Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ ।उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकारे। उनले भने, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु, हाजिर गर्ने र घाम तापेर बस्नुको विकल्प छैन ।”सरकारले ३५ डिभिजन कार्यालय र नौ जिल्ला कार्यालयलाई समेटेर ‘सामाजिक विकास मन्त्रालय प्रदेश नं ३ स्वास्थ्य निर्देशालय काठमाडौँ’को नाम दिएपछि काठमाडौँ उपत्यकाका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यालय के हुने भन्ने अन्योलसमेत कर्मचारीमा छ । कर्मचारीका…

Read More

बैंकक: थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । उक्त हत्याकाण्ड नयाँ वर्षको इभ मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए । ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ । घटनाका बेला उनी मादक पदार्थले अत्याधिक मातेका थिए। उनले आफ्नो ९ वर्षीय छोरा र ६ वर्षिया छोरीको पनि गोलि हानी हत्या गरेका हुन्, लेफ्टिनेन्ट कर्नेल काम्पापनले एएफपीलाई भने। बाँकी चार मृत्यहरुमध्ये दुई महिला दुई पुरुष…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा गहिराइसम्म पुगेर छानबीन गर्ने निष्कर्षमा पुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । बहालवाला पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबीन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् । ‘मन्त्रिपरिषद्का सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नलिने त प्रश्नै भएन । त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौँ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जिन (वंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबीन हुन्छ ।’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक सल्लाहकारले नयाँ पत्रिकासँग भने ।

Read More

काठमाडौँ: काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानुनअनुसार कारबाही गरिनेछ ।

Read More

साँखु: केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय सङ्घसंस्था, अधिकारकर्मीले सचेतनामूलक कार्य गर्दै आइरहेकाले यस्ता अपराध नियन्त्रणमा केही हदसम्म न्यूनीकरण भए पनि निर्मूल भने हुनसकेको छैन । कमजोर आर्थिक अवस्था भएका, शिक्षाबाट बञ्चित भएका तथा पारिवारिक दबाबमा परेका बालबालिका नै हिंसा र अपराधको सिकार बन्न पुगेको पाइन्छ ।…

Read More

बेत्रावती: नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हँुदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । बुधबार साँझ ६ः३० बजेतिर उक्त उत्पादन गृहबाट उत्पादन भएको विद्युत् प्रवाह हुने बसबारमा ताप उत्पन्न भएर आगो लाग्दा ब्रेकर नं ६ मा रहेको छ दशमलव छ केभीको जेनेरेटर जलेर पूर्णरूपमा क्षति भएको केन्द्रका प्रमुख तारदत्त भट्टले जानकारी दिए । उनका अनुसार आगलागीले क्षति पु¥याएका उपकरण मर्मत र परिवर्तन गर्न रु एक करोडभन्दा बढी लाग्ने…

Read More

काठमाडौं : कर्मचारी समायोजनको विरोध गरिरहेका कर्मचारी सरकारबीच नौ बुँदे सहमति भएको छ। निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र सरकारबीच बुधबार साँझ सहमति भएको छ। समायोजन भएर प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा जाने सबै सेवा समूहका सरकारी कर्मचारीलाई तत तत सेवामा बढुवा नपाएसम्म संघमा बढुवासम्बन्धी अवसर प्रदान गरिने भएको छ। समायोजन प्रक्रियामा सहभागी हुन सम्पूर्ण सरकारी कर्मचारीलाई आह्वा गरिएको छ। आधिकारिक ट्रेड युनियनले हेल्प डेस्कमार्फत् समायोजन कार्यमा सहयोग, सहजीकरण, समन्वय गर्ने समेत सहमति भएको छ। सहमतिमा समायोजन हुन जाने निजामती कर्मचारीको तलब भत्ता, उपदान, निवृत्तिभरण, पारिवारिक वृत्ति, उपचार खर्च लगायत खाई पाई आएको सुविधा नघट्ने उल्लेख छ। प्रदेश तथा…

Read More

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।

Read More

काठमाडौँ: कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिए । उनका अनुसार तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ । सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका…

Read More

काठमाडौँ : नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘त्रिचालिसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का अवसरमा बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनिहरुले मुलकको राष्ट्रियता, सार्वभौमसत्ता र प्रजातन्त्रप्रति कुनै सम्झौता नगर्ने नेता बिपी युगपुरुष व्यक्तित्व भएकामा जोड दिए । कार्यक्रममा काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले दक्षिण एशियाको तत्कालीन सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा मुलुकको सार्वभौमसत्ता रक्षा गर्न बिपी र नेता गणेशमान सिंह ज्यानको जोखिम मोलेर स्वदेश फर्कनुभएको बताए । बिपी मेलमिलापको नीति लिएर स्वदेश फर्कदाका घटनाको स्मरण गर्दै उनका सुपुत्रसमेत रहेका…

Read More