Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विराटनगर: विराटनगरमा कोरोना भाइरसको संक्रमण परीक्षणको तयारी पूरा भएको छ । कोशी अस्पतालमा स्थापना गरिएको कोरोना संक्रमण परीक्षण प्रयोगशाला (ल्याब) को प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरीक्षण गरेका छन् । त्यस क्रममा मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याब काठमाडौं पछिको ठूलो क्षमताको भएको बताए । कोरोना परीक्षणका लागि आवश्यक उपकरण र केमिकल बिहीबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले संभवत शुक्रबार साँझदेखि परीक्षण शुरु गर्ने तयारी भएको बताइन् । ‘हामीले लगभग तयारी पूरा गरेका छौं’ उनले भनिन् ‘स्याम्पल आयो भने सम्भवतः आज साँझ परीक्षण गर्न सक्छौं ।’ प्रदेश सरकारले कोशी अस्पताल…

Read More

काठमाडौं: महामारीका रुपमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले अत्यावश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन भन्दै सरकारले देशव्यापी ‘लकडाउन’को घोषणा गरेको छ । लकडाउनको आज १८ औँ दिनसम्म आइपुग्दा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै असहज अवस्था नआएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आज नेपाल टेलिभिजनमार्फत सरकारले आवातजावतमा रोक लगाए पनि छिमेकी मुलक भारततर्फबाट खाद्यान्नको आयातमा कुनै समस्या नरहेको बताए । ‘आयात निरन्तर छ, तथ्याङ्कमा हेर्ने हो भने आपूर्ति सहज छ,’ उनले भने, ‘सीमाबाट व्यवस्थित ढङ्गबाट आइरहेको छ ।’ मुलुकभर खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलको सिङ्गो…

Read More

काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा आजसम्म ३३५ जनाको मृत्यु भएको छ । कोरोनाका कारण भारतमा २२७, पाकिस्तानमा ६५, बंगलादेशमा २१, अफगानिस्तामा १५ र श्रीलंकामा ७ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या ३३५ पुगेको हो । माल्दिभ्स र नेपालमा संक्रमणका घटना बढिरहेको भए पनि भुटानको अवस्था नियन्त्रण उन्मुख देखिएको छ । यी देशहरुमा हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन । सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् । सार्क राष्ट्रमा संक्रमित र ज्यान गुमाउनेको संख्या भारतमा सबैभन्दा उच्च देखिएको छ । कोरोनाका कारण एसियामै सबैभन्दा धेरै…

Read More

काठमाडौँ: टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायतका विदेशी नागरिक बोकेर फर्केको छ । लकडाउनको कारण अलपत्र परेका बेलायती नागरिक लिन चार्टर विमान शुक्रबार १२ बजे नेपाल आइपुगेको थियो । काठमाडौँस्थित संयुक्त अधिराज्य (बेलायत) ले झिकाएको चार्टर विमान दुबई हुँदै काठमाडौँ आएको र शुक्रबार दिउँसो २ बजे लण्डन फर्केको विमानस्थल स्रोतले जानकारी दिएको छ । लण्डनबाट रित्तै काठमाडौँ आएको चार्टर विमानमा ६ शिशुसहित २ सय ४८ यात्रु रहेको बताइएको छ । चार्टर विमानमा बेलायती, पोल्याण्ड, पोर्चुगल, अमेरिका र सेन्ट लुसियाका नागरिक पनि छन् । चार्टर विमान बेलायती नागरिक लिन आउने भनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने बिहान ९ बजेदेखि…

Read More

काठमाडौँ: भारतमा कोरोना भाइरस संक्रमणमा वृद्धि देखिएको छ। बिहीबार भारतभरका विभिन्न राज्यमा ७ सय ८१ वटा नयाँ संक्रमण पुष्टि भएको छ। यो संख्या भारतमा एकैदिन संक्रमण पुष्टि भएको हालसम्मकै उच्च संख्या हो। टाइम्स अफ इण्डियाका अनुसार महाराष्ट्र राज्यमा बिहीबार २२९ जना नयाँ संक्रमित फेला परेका छन्। योसँग महाराष्ट्र राज्य संक्रमितको संख्या १५० भन्दा बढी संक्रमित भेटिएको पहिलो राज्य बनेको छ। यसैगरी बिहीबार तमिलनाडु, राजस्तान, गुजरात र दिल्लीमा क्रमशः ९६, ८०, ७६, र ५१ जना नयाँ संक्रमित भेटिएका छन्। बिहीबारको संक्रमित संख्याले गत साताको संक्रमण ढाँचालाई तोडेको छ। गत साता संक्रमित भेटिने दर प्रतिदिन पाँच-छ सयको आसपास हुने गरेको थियो। बिहीबार…

Read More

काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसैगरी, हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। भने, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं: नदीनालामा पानीको मात्रा घट्न थालेपछि नेपालका जलविद्युत् गृहको उत्पादन करिब ४५ प्रतिशतले घटेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार हरेक सुक्खायाममा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमतामा पानीको अभावले ह्रास आउने गर्छ । यसपटक पनि नदीहरूमा पानीको मात्रा निकै बढी घटिसकेकाले हरेक आयोजनाको औसत उत्पादन ४५ प्रतिशजतिले घटेको छ । जलाशययुक्त आयोजनाबाहेक रन अफ दि रिभर र पिकिङ आयोजनामा उत्पादन घट्ने गरेको छ । नेपालमा प्रायः हिमनदीमा जलविद्युत् आयोजना निर्माण भएका छन् । मस्र्याङ्दी, मध्यमस्र्याङ्दी, कालीगण्डकी, सुनकोसी, त्रिशुली, देवीघाट, चमेलियालगायतका सबै ठूला जलविद्युत् आयोजना हिमनदी प्रणालीमा निर्माण भएका छन् । कात्तिक/मङ्सिरबाट हिमनदीमा पानीको बहाव बिस्तारै कम…

Read More

काठमाडौँ: ‘यती समूह’ ले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज उक्त नगद सहयोगको चेक हस्तान्तरण गर्नुभएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । कोभिडको विश्वव्यापी महामारी फैलिरहेको र नेपालमा पनि जोखिम बढेको अवस्थामा सरकारले जनताको जीवनरक्षाका लागि चालेको कदमलाई साथ दिनु राष्ट्रिय व्यावसायिक समूहको कर्तव्य हो भन्दै यती समूहका लगानीकर्ताका तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यती समूहले कोभिडका कारण व्यवसाय ठप्प हुनुका साथै अर्थतन्त्र ओरालो लागेको अवस्थामा व्यवसायभन्दा पनि देश र जनताका पक्षमा यती समूह अभिएको जनाउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धतासमेत…

Read More

काठमाडौँ: नेपाली काँग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब््याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल गर्नुभएको छ । काँग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा अपिल जारी गर्नुभएको हो । उहाँहरुले कोरोना भाइरसको रोकथाम र उपचारका लागि लडकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने…

Read More

काठमाडौँ: स्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताउनुभयो । उहाँले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् । हालसम्म नेपालभरि सात हजार ९४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने…

Read More