Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सर्वोच्च अदालतले भूमि सुधार कार्यालय र मालपोत कार्यालयमा काम गर्न जाँदा लेखापढी गर्न सक्ने नागरिकले आफैँले फारम भर्न सक्ने आदेश जारी गरेको छ। प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार भूमि सुधार मन्त्रालयले बनाएको नीतिअनुसार लेखापढी गर्न सक्ने नागरिकले आफैँ फारम भरेर काम गर्न सक्ने आदेश जारी गरेको हो । लेखापढी गर्ने अभिवक्ताले आफ्नो पेशा धरापमा परेको उल्लेख गर्दै नापी तथा मालपोतको काममा आफूहरुले फारम भर्ने काम गर्न पाउने उल्लेख गर्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनको केन्द्रीय समितिका तर्फबाट कृष्णप्रसाद दाहालले भूमि सुधार मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । यसअघि…
पर्वत: महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीका अनुसार सबैभन्दा बढी २२० जनालाई सडक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । उनीहरुले सडक मर्मत, स्तरोन्नतिलगायतका काम गर्नेछन् । बीस जनालाई शिक्षक स्वयंसेवक बनाइएको छ भने २७ जनालाई विद्यालय स्वयंसेवक बनाएर गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा खटाइनेछ । गाउँ प्रहरीको रूपमा ३४ जनालाई गाउँरक्षक स्वयंसेवकको रूपमा रोजगारी दिइएको छ । यस्तै…
गोरखा: गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षमा जिल्लाभरका एक हजार दुई सय अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै आएका किसानलाई परिचयपत्र वितरण गर्ने योजना छ । “सुन्तला जोन क्षेत्रभित्रका सबै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेका छाँै”, उनले भने । परिचयपत्र लिन किसानले निवेदनसँगै दुईप्रति फोटो, नागरिकताको…
सिर्दीबास (गोरखा) : पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ। धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए। साबिक सिर्दीबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिने यहाँ १९ घर छन्। यसलाई कर तिर्ने गाउँका रूपमा पनि चिनिन्छ। ‘सिर्दी भनेको कर हो’, गुरुङले भने, ‘गाउँछेउ ठूलो रुख छ। बाजेका पालामा १८ सय खोलाको कर…
काठमाडौँ : सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९ प्रतिलिटर रहेको छ । निगमले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको ‘स्वतः सञ्चालित मूल्य संरचना’ अनुरुप इण्डियन आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्य निर्धारण गरेपछि नेपालमा पनि मूल्य समायोजन गरेको उनले जानकारी गराए । यसैगरी निगमले निगमको डिपो÷बिक्री केन्द्रदेखि १५ किलोमिटर भित्र लागू हुने क्षेत्रभित्र पनि नयाँ मूल्य तोकेको छ…
काठमाडौँ : स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले आयोजना गर्न लागकोे हिमालयन हाइड्रो एक्स्पोमा एक दर्जनभन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । इपानले आज दिएको जानकारीअनुसार मेलामा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, श्रीलङ्का, बङ्गलादेशलगायत देशका कम्पनीले सहभागिता जनाउने भएका छन् । यस्तै नेपालका ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको छ । मेलामा जलविद्युत् प्रवद्र्धक निर्माण सामग्री आयातकर्ता,, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युत्मा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ । जलविद्युतका…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन यही पुस ११ गते बुधबारका लागि आह्वान गरेकी छिन्। नेपालको संविधानअनुसार, राष्ट्रपतिबाट प्रधामन्त्रीको सिफारिशमा यही पुस ११ गते बुधवार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ मा राष्ट्रपतिले सङ्घीय सदनको समय समयमा दुवै वा कुनै सदनको अविधेशन आह्वान गर्ने व्यवस्था उल्लेख छ । –
काठमाडौँ: नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघाराँै वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२३ का ३२ वर्षीय अमित घिसिङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ११६ ग्रामका चार बिस्कुट र करीब ५० ग्रामको एक थान बालासहित ५१४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । कतार एयरवेजको उडानद्वारा आएका घिसिङलाई विमानस्थलमा जाँचका क्रममा बिहान पक्राउ गरिएको हो । सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित निलोपुलबाट सोही ठाउँ बस्ने गोरखाका २० वर्षीय समिर कोइरालालाई युरोपियन सुन एक केजी लेखेको पहेलो धातुसहित पक्राउ…
काठमाडौं: निर्मला पन्त हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी परेको छ । मंगलबार दिउँसो निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी हुन् । उनीहरुविरुद्ध परेको जोहरीमाथि छलफल भइरहेको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले जानकारी बताए । ‘जाहेरी परेको हो । प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ । जाहेरीमाथि अनुसन्धानका गर्ने क्रममा प्रहरी अधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पक्राउ गर्न समेत सक्नेछ । सरकारी…