काठमाडौँ: नागरिक लगानी कोषले आफना सेयरधनीलाई २२ दशमलव शुन्य ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिसत प्रतिशत नगद लाभांस दिने भएको छ ।
सो प्रस्ताव कोषको शुक्रबार सम्पन्न २३ औ वार्षिक साधारण सभाले पारित गरेको हो । कोषको आब २०७३/७४ को नाफाबाट उक्त बोनस सेयर दिन लागेको हो ।
आब २०७२/७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैया रहेकोमा आब २०७३/७४ मा २९ करोड २४ लाख रुपैया पुगेको छ ।
चालु आबको असोज मसान्त सम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैया पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैया लगानी गरेको छ ।
साधारण सभाको अवसरमा कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले आ.ब २०७३÷७४ को वार्षिक प्रतिबेदन सार्बजनिक गर्दे कोषको बचत परिचालन, लगानी व्यस्थापन, पुँजी बजार सेवा, संकटग्रस्त बैक तथा बित्तिय संस्थामा रहेको असुली लगायतका बिषयमा भैरहेको प्रगतिको बारेमा धारणा राखे ।
डा.भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताउँदै कोषलाई समय सापेक्ष रुपमा अघि बढाउन लगानी नीतिमा परिमार्जन गरेको जानकारी दिए ।
कोषको सेयर चुक्ता पुँजी ९० करोड रुपैया कम भएको भन्ने गुनासोमा उनले कोष ऐनमा परिवर्तन गरी पुँजी बढाउने बताए ।