Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको पूर्वानुमान गरेको छ । हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानहरुमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक –दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शुक्रबार र शनिबार पनि पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । नेकपाको दाहाल-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए । बुधबार दाहाल र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् । देउवालाई…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ। सो समूहको संसदीय दलको बुधबारको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन्। उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहेका सांसदहरुलाई अतिआवश्यक बाहेक जानकारी गराएर मात्र बाहिर जानु भनेर निर्देशन दिएको नेता रामकुमारी झाँक्रीले जानकारी दिइन्। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई उनीहरूले धन्यवाद दिएका थिए। गत पुस ५ गते…

Read More

एजेन्सी: स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा रियलले १० खेलाडीमा सीमित इटालियन क्लब एट्लान्टालाई १-० को झिनो अन्तरले पराजित गरेको हो । एट्लान्टाको मैदानमा रियललाई जित दिलाउन फेर्लान्ड मेन्डीले निर्णायक गोल गरे । खेलको ८६औँ मिनेटमा मेन्डीले निर्णायक गोल गरे । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे । त्यसअघि खेलको १७औँ मिनेटमा रिमो फ्रेलेरले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । रियल र एट्लान्टाबीचको दोस्रो लेग मार्च १६ मा रियलको मैदानमा हुनेछ ।

Read More

काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको सञ्चालन अवधि घटाएको छ । यसका लागि अगि्रम मिति समेत तय भएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार आगामी १५ चैत (मार्च २८)बाट विमानस्थलको सञ्चालन अवधि दैनिक १८ घण्टा मात्र हुनेछ । अहिले विमानस्थल दैनिक २१ घण्टा चलिरहेको छ । तर, उडान-अवतरणमा अपेक्षित चाप नभएपछि उडान अवधि घटाउन लागिएको उनले जानकारी दिए । कोरोना भाइरसको महामारीपछि खुलेको हवाई उडानमा अहिले आन्तरिक उडान सन्तोषजनक रहेको छ । अन्तर्राष्ट्रिय उडानमा भने अपेक्षित वृद्धि हुन सकेको छैन । पर्यटक आगमनमा सरकारले राखेका विभिन्न प्रतिवन्धका कारण पर्यटक आगमन नबढेको हो । प्रवक्ता कर्णका अनुसार विमानस्थल…

Read More

काठमाडौं: देशभरका २ लाख ७५ हजार सरकारी कर्मचारीको संचयकोषबाट हुने जुनसुकै प्रकारको भुक्तानी अब विद्यूतीय माध्यमबाट हुने भएको छ । यसले संचयकर्ताको खातामा सिधै रकम जाने हुँदा अब सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने, घटी-बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहनेजस्ता समस्या समाधान हुने भएको छ । महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले बुधबार विद्युतीय सरकारी लेखा प्रणाली (सीजीएएस) मार्फत विद्युतीय कोष हस्तान्तरण -इएफटी)बाट भुक्तानी हुने प्रणालीको शुभारम्भ गरेका छन् । यो प्रणालीबाट नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायमा कार्यरत कर्मचारीको सञ्चयकोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष…

Read More

काठमाडौं: कृषि तथा पशुपंछी विकास मन्त्रालयको समन्वयमा कृषि अनुसन्धान परिषद्ले माटोको डिजिटल नक्शा सार्वजनिक गरेको छ । उक्त डिजिटल नक्शा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरे । माटोको उर्वराशक्ति अम्लीयपन, प्राङगारिक पदार्थको मात्रा, बनोट आदि जस्ता विभिन्न गुण कृषकलाई सहजै जानकारी दिने उद्देश्यले नेपालमा डिजिटल नक्शा सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । साथै, उक्त नक्शांकनको आधारमा कृषकले आफ्नो जग्गामा मलको मात्रा के कति मात्रामा प्रयोग गर्ने, कस्तो बाली लगाउने र माटोको कसरी सुधार गर्नेलगायतका विषयमा निर्णय लिन सक्ने मन्त्रालयको भनाइ छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यस किसिमको माटोको डिजिटल नक्शा तयार…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या अध्यावधिक गरेको छ । मन्त्रालयले तथ्यांक अध्यावधिक गर्दै बुधबार एकै दिन मृत्यु हुनेको संख्या ६१९ जना थप गरेको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । पछिल्लो २४ घण्टामा भने कोरोना संक्रमणबाट १ जनाको मात्रै मृत्यु भएको छ । यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्यांक लुकाएको आरोप लाग्दै आएको थियो । थप…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट निकाल्ने चेतावनी दिएकी छन्। नेकपा प्रचण्ड-नेपाल समूहले बुधबार राजधानीमा निकालेको विजय सभालाई सम्बोधन गर्दै नेतृ भुसालले नैतिकता र मानवीय स्वाभिमान छ भने तत्काल राजीनामा दिनुपर्ने बताइन्। सर्वोच्च अदालतले निर्णय गर्ने वित्तिकै राजीनामा आउनुपर्नेमा अहिलेसम्म राजीनामा नआएको भन्दै नैतिकताको आधारमा राजीनामा नदिए १३ दिन भित्र बस्ने प्रतिनिधि सभाबाट गलहत्याएर निकाल्ने चेतावनी दिएकी हुन्। उनले भनिन्, ‘हारेको प्रतिगामीले उठ्छु भन्ने परिकल्पना गरेको छ भने त्यो दुश्वप्ना हुनेछ। तेह्र दिन भित्र प्रतिनिधि सभाको बैठक बस्ने छ र त्यहाँबाट गलहत्याएर…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ। अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमा न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले पशुपतिमा सुनको जलहरी किन राख्ने भन्दै कारण देखाउन समेत आदेश गरेको हो। सर्वोच्च अदालतको वेबसाइटमा जनाइए अनुसार उक्त निर्णय गर्नुको कारण खुलाएर लिखित जवाफ माग्ने, निर्णयलाई दुवै पक्षको आदेश नहुन्जेल यथास्थितिमा राख्न र दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ। आजै राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए। पशुपतिनाथमा रहेको…

Read More