Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: आज प्रतिनिधि सभा बैठक बस्दै छ। बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। पुनर्स्थापनायता आज प्रतिनिधि सभाको पाँचौं बैठक बस्न लागेको हो। त्यसका लागि सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ। जसअनुसार आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नेछन्। यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ। पुनर्स्थापनापछि…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको देशभरको मौसम पूर्वानुमान जारी गरेको छ । आज स्थानीय वायु र पश्चिमी वायुको प्रभाव परेकाले देशभरको मौसममा परिवर्तन रहन सक्ने महाशाखाले जनाएको छ । बिहानको मौसमको अवस्था भने सामान्य नै रहेको पूर्वानुमानमा उल्लेख छ । देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको र बाँकी भूभागमा आंशिक बदली भइरहेको छ । यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका पहाडी भूभागहरुका केही स्थानमा आंशिक र केही स्थानमा सामान्य बदली रहने पूर्वानुमानमा उल्लेख छ । भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र…

Read More

काठमाडौँ: नेपाल र बङ्गलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार दुवै राष्ट्रका राष्ट्राध्यक्षको उपस्थितिमा चार विषयको समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बङ्गलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने माधव नेपाल पक्षले निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो । ‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ माधव-झलनाथ पक्षका एक नेताले भने । गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटीका पम्फा भुसालले जानकारी दिइन् । बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुने उनले बताइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता नलिएरै ओलीको विकल्प दिन काँग्रेस र जनता समाजवादी पार्टीसँग संवादलाई अगाडि बढाएको थियो ।

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप्सहरुको प्रवद्र्धन मार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सिर्जनामा काम गर्न ५० वटा स्टार्टअप/उद्योग व्यवसायहरू अघि बढाएको छ । महासंघले गठन गरेको स्टार्टअप्स एण्ड इनोभेसन समिति मार्फत नविन सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग व्यवसायहरुको व्यवसायिक सफलताका लागि समिति मातहत रहेको इन्भेष्टर फोरम मार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यवसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको महासंघले जनाएको छ । महासंघले अघि सारेको आर्थिक रुपान्तरण मार्गचित्रमा पनि मुलुकभित्र नविनतम सोंचसहितको उद्यमशीलता प्रवर्धन गर्न उद्योग मन्त्रालय अन्तर्गत लगानी प्रवर्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने, नयां सोच सहित केही गर्न अघि…

Read More

काठमाडौँ: बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आजै बंगलादेश पुगेकी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री हसिनाबीच राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । आजै यहाँका विदेशमन्त्री डा. मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा…

Read More

काठमाडौँ: तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यका लागि खरिद सम्झौता भएको छ । पहिलो प्याकेजका निर्माण कार्यका लागि न्यूनतम मूल्याङ्कित तथा सारभूत रुपमा प्रभावग्राही सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन, नेपाल जे. भी.बीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडकातर्फबाट प्रबन्ध–सञ्चालक प्रदीप कुमार थिके र सोङ्ग दा–कालिका जे.भी.कातर्फबाट आधिकारिक प्रतिनिधि बिक्रम पाण्डेले हस्ताक्षर गरेका छन् । कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करबाहेक) मा खरिद सम्झौता भएको हो । ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७…

Read More

काठमाडौँ: संघीय प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा भएको ढिलाइबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ। विकास समिति सभापति कल्याणीकुमारी खड्काले ४ वर्षमा सन्तोषजनक काम नभएको, निर्माणमा ढिलाइ भएको, विवाद समाधान नभएकोलगायतका विषयमा अध्ययन गर्न सांसद् तथा समिति सदस्य गणेश पहाडीको संयोजकत्वमा चार सदस्यीय उपसमिति गठन गरेकी हुन्। उपसमितिमा जिपछिरिङ लामा, अनिल झा, केदार सिग्देल, इन्दु शर्मा सदस्य रहेका छन्। उपसमितिलाई अध्ययन गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिइएको छ। उपसमितिले द्रुतमार्ग निर्माणमा देखिएको विवादसम्बन्धी अध्ययन गर्नेछ। यसअनुसार खोकनाको बुङमतीमा जग्गा अधिग्रहण गर्न नसकिएको, ४ वर्षमा ११ प्रतिशत काम मात्रै सम्पन्न भएकोले ०८१ सम्म सकिने नसकिने उपसमितिले…

Read More

काठमाडौँ: माधव नेपालसहित ४ नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ। एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्। पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले बताए। स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको समेत उनले बताए। पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको स्रोतले बतायो। शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए। फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको…

Read More