । कम्पनीको औसत आधार मूल्य रु ७३७ रहेको छ । यस्तै हालै मात्र साधारण शेयर बिक्री गरेको चौतारी लघुवित्त वित्तीय संस्थाको कारोवार सुरु भएको छ । स्टकका अनुसार सो कम्पनीको पहिलो कारोवार मूल्य रु १११ देखि रु ३३५ सम्म रहने प्रक्षेपण गरिएको छ । कम्पनीको बुधबार मात्रै १६ लाख ६० हजार कित्ता शेयर स्टकमा सूचीकृत भएको थियो । कम्पनीले केही समय पहिले मात्रै रु छ करोड…

Read More

खोटाङ: जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजारमा मात्रै केन्द्रित बैंकहरुले पछिल्लो समय सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा समेत बैंकको शाखा विस्तार गरिएपछि सरकारी कारोवार तथा सर्वसाधारणलाई सहज भएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै खोटेहाङ, एँेसेलुखर्क र केपिलासगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज गर्ने भनिएको सम्बोधन एकाएक स्थगित भएको छ । आवश्यक तयारी नपुगेको भन्दै प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको प्रतिनिधिसभा बैठकमा जानकारी गराइएको हो । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका थिए । सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

Read More

काठमाडौँ: बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन पुगे । कार्यकक्षमा रहेका एक आगन्तुकले “मन्त्रीज्यू, बाबुलाई करेन्ट लाग्ला…” भनेपछि मन्त्री मगर छोरा समात्न पुग्नुभयो । “कति चकचक गरेको ? यता आउनुस्” भन्दै मगरले प्रणवलाई बोक्न खोज्नुभयो तर उनले टेरेनन् । बरु सचिवालयका एक सहयोगी महिलासँग फक्कियो । केही दिन विद्यालय बिदा भएका कारण मन्त्री मगरले सिंहदरबारस्थित मन्त्रालयमा कहिलेकाँहीसँगै लिएर जाने…

Read More

काठमाडौँ: सुबिसु केबलनेट,नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरु सँगखुशी साट्ने उद्देश्यले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ । जसमा रिटेल ग्रहाकहरु का लागि क्लियर टि.भि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् । क्लियर टिभि सेवाअन्तर्गत मात्र रू ९९९।–(कर सहित) मा १ महिनाको प्रिमियम सेवा (२६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा (७० भन्दा बढीएच डि च्यानलहरु) साथै, सेट–टपबक्स र जडान सेवा प्राप्तगर्न सकिनेछ। इन्टरनेट र क्लियर टिभि सेवा अन्र्तगत मात्र रू.२३००।–(कर सहित)मा १ महिनाका लागि २३ Mbps अनलिमिटेड इन्टरनेटर, क्लियर टिभि प्रिमियमप्याकेज (२६५ भन्दा…

Read More

चाङ्शा: चीनको मध्य क्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखा परेको छ । हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार १०० जना बस्ने गरेकोमा झण्डै तीन हजार ९०० जनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ । प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झण्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् । हिमपातले झण्डै ५४ हजार २८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ । यस्ले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने…

Read More

काठमाडौँ: नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा रहेका छन् । यस्तै, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौँ, एम जेपी सिमेन्ट प्रालि कपिलवस्तु,…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्दै छन् । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । सरकारको काम प्रभावकारी बनाउन संसद्मा आवाज उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

Read More