Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् । २४ चैत…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ। न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो। उक्त इजलासले चैत १२ गते गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाई १५ (पन्ध्र) दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू/ दिलाउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, चिकित्सा…

Read More

काठमाडौँ: राजनीतिक दलका प्रतिनिधिले विपद्को पूर्वतयारी र व्यवस्थापनका लागि केन्द्रदेखि वडातहसम्म दलीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका छन्। गृह मन्त्रालयले बिहीबार आयोजना गरेको ‘मनसुनको पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी छलफल’मा तल्लोस्तरसम्म संरचना भएका दलहरूलाई परिचालन गर्ने गरी ‘लुज फोरम’ बनाउन मन्त्रालयलाई सुझाव दिएका हुन्। २०७२ सालको भूकम्पका बेला पुर्‍याएको योगदानबाट शिक्षा लिँदै दलका नेतारकार्यकर्तामा खोज र उद्दारको कर्तव्यबोध तथा स्वयमसेवी भावना बढाउन पनि विपद्का बेला उनीहरुलाई प्रयोग गर्नुपर्ने उनीहरुको जोड थियो। एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले सामूहिक भावना र सद्भावको संस्कृति कायम राख्न पनि विपद्का बेला दलहरू एकजुट हुनुपर्ने र उनीहरूको परिचालनका लागि सरकारले आवश्यक निर्देशिका बनाउनु पर्नेमा जोड दिए। त्यस्तै, भूकम्प…

Read More

अमरराज नहर्कीतनहुँ, जेठ २४ गतेपृथ्वीराजमार्ग मुग्लिन पोखरा सडक विस्तार अन्तगर्तत पूर्वि खण्डको सडक विस्तार आयोजनाको ट्याङ्करको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षिय प्रवीण कैनीको परिवारले चौथो दिनसम्म पनि शव बुझेका छैनन् । दुर्घटनामा मृत्यु नभई हत्या गरिएको भन्दै व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिने तथा विरोध पर्दशन गरिरहेका छन् । ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति र सवारी चालक र घटना ढाकछोप गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै तीन दिनअघि देखि नै बिहान १० बजे देखि नै प्रशासन कार्यालयको गेटमा धर्ना दिएका हुन् ।उनिहरुले दोषीलाई र घटनाको ढाकछोप गर्न प्रमाण लुकाउन घटनास्थल…

Read More

काठमाडौँ:स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु. एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु. एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुन बुधबार प्रतितोला रु. एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु. एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु. एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य आज रु. एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य…

Read More

काठमाडौं: सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ ।अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ । अर्र्थमन्त्री पुनको अध्यक्षतमा मन्त्रालयमा बसेको बैठकमा समिति सदस्यहरु कानूनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल, निर्देशक समितिअन्तर्गतको समन्वय समितिका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी कानून हेर्ने सचिव लीला गर्तौला र निर्देशक समितिका सदस्यसचिव एवं अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे सहभागी थिए ।चालु आर्थिक वर्ष ०८१÷०८२ मै…

Read More

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोसिस गरिरहेको बताएका छन् । गृह मन्त्रालयद्वारा आज आयोजित ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री लामिछानेले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयासरत रहेको बताए । “नागरिकता प्राप्त गर्ने संविधानप्रदत्त अधिकारबाट नागरिकलाई वञ्चित गराउन हुँदैन, कार्यविधि बनाएर नागरिकता प्राप्तिसँग जोडिएका जटिलतालाई फुकाउने कोसिस भइरहेको छ”, उनले भने, “नागरिकता प्राप्तिसम्बन्धी जटिलतालाई सम्बोधन गर्ने गरी नागरिकतासम्बन्धी कानुन निर्माण गर्नु सरकारको दायित्व र जिम्मेवारी हो ।” नागरिकप्रतिको दायित्व र जिम्मेवारीको बोध गरेरै मन्त्रालयले सरोकारवालासँग नागरिकता प्राप्तिका विविध विषयमा छलफल थालेको जानकारी दिँदै उनले सरोकारवालासँगको…

Read More

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुनसक्ने तथा १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आङ्कलन रहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् । उनले पोस्टले विपद् अघिको पूर्वतयारीदेखि विपद्पछि गर्नुपर्ने सबै प्रकारका कामहरू गर्ने बताए । उनले आजबाट सुरु हुने गरी ११४९ नम्बरको टोल फ्रि नम्बरलाई असोज २९ गतेसम्मका लागि २४ घण्टा विपद् सम्बन्धी सूचना तथा जानकारी लिनका लागि खुला गरिएको पनि बताए…

Read More

काठमाडौँ: नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान बागमती प्रदेलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बुधबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका…

Read More

काठमाडौँ: प्रधानमन्त्री पदमा कायम रहन नरेन्द्र मोदीलाई गठबन्धनका साना पार्टीहरुको साथ चाहिने भएको छ। भाजपाको एकल बहुमत नरहेपछि सरकार गठनका लागि दुई क्षेत्रीय पार्टीहरु तेलुगु देशम पार्टी र जनता दल युनाइटेड निर्णायक हुने भएका छन्। सरकार बनाउन ५४३ सदस्यीय लोकसभामा २७२ सिट आवश्यक हुन्छ। तर, भाजपाले २४० सिट मात्र जित्ने देखिएको छ। अघिल्लो चुनावमा भाजपाले ३०३ सिट जितेको थियो। एनडीए गठबन्धनमा भाजपापछिको ठूलो पार्टी आन्ध्र प्रदेशको टीडीपी बन्ने भएको छ। सो पार्टीले १६ सिट जित्ने देखिएको छ। टीडीपीका नेता चन्द्रबाबु नायडु हुन्। विधानसभामा पनि भारी बहुमत ल्याएका उनी यहाँ मुख्यमन्त्री बन्नेछन्। त्यस्तै, एनडीए गठबन्धनबाट जदयु तेस्रो पार्टी बन्दैछ। उसले लोकसभामा…

Read More