Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भारतको गोवा प्रदेशमा पर्ने अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार मध्यराति भएको सिलिन्डर विस्फोटमा मृत्यु भएकाको संख्या २५ पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ६ जना घाइते भएका छन्। मृतकमा ४ पर्यटक र १४ जना कर्मचारी छन् भने अन्य ७ जनाको पहिचान हुन सकेको छैन। अहिलेसम्म मृतकको नाम पनि सार्वजनिक भइसकेको छैन। प्रहरीका अनुसार सिलिन्डर विस्फोट शनिबार राति १२ बजेतिर भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि आगो केही मिनेटमै क्लबभरि फैलियो। लामो प्रयासपछि दमकलले आगो नियन्त्रणमा ल्यायो। घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय विधायक माइकल लोबो घटनास्थलमा पुगेका थिए। प्रारम्भिक अनुसन्धानले क्लबमा अग्निसुरक्षा नियम…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठूलो क्षति पुर्याएको थियो । हेडवक्र्सको मर्मतपछि अस्थायी रुपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन)गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन हुन्छ । बाँकी दुईवटा युनिट एक महिनाभित्र संचालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडिनै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक…

Read More

सर्लाही: सरकारले उखुको समर्थन मुल्य तोक्न ढिलाई गर्दा किसान निराश बनेका छन् । मुल्य निर्धारण नहुँदा किसानले उखु काट्न पाएका छैनन् । चिनी मिल सञ्चालन गर्न ढिलाई भएको छ । सर्लाहीस्थित इन्दुशङ्कर चिनी उद्योगले मिल सञ्चालन गर्नुअघि गरिने डोङ्गा पूजा गरे पनि मिल सञ्चालनबारे भने अन्यौलता देखिएको छ । खेतको उखु काट्ने सुरसारमा रहेका किसान र मिल चलाएर उखु क्रसिङ सुरु गर्ने तयारीमा रहेका उद्योगी समर्थन मुल्य कुरेर बसेका छन् ।सर्लाहीको बरहथवा नगरपालिका–३, हजरियाका नन्दु चौरसियाले उखुको मुल्य निर्धारण नहुँदा अन्यौलमा परिरहेको बताउनुभयो । सरकारले मुल्य निर्धारण गर्नासाथ उखु काट्ने तयारीमा बसेको चौरसियाले जानकारी दिनुभयो । चार बिघा खेतमा उखु…

Read More

काठमाडौं: हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा— कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती—देव एण्ड सायर—भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ । ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प…

Read More

काठमाडौँ: राष्ट्र बैंकले असोजमध्यमा गएको बाढी–पहिरोबाट प्रभावित उद्योगी व्यवसायीलाई कर्जाको भाका सार्न सक्ने सुविधा दिने भएको छ। हालैको बाढी–पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज असुल गरेर एकपटकको लागि कर्जाको भाका सार्न सकिने सुविधा दिएको हो। त्यस्तै, अब बैंक तथा वित्तीय संस्थाले महानगरपालिकामा रहेका शाखा राष्ट्र बैंकसँग अनुमति नलिएरै पनि समायोजन तथा एकीकरण गर्न सक्ने भएका छन्।

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ । यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरिएको छ । त्यस्तै करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ । राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकहरुलाई ब्याजदर थप घटाउन दबाब पुग्नेछ ।

Read More

काठमाडौँ: नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । यसैगरी निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ)को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको…

Read More

काठमाडौं: भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो । नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ५ सदस्यीय टोलीले सम्मेलनमा भाग लिएको थियो । सरकारी अधिकारीहरुका तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं विद्युत विकास विभागका उपमहानिर्देशक नुतन कुमार शर्मा नेतृत्वको टोली सहभागी भएको थियो ।…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनियमन दर प्रति अमेरिकी डलर १४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको व्याज बाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेकोछ । आयोजनाको निर्माण अवधिको व्याजसहित २…

Read More

काठमाडौं: सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको…

Read More