Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । हाल उनको अवस्था सामान्य छ । योसँगै नेपालमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । तीमध्ये एक जना उपचारपछि घर फर्किसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको…

Read More

काठमाडौँ १४ चैत (रासस) : पछिल्ला दिनमा विद्युतीय चुल्होको प्रयोगप्रति आमजनताको आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्लो दिनमा मात्रै तीन हजार बढी विद्युतीय चुल्हो बिक्री गरेको छ । विश्वव्यापीरूपमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नागरिकमा पनि खाना पकाउने ग्यास नपाउने भन्ने सन्त्रास बढेका कारण विद्युतीय चुल्होमा आकर्षण बढेको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालका अनुसार कोरोनाको सन्त्रास फैलिएपछि कम्पनीका विभिन्न बिक्री केन्द्रमार्फत विद्युतीय चुल्हो बिक्री भएको हो । गोरखा भूकम्पको…

Read More

मेलम्ची: चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुने खत्रीले बताउनुभयो । ‘बिहीबार जाँचपास गर्न पत्र आएको छ, आज(शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन हुन्छ’, खत्रीले भन्नुभयो । अहिले नाकाबाट फलफूल र चिकित्सा…

Read More

काठमाडौँ: कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् । डब्लुएचओले क्रमशः पटक–पटक साबुनपानीले हात धुने, खोक्दा वा हाच्छयूँ गर्दा रुमाल वा कुइनोले मुख ढाक्ने, सामाजिक दूरी कायम राख्ने, सधैँजसो मास्कको प्रयोग गर्ने तथा स्यानिटाइजरको भरपुर उपयोग गर्न सार्वजनिक आह्वान गर्दै आएको छ । डब्लुएचओले महामारी रोग नियन्त्रण शाखाकी प्रमुख वेनिदेत्ता एलिग्रेन्जिले सन् २०२० मार्च १८ को अन्तिम दिन उक्त विषयमा सार्वनिक भनाइ व्यक्त गर्दै गर्दा विश्वका १६४ देशमा महामारी फैलिसकेको थियो भने आठ हजार ५९३ व्यक्तिले ज्यान…

Read More

ठिनी: कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले लकडाउन जारी गरेसँगै मुस्ताङमा रोकिएका पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका १२१ पर्यटकलाई दुई दिन गरी उद्धार गरी काठमाडौँ पठाइएको र बाँकी ६८ पर्यटक मुस्ताङमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तीन दिनको अवधिमा ती पर्यटकलाई उद्धार गरी काठमाडौँ पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो । अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्चुगल, बेलायत, युक्रेन, न्यूजील्याण्डलगायतका मुलुकका पर्यटकलाई बसमार्फत पोखरा हुँदै काठमाडाँै पठाइएको हो । मुस्ताङमा बाँकी रहेका अन्य पर्यटकको स्वास्थ जाँच भई मुस्ताङकै…

Read More

बार्सिलोना: स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अन्य ३ जना भने हस्पितालेद क्षेत्रका हुन् । उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन् । संक्रमित ब्यक्तिहरुको विवरण भने गोप्प राखिएको छ । स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन् । तीन जनाको अवस्था सामान्य रहे पनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको…

Read More

राजापुर: बर्दियामा भारतलगायत विभिन्न देशबाट आएका ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारत तथा अन्य मुलुकबाट ५१७ जना बर्दियामा भित्रिएको लगत सङ्कलनबाट खुलेको छ । फ्रान्सबाट कतार हुंँदै यही चैत ६ गते एयर अरेबियाबाट नेपाल आएकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती चढेको विमानमा आएका दुई जनासहित क्वारेन्टाइनमा राखिएको हो । सो विमानमा बर्दियाका दुई जना आएकामा खोजेर एक जनालाई खजुरा गाउँपालिकामा बनाइएको क्वारेन्टाइनमा राखिएकोे पुष्टि प्रहरीले गरेको छ । बाँके ठेगाना भए पनि बर्दिया बाँसगढीका अर्का व्यक्तिलाई भने बाँसगढी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

Read More

महोत्तरी: जङ्गली हात्तीको त्रासले चुरे क्षेत्रका बासिन्दा रातैभरि जाग्राम बस्न थालेका छन् । महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्र चुरे काछका बस्तीमा जङ्गली हात्तीको आवागमन बाक्लिएसँगै यस क्षेत्रमा त्रास बढेको हो । “रात परेपछि हात्तीको त्रासले निदाउन सकिँदैन”, चुरेको काखकै महोत्तरीको बर्दिवास नगरपालिका–३ पर्साहीधापकी गृहिणी मनमाया पुलामीले भन्नुभयो, “हात्तीले आफ्नो बस्तीमा पोहोरपरार मच्चाएको उधुम सम्भm्यो कि निद्रा लाग्दैन ।” गत वर्ष हिउँदमा पर्साहीधापका मात्र चार घर हात्तीले भत्काएको पुलामीले सम्झनुभयो । अहिले पछिल्ला तीन दिनयता चुरे वरपरका बस्तीमा हात्ती पसेका खबर बाहिरिएपछि यस भेगका सर्वसाधारणमा थप त्रास बढेको हो । बिहीबार बिहानमात्र चुरे काखको सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिजियानीमा हात्तीको…

Read More

काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु एक लाख सहयोग गर्नुहुने भएको छ । उहाँले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गर्नुभएको हो । “कोषमा रु एक लाख दिने घोषणा गर्दछु, यस्तो सङ्कटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न”, उहाँले ट्वीट गर्दै भन्नुभएको छ । सन्दीपले महामारीका समयमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै कोरोना भाइरसबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सरकारद्वारा स्थापित कोरोना कोषमा विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम बढ्दै गएको बताउनुभयो ।

Read More

काठमाडौँ: मुटुको धड्कन बढ्ने समस्या देखिएका कारण उपचारका लागि गए राति त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कोर्डियो भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजै निवास फर्कनुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै निवास फर्कने जानकारी उहाँका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Read More