Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले अल्पकालीन ल्यान्डफिल साइड निर्माण नगर्ने भएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माण केन्द्र तत्काल शुरु गर्ने भएपछि कामपाले अल्पकालीन फोहर व्यवस्थापन स्थान निर्माण नगर्ने भएको हो । कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्रको आवश्यकता नभएको हो । यही मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरिसकेको छ । अहिले यसअघि १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित…

Read More

काठमाडौँ: एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले विराटनगरलाई ८५ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा विराटनगर १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ८४ रनमा समेटिएपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा विराटनगरले २० रन जोड्दै पोखरालाई २१ रनको लक्ष्य दिएको थियो । जवाफमा पोखरा १३ रनमा सीमित भयो । विराटनगरको लागि करण केसीले २० रन जोडे । सुपरओभरमा जानु अघि विराटनगरका लागि आसिफ शेखले सर्वाधिक १९ रनको योगदान दिएका थिए भने करण…

Read More

काठमाडौँ: अपि पावर कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ। लिमिटेडको हिजो बसेको संचालक समितिको बैठकबाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव आगमी १५ औं वार्षिक साधारण सभाले पास गर्ने छ। उसले गत आवको 2074/७५ को चुक्ता पुंजीको पांच प्रतिशत (कर बाहेक) शेयर दिन लागेको हो।

Read More

काठमाडौँ: जनता बैंक नेपाल लिमीटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको मंसिर २४ गते बसेको संचालक समितिको २६७ औं बैठकले आर्थिक वर्ष २०७४।७५ को वितरणयोग्य मुनाफाबाट सो लाभांश घोषणा गरेको हो । बैंकले प्रस्ताव गरेको नगद लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ । जनता बैंकले ८ अर्ब ७ लाख ८५ हजार ९२५ रुपैयाँ चुक्ता पूँजीको ८.५० प्रतिशत बराबरको ६८ करोड ६० लाख ६६ हजार ८०३ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ । अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १४.४० प्रतिशत बोनस…

Read More

काठमाडौँ: जोशी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आर्इपिओ) मंगलबार बाँडफाँड भएको छ। हाईड्रोपावरको शेयरमा आवेदन गर्ने कूल ८३ हजार ७३६ जना वैध आवेदकमध्ये ७६ हजार १२२ जनाले २० कित्ता र ७ हजार ६१४ जना आवेदकले १० कित्ता शेयरका दरले शेयर पाएका छन् । कम्पनीले कूल १६ लाख ९० हजार ४९० कित्ता शेयर निष्काशन गरेकोमा ८४ हजार ५२३ कित्ता म्युचुअल फण्ड र ७३६७ कित्ता शेयर कर्मचारीलाई छुट्टाएर १५ लाख ९८ हजार ५८० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरेको हो । आईपिओमा कूल ८३ हजार ७७० वटा आवेदनबाट ५९ लाख ६ हजार ८९० कित्ता अर्थात ३.७० गुणा बढी आवेदन परेको थियो । जसमध्ये ३४…

Read More

जनकपुरधाम: मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ । एक साता अघिदेखि नै वैवाहिक विधि शुरु भए पनि बुधबार हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा जनसागर ओर्लिसकेका छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन दास यस पटकको जन्तीमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने कार्यक्रमले जनकपुरधाम भरिभराउ रहेको बताउनुहुन्छ । उहाँका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी बुधबार बिहान लखनउबाट विशेष…

Read More

काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राति सम्पन्न खेलमा वाटफोर्डले एभर्टनसँग उसैको मैदानमा बराबरी खेल्दै अंक बाँडेको हो । वाटपोर्डका लागि डौकोर्सले गोल गरे भने एक गोल एभर्टनका सिमुस कोलेमनले आत्मघाती गोल गरेपछि वाटफोर्डले उपहार पाएको थियो । एभर्टनका लागि भने रिचार्लिसन र लुकास डेग्नीले गोल गरेका थिए । खेलको १५ औं मिनेटमा नै रिचार्लिसनले गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एभर्टनले खेलको ६३ औं मिनेटमा आत्मघाती गोल गर्न पुगेपछि वाटफोर्डले १-१ गोलको बराबरी बनाएको हो । खेलको ६५औं मिनेटमा डौकोर्सले गोल…

Read More

ललितपुर: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा बहुस्वामित्वका घरहरुमा पुनःनिर्माण अघि बढ्न नसकेपछि कार्यकारी समितिले यस्तो निर्णय गरेको हो । यसअघि प्राधिकरणले एउटा घरमा जति वटा परिवारको बसोबास भए पनि एक जनासँग मात्रै अनुदान सम्झौता गर्दै आएको थियो । यो निर्णयपछि एउटा घरमा बसोबास गर्ने दुई वा त्यो भन्दा बढी परिवारमध्ये सबैसँग छुट्टाछुट्टै अनुदान सम्झौता हुने प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, “अर्पाटमेन्टका रूपमा मानेर जति परिवार बस्छ, उतिलाई नै अनुदान दिन लागिएको हो ।” विसं २०७२ को…

Read More

काठमाडौँ: डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन् । एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन गरेको ४७६ जोर जुत्ता ‘स्वतन्त्र जाग्रित युवा समूह’लाई हस्तान्तरण गरेका हुन् । ‘एपेक्स हेल्थ एजुकेसन अवारनेस’का अध्यक्ष समेत रहेकी विद्यार्थी आष्मा पौडेलले डोल्पाका विद्यार्थीले कठ्याङ्ग्रिदो जाडोमा पनि नाङ्गै खुट्टा हिँड्न नपरोस् भनेर न्यानो जुत्ता सङ्कलन अभियान चलाएको बताउनुभयो । डोल्पाका विभिन्न विद्यालय र स्थानीय विपन्न समुदायलाई समेत जुत्ता वितरण गरिने युवा समूहका अध्यक्ष इञ्जिनीयर सशांक न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार डोल्पावासीलाई जाडोमा न्यानो जुत्ता लैजान युवा समूहले एक हप्तादेखि एक हजार जोड जुत्ता सङ्कलनका लागि…

Read More

बनेपा: काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा गए राति बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । पनौतीबाट रयालेको मानेदोभानतर्फ जाँदै गरेको बा३ख २०३ नंको यात्रुबाहक बसले गएराति करिब नौ बजेको समयमा पैदल हिँडिरहेका श्रेष्ठलाई चाम्लेमा ठक्कर दिदाँ उनकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । श्रेष्ठको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायले बताए ।

Read More