Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: भारतले काेरोना भाइरस (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउन खुकुलो गर्ने भएको छ । भारतीय गृह मन्त्रालयद्वारा शुक्रबार साँझ जारी सूचनामा आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न सकिने भनिएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ । मदिरा पसलहरू सञ्चालनको अनुमति भने दिइएको छैन । अत्याधिक संक्रमित रहेका र जोखिम क्षेत्र भने पसल खोल्न पाइने छैन । डिजास्टर म्यानेज कानून अनुसार राज्यले यो सूचना पालना नगर्न पनि सक्ने समेत भनिएको छ । केन्द्र सरकारले गुजरात, तेलंगाना र तमिलनाडुको चार जिल्लालाई उच्च निगरानीमा राखेको बीबीसीले जनाएको छ ।…
काठमाडौँ: लकडाउन जारी रहदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँबाट उदयपुरका लागि छुटेको बा३ख ४०३६ नंको बस बिपी राजमार्गको बर्दिवास नगरपालिका–३ पाटुमा शनिबार बिहान दुर्घटना हुँदा बसकै सहचालक दोलखा जिल्लाको तामाकोशी–२ का बाबुराम विश्वकर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। घटनामा परी दोलखाको तामाकोशी–२ कै २२ वर्षीय प्रदीप विश्वकर्मा घाइते भएका छन्। घाइतेको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए। पाटुको मोड पर्ने ठाउँमा बस कोल्टिएर पल्टन लागेपछि ढोका खोलेर हाम फाल्ने क्रममा सहचालक बाबुरामको बसको हुडले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ। उदयपुरको…
काठमाडौं: एक महिनादेखि जारी लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक अहिले बसिरहेको छ । सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए । ‘अहिलेसम्मको समीक्षा गरेर प्रधानमन्त्रीलाई भेट्छौं अनि मात्रै लकडाउनको मोडालिटीबारे सरकारले टुंगो लगाउँछ,’ उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका पोखरेलले भने । उनले अहिलेसम्म लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएको बताए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा आज दुई अध्यादेश खारेज गर्नुभएको छ । ती अध्यादेश यही वैशाख ८ गते जारी गरिएको थियो । नेपालको संविधानबमोजिम ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) र राजनीतिक दलसम्बन्धी(दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ । भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गर्नुभएको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्छ भन्नुभएको थियो । सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद्…
काठमाडौँ: भोजपुरका एक २६ वर्षीय युवकमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। धरानको विपी कोइराला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। भोजपुरका यी युवकसहित आज तीन जना संक्रमित थपिएका छन्। अहिलेसम्मको अद्यावधिक विवरण अनुसार ४८ जनालाई कोरोनाभाइरसको पुष्टि भएको छ। जसमध्ये १० जना निको भएर घर फर्किएका छन् भने ३८ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचारका क्रममा छन्।
काठमाडौँ: कोरोना भाइरस (कोभिड-१९) का कारण ऋणीहरूलाई समस्या परेको भन्दै कृषि विकास बैङ्कले सहुलियत दिएको छ । बैङ्कले प्रदान गर्ने कर्जामा तीन प्रतिशतसम्म ब्याजदर छुट दिने बैङ्कले जानकारी दिएको हो । बैङ्कको एक वर्षको अवधिमा १२ प्रतिशतमा कर्जा लगानी गरेको थियो। घटाएर ११ बनाएकोमा लकडाउनका बेला ऋणीहरू समस्यामा परेको भन्दै बैङ्कले नौ प्रतिशतमा ब्याजदर झारेको हो । अन्य बैंकहरु व्याज घटाउने बारे छलफल गरिरहँदा कृषि विकास बैंकले यो आर्थिक बर्षमा ३ प्रतिशत व्याज घटाइसकेको छ । यसअघि ११ प्रतिशतमा झारेको कृषि कर्जाको व्याजदर मिति २०७६ चैत २६ गते बसेको संचालक समितिको बैठकले ११ प्रतिशतबाट कृषि कर्जामा थप २ प्रतिशत…
काठमाडौँ: चौतर्फी विरोध भएपछि सरकारले विवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसअनुसार अब राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । दुबै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ…
काठमाडौँ: काठमाडौं महानगर क्षेत्रभित्र आपूर्ति व्यवस्थालाई सहज बनाउन बिहान १० बजेसम्म पसल खोल्न दिने विषयमा महानगर र प्रशासन सकारात्मक देखिएका छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन लम्बिएसँगै आपूर्ति व्यवस्थामा केही असहज भएकाले आपूर्ति सहज बनाउन महानगरपालिकाले गरेको सरोकारवालासँग छलफल गरेको थियो। ‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नु पर्छ भन्नेमा छलफल भयो,’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अहिले लकडाउनको अवस्थामा अति विपन्न, असहाय र मजदुरलाई राहतको व्यवस्थामात्रै गर्ने होइन, आफैं किन्न सक्नेलाई किन्ने वातावरण समेत निर्माण गरिदिनुपर्ने अवस्था छ। हामी सकेसम्म सहज वातावरण निर्माण गर्छौ।’ छलफलका क्रममा शाक्यले अहिलेसम्म महानगरपालिकाबाट…
काठमाडौँ: विनाशकारी भूकम्प गएको शुक्रबार पाँच वर्ष पूरा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि पनि यही वर्ष सकिँदै छ । तर, भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण भने पूरा हुने छाँटकाँट छैन । बरु कोरोना भाइरस महामारीका कारण पुनर्निर्माण थप ढिलाइ हुने भएको छ । कोरोना भाइरस फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण पुनर्निर्माणका सबै काम एक महिनादेखि ठप्प छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाश धौलाकोटीले लेखेका छन् । साढे चार वर्षको अवधिमा प्राधिकरणले निजी आवासतर्फ ८८ प्रतिशत, स्वास्थ्य संस्था पुनर्निर्माणमा ६८ प्रतिशत र सरकारी भवनतर्फ ८४ प्रतिशत प्रगति हासिल गरेको छ । थुप्रै चुनौतीबीच पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा उल्लेख्य उपलब्धि…
