Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ओखलढुंगा: उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन् । गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उनले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताए । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उनको…

Read More

काठमाडौं: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो विश्वास घात गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका डा।बाबुराम भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरूको कथा’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । संसदले प्रधानमन्त्री दिन नसकेमात्रै संसद विघटन गर्नसक्ने सहमतिमाथि धोका भएको पौडेलको भनाइ छ। ‘हामीसँगै बसेर गरेको सहमति केपी ओलीजीले विश्वासघात गर्नुभयो । यस विश्वासघातबाट देशलाई मुक्त गर्नुपर्छ’, पौडेलको भनाइ छ । उनले यति ठूलो विश्वासघात होला भन्ने नसोचेको भन्दै राजनीतिमा भएको ढाँटछलले जनता निरास भएको बताए ।

Read More

काठमाडौँ, १ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “म सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा जनयुद्ध र जनआन्दोलनका सबै योद्धाहरुलाई शहीद घोषणा गर्ने निर्णय भएको थियो, त्यो पूरा हुन सकेन, तर आजसम्म प्राप्त उपलब्धि शहीदहरुको बलिदान नै हो । ” अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाँसँगै सेना समायोजन संविधान…

Read More

काठमाडौँ: कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनअनुसार ५४ प्रतिशत उद्योगको ५० प्रतिशत उत्पादन क्षमतामा गिरावट आएको, ३२.४३ प्रतिशत उद्योगको ७५ प्रतिशतसम्म उत्पादनमा गिरावट आएको, २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमतामा ७५ प्रतिशत घटेको छ । उक्त अध्यनमा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा पित्तल भाडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोशाक, परामर्श लगायतका वस्तु तथा सेवा उत्पादन गर्ने…

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनुसार अहिले (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्यसम्म, अन्य पहाडी भेगमा आंशिक बदली र देशका बाँकी भागमा मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात र प्रदेश नं १ का पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यसैगरी राति पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली हुनेछ। उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का…

Read More

काठमाडौँ: सरकारले भीआईपीहरुको सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरु कटौती गर्न लागेकोप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका छन्। पूर्वराजा शाहले सुरक्षाकर्मी कटौती गर्ने निर्णय पुर्नविचार गरिदिन सरकारलाई पत्राचार गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट स्वकीय सचिव सागरप्रसाद तिम्सिनाले तोकिएको नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने भन्दै पुर्नविचार गरिदिन गृह मन्त्रालयमा पत्र पठाएका हुन्। पछिल्लो समय सरकारले भिआइपीहरुको सुरक्षाकर्मीको संख्यामा कटौती गर्ने गरि कार्यविधि बनाएको छ। नयाँ कार्यविधि अनुसार अब पूर्व राष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने…

Read More

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणको बाानेश्वर वितरण केन्द्रले आज (शनिबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्दै छ। सार्वजनिक सूचनाअनुसार साँखु, गोठाटार र कोटेश्वर फिडरअन्तर्गत शनिबार (आज) विद्युत बन्द गरिने भएको हो। जसअनुसार साँखु फिडरअन्तर्गतका क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत काटिनेछ भने गोठाटार फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरअन्तर्गतका क्षेत्रमा दिउँसो १:३० बजेदेखि अपह्न ४:३० सम्म विद्युत काटिनेछ। यस्तै भोलि आइतबार पनि काठमाडौंका विभिन्न स्थानमा विद्युत् बन्द गरिँदै छ। कपन फिडरअन्तर्गतका क्षेत्रमा आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द गरिनेछ। बाानेश्वर वितरण केन्द्रका अनुसार सडक विस्तार भइरहेकाले केही घण्टा विद्युत आपूर्ति…

Read More

एजेन्सी । भारतीय राजधानी नयाँ दिल्ली लगायत उत्तर भारतमा शुक्रबार राती भूकम्प गएको छ । भूकम्पको झड्का महसुस गरेलगत्तै सर्वसाधारण घरबाहिर निस्किएका छन् । राती १० बजेर ३१ मिनेटमा गएको भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भूकम्प ६.३ रेक्टर स्केलको गएको जनाइएको छ भने त्यसको केन्द्रबिन्दु ताजकिस्तानस्थित जमिनबाट ७४ किलोमिटर गहिराईमा परेको जनाइएको छ । यसअघि आजै राजस्थानमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो ।

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले बागमती प्रादशिक कार्यालय प्रमुख सहित मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बागमति प्रादेशिक कार्यालय प्रमुख श्रीराम पाण्डेसँग कार्यसम्पादन सम्झौता गरेका छन्। त्यस्तै ग्राहक तथा वितरण सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बागमती प्रादेशिक कार्यालय अन्तर्गतका २० वटा वितरण केन्द्र प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन्। शुक्रबार प्राधिकरण मुख्यालयमा विद्युत खपत बढाउने, चुहावट घटाउने र गुणस्तरीय विद्युत आपूर्तिमा सुधार गर्ने गरि बागमति प्रदेश अन्तर्गतका २० वटा वितरण केन्द्रसँग कार्यसम्पादन सम्झौता गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस अघि प्रदेश २ र गण्डकी प्रादेशिक कार्यालयसँग पनि कार्यसम्पादन सम्झौता गरेको छ।

Read More

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गरेका हुन । सो क्रममा आदिवासी जनजातिले मन्त्री थापालाई बिदा सुनिश्चित गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए । विगतमा जाति धर्मका समुदायले जुन स्थान पाउनुपर्ने थियो त्यो पाउन नसकेको बताउँदै परम्परा, भाषा र धर्म संरक्षणका निम्ति अधिकार प्राप्त गर्न नसकेकोमा दुःख व्यक्त गरेका थिए । उनले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले…

Read More