Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाट रु एक करोड १६ लाख ७२ हजार राजश्व सङ्कलन भएको छ । उहाँका अनुसार काठमाडौँ उपत्यका र उपत्यकाबाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो । विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनको १६ गतेसम्म काठमाडौँसहित विभिन्न जिल्लाका एक हजार दुई सय ३३ फर्म तथा उद्योगमा अनुगमन गरेको जनाएको छ । विभागको तथ्याङ्कअनुसार बजार अनुगमनका क्रममा १४४ फर्मलाई स्पष्टीकरण, ५४१ फर्मलाई निर्देशन, २१ फर्मको नमूना परीक्षणका लागि…
काठमाडौँ: धितोपत्र बजारमा यस साता तीन दिन मात्रै कारोवार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो । साताभर कूल १८२ कम्पनीको कूल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए । आइतबार शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो । नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मङ्गलबार खुलेको बजारमा कारोवारको शुरुआतीदेखि नै…
काठमाडौँ: वाग्मती करिडोरअन्तर्गत दोभानदेखि बालकुमारी पुल हुँदै लोकन्थलीसम्मको सडक आगामी महिना कालोपत्र हुने भएको छ । माइतीघर–सूर्यविनायक सडकको विकल्पका रुपमा रहेको सो करिडोर अहिले नै सञ्चालनमा रहे पनि आगामी महिनासम्ममा कालोपत्र भइसक्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । सडकमा गत महिना ग्राभेल भएसँगै सञ्चालनमा आउन थालेको समितिका परियोजना निर्देशक लीलाप्रसाद ढकालले बताउनुभयो । सो सडक कालोपत्र भएसँगै नै मुख्य सडकको विकल्पका रुपमा प्रयोग हुन थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सडक प्रयोग गर्नेहरु अहिले जाममा बस्नु नपरेको बताइरहेका छन्, कालोपत्र भइसक्दा अझै सजिलो हुनेछ ।” अहिले बल्खुबाट थापाथली हुँदै सङ्खमूलसम्मको करिडोरमा सवारीसाधन चल्न थालेका छन्…
काठमाडौँ : तोकिएको काम पूरा नगरेपछि ठेक्का सम्झौता खारेज गरेर अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणले हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि गत असोजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दै ठेक्का प्रक्रियामा सहभागी हुन आग्रह गरेको थियो । सो आयोजना हेटाँैडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको आयोजना हो । प्रसारण लाइन निर्माणको ठेक्का सबैभन्दा कम रकम कबोल गर्ने भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिनुभयो । आयोजनाले केही दिन पहिले ठेकेदार छनोट गरिएको जनाएको छ । कम्पनीले ५४ लाख ३५ हजार अमेरिकी डलर र रु ३६ करोड ८८ लाख ११…
काठमाडौँ: वसन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो । मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले वार्षिक झण्डै रु ६० करोड राजश्व गुम्ने अवस्था सिर्जना भएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै रु ५० करोड नोक्सानी हुने देखिन्छ । पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा…
पेरिस: विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनको सङ्ख्या शुक्रबार पाँच हजार ११७ पुगेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला एक सय ३३ देशमा फैलिसकेको छ । हालसम्म एक लाख ३९ हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । हालसम्म सबैभन्दा बढी चीनमा तीन हजार १७७ जनाको उक्त भाइरसको सङ्क्रमणबाट मृत्यु भएकोे एएफपीले विश्व स्वास्थ्य सङ्गठन तथा सङ्क्रमण फैलिएका मुलुकका अधिकारीले दिएको तथ्याङ्कमा छ । अहिलेसम्म इटालीमा एक हजार १६, इरानमा पाँच सय १४, दक्षिण कोरियामा ७१, स्पेनमा १२० र फ्रान्समा ६१ जनाले कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरिकामा पनि…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रका सम्बन्धमा विभिन्न १३ बुँदे सुझाव दिएको छ । महासङ्घले सार्वजनिक निजी साझेदारीमा सञ्चालन गरेको कृषि उद्यम केन्द्रमा व्यापक भ्रष्टाचार भएको भन्दै चर्को विवाद भएपछि आयोगले अध्ययन गरेको थियो । आयोगले गरेको अध्ययनका आधारमा सुझाव दिइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । महासङ्घले सार्वजनिक निजी अवधारणामा सञ्चालित एक जिल्ला एक उत्पादन कार्यक्रम सञ्चालन गरेको थियो । आयोगले पूर्वाधार तयार भई कच्चा पदार्थको अभावमा सञ्चालन हुन नसकेका उद्योगलाई सञ्चालन गर्न स्थानीय, प्रदेश र सङ्घको सहकार्यमा ती बाली वस्तुको उत्पादन बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालययले पहल…
काठमाडौँ: देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ। ‘म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछु’, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने। राष्ट्रिय संकटकालको घोषणा गर्दै ट्रम्पले संक्रमणसँग लड्नका लागि राज्य र स्थानीय सरकारलाई ५० बिलियन डलरसम्मको सहुलियत दिने घोषणा गरे। सम्बोधनमा ट्रम्पले कोरोना भाइरसको परीक्षण क्षमतालाई ठूलो मात्रामा वृद्धि गर्ने बताए। कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ५ हजार बढीको ज्यान गइसकेको छ भने एक लाख ४० हजार बढीमा…
काठमाडौँ: नेपाल सरकारले मुुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ भएको छ । सरकारले गत पुस २८ गते मन्त्रिपरिषद् निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको थियोे । निर्णय भएको दुई महिना बढी समय बितिसक्दा पनि रक्त चन्दन फिर्ता लैजाने सम्बन्धमा भारतबाट ठोस पहल भएको नदेखिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत गत माघ २० गते नेपालस्थित भारतीय दूतावासका…
चितवन: पूर्वी चितवनको भण्डारामा शुक्रबार राति बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बाराको पर्वानीपुर नगरपालिका–२ बस्ने २३ वर्षीय राजीव ठाकुर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४६४ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते स्कुटरको पछाडि सवार ठाकुरको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । स्कुटर चालक भरतपुर महानगरपालिका–१० का २२ वर्षीय श्रीसव देवकोटा घाइते भएको…
