Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको…

Read More

काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउन सबै देशहरुलाई अपील गरेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । चीनको वुहान शहरस्थित जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री हुने बजारबाट कोरोना भाइरस फैलिन सुरु गरेको थियो । संक्रमण बढ्दै गएर मानिसहरुको ज्यान जान थालेपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो । डब्ल्यूएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई फेरि तबमात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’…

Read More

काठमाडौं: उदयपुरको एक मस्जिदमा रहेका १२ जना कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको छ। शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरुसँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली हुन् । संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् । संक्रमितसँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्तिमार्फत सो जानकारी दिनुभएको हो । चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उहाँले संसदीय सुनुवाइ पूरा गरिसक्नुभएको थियो ।

Read More

जनकपुरधाम: जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०÷४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार आज १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्ररूपले भइरहेको छ । बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ । प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ ।

Read More

काठमाडौं: नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय छन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् । चितवनका पनि दुई पुरुष हुन् एक २७ वर्षीय र अर्को ६३ वर्षीय छन् । उदयपुरका पनि १२ जनै पुरुष छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

Read More

काठमाडौं: विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २१ लाख ८१ हजार ७५८ पुगेको छ । २४ घण्टाको अविधमा ९५ हजार २२ नयाँ संक्रमित थपिएका छन् । यो हिजोको भन्दा धेरै हो । अहिले १४ लाख ८९ हजार १८२ विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५६ हजार ६०२ को अवस्था गम्भीर छ । ५ लाख ४७ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान…

Read More

काठमाडौँ: कोरोना भाइरस (कोभिड-१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९० जना थपिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरू गणनामा छुटेका थिए । वुहानले कोभिड-१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार आठ सय ६९ पुर्‍याएको हो । समग्र संक्रमितको संख्यामा पनि उसले तीन सय २५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार तीन सय ३३ पुगेको छ । यो संख्या चीनको समग्र संक्रमितको करिब दुईतिहाइ…

Read More

बिर्तामोड: कोरोना भाइरसको कारण लकडाउनबाट बन्द भएका झापाका चिया उद्योग र बगान वैसाख ७ गते आइतवारबाट पूर्ण रुपले संचालनमा आउने भएका छन् । चिया उद्योगी, मजदुर र प्रशासन बीच जिल्ला प्राशसन कार्यालय झापामा भएको सहमती अनुसार वैसाख ७ गते आइतवारबाट बगान र उद्योग संचालनमा आउने निर्णय गरिएको हो । प्रदेश १ सरकारले चिया बगान र उद्योग एक साता अघिनै संचालन गर्ने निर्णय गरेको थियो । तर, चिया श्रमिक र बगान संचाचलक बीच सहमती बन्न नसक्दा झापाका चिया वगान तथा उद्योगहरु खुल्ल सकेका थिएनन । कतिपय स्थानमा चिया वगान मालिक र स्थानिय सरकारविच समेत आवश्यक समन्वय नहुदा खुलेका बगानहरुपनि बन्द…

Read More

काठमाडौँ: स्वास्थ्य सेवा विभागले तीनवटा संस्थासँग २९ करोड मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गर्न सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठका अनुसार तत्काल चाहिने स्वास्थ्य उपकरणहरु खरिद गर्नका लागि नेपालकै निजी संस्थासँग सम्झौता गरिएको हो । विभागले बिहीबार ओम सर्जिकल, लुम्बिनी हेल्थ केयर र हाम्रो मेडी कन्सर्न नामक निजी संस्थासँग स्वास्थ्य उपकरण खरिद गर्ने सम्झौता गरेको छ । यसअघि स्वास्थ्य सेवा विभागले चैत २५ गते टेण्डर आह्वान गर्दै तत्काल आवश्यक केही स्वास्थ्य उपकरणहरु खरिद गर्न लागेको थियो । विभागले ५ दिन अर्थात् चैत २० गतेसम्मको समय दिएर टेण्डर भर्न आह्वान गरेको थियो । आइतबार टेण्डरको समय सकिएको…

Read More