Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एसीसी इमर्जिङ कपमा आफूले राम्रो खेल्न नसकेको भन्दै आत्मालोचना गरेका छन । प्रतियोगिताबाट बाहिरिएपछि नेपाली क्रिकेट टोलीले अझै धेरै सुधार गर्न बाँकी रहेको कप्तान मल्लले बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कप्तान मल्लले आफूले राम्रो खेल्न नसकेको स्वीकारेका छन । ‘भारत र बंगलादेशसँग अझ राम्रो गर्न सक्थ्यौँ। भारतसँग २३० रनसम्म बनाउन सक्थ्यौँ,’ उनले भने, ‘तर बंगलादेशसँग २०० सय पनि बनाउन सकेनौँ। हाम्रो ब्याटिङ पक्ष कमजोर रह्यो।’ ‘मोमेन्टम पाइसकेपछि बिल्ड अप गर्ने उनीहरुको तरिका हामीभन्दा निकै भिन्न थियो,’ उनले भारत र बंगलादेशसँगको खेल अनुभव सुनाए, ‘हामीले सिक्ने…

Read More

काठमाडौँ : बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ । त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक नाम देखेपछि सामान किन्न त्यसतर्फ नै आकर्षित हुने गरेका छन् तर विडम्बना नेपालमा जैविक उत्पादनको भने मापदण्ड नै बन्न सकेको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म नेपालमा जैविक उत्पादनको मापदण्ड नै नबनेको जनाएको छ । …

Read More

काठमाडौँ : यातायात व्यवस्था विभागले आज र बुधबार ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ नगर्ने भएको छ । अहिले विभागमा सञ्चालनमा रहेका छपाइ उपकरणबाट ठूलो क्षमताको छपाइ उपकरण ९मास प्रिन्टर० मा रहेको तथ्याङ्क भण्डार ९डाटाबेस० मा सार्नका लागि सेवा अवरुद्ध गर्न लागिएको हो । सवारी चालक अनुमतिपत्र प्रणाली पुरानो सर्भरबाट नयाँमा सार्ने हुँदा यी दुई दिन सेवा दिन नसकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । विभागले हतारमा रहेका सेवाग्राहीलाई चाँडो छपाइ ९फास्ट प्रिन्टिङ० सेवा दिँदै आएकामा त्यो पनि यी दुई दिन अवरुद्ध हुने भएको छ । यी दुई दिनमा तथ्याङ्कसम्बन्धी सम्पूर्ण काम सकिने बताइएको छ । उनले…

Read More

काठमाडौं: सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ । सोमबार ७१ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७२ हजार रुपैयाँ छ । सोमबार छापावाल सुन तोलाको ७१ हजार ६ सयमा कारोवार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको मुल्य ७१ हजार ३ सयमा कारोवार भएको थियो । आज चाँदीको मुल्यमा १० रुपैयाँले बढेको छ । ८ सय ६० रुपैयाँ प्रतितोला तेकेको छ ।

Read More

दोलखा–पाँच वर्षदेखि सडक निर्माण सम्पन्न नगरेको भन्दै दोलखामा व्यवसायी र नागरिक समाजले विरोध स्वरुप मानव साङ्ग्लो निकालेका छन । आज मंगलबार उनीहरुले दोलखाको सदरमुकाम चरिकोटस्थित मानवसाङ्लो बनाएर सडक तत्काल कालोपत्रे गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् । गत शनिवार ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाको तस्वीर सवारीसाधन, बिजुलीका पोल र सार्वजनिक स्थानहरुमा टाँसेर दबाब दिएका थिए । जनतालाई सास्ती दिने खाडीचौर(मुडे(चरिकोट सडक निर्माण ठेक्का लिई लथालिङ्ग पारेर शंकर माली निर्माण सेवाका ठेकेदार दीपक सापकोटा लगायतका व्यक्तित्वको बदमासीको विरुद्ध दबाबमूलक कार्यक्रम गरेको दोलखाबाट व्यवसायी भरत श्रेष्ठले जानकारी दिए । उनले भने,…

Read More

काठमाडौं : श्रीलंकाली नवनिर्वाचित राष्ट्रपति गोतावय राजापाक्षले गौतम बुद्धको जन्मभूमि नेपाल श्रीलंकालीहरूको मनमुटुमा विशेष स्थान रहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजापक्ष श्रीलंकाको राष्ट्रपति पदमा निर्वाचित भएको अवसरमा दिएको बधाई तथा शुभकामना ट्विटको प्रतिउत्तरमा उनले यस्तो बताएका हुन्। ‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयत्न गर्नेछु र छिटै भेट्ने अवसरको प्रतिक्षामा हुनेछु,’ उनले भनेका छन्। उनलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू उनीसँग घनिष्ठरुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ पार्न चाहेको बताएका थिए। गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको…

Read More

काठमाडौं  : आज मंगलबार सातौं विश्व शौचालय दिवस मनाइँदै छ । दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ । ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मूल नाराका साथ निकालिएको र्‍याली भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सम्पन्न भएको थियो । प्रभातफेरीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाईटी लगायत संघसंस्थाको सहभागिता थियो । र्‍यालीमा सहभागीहरुले ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘घरघरमा चर्पी, सफा राखौं धर्ती’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विश्व शौचालय संगठनले सन् २००१…

Read More

काठमाडौं : भारतको आसामस्थित एक कोठीबाट जबरर्जस्ती यौनधन्दामा सामेल गराइएका सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो । सिल्चारको सो कोठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि नेपालबाट मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको एउटा टोली आसाम पुगेको थियो । दिल्लीबाटै भारतीय अधिकारीहरुसँग समन्वय गरेर पुगेको शक्ति समूहको टोली प्रहरीसहित पुगेर हिजो सोमवार साँझ सात जना नेपाली महिलाको उद्धार गरिएको हो…

Read More

काठमाडौंः पाँचतारे होटल सोल्टीले झण्डै २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोमबार बेलुका बसेको होटलको सञ्चालक समितिको बैठकले ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत वोनश शेयर दिने घोषणा गरेको हो । हाल होटलको चुक्ता पूँजी ७३ करोड २६ लाख ७५ हजार रहेको छ। १५ प्रतिशत बोनस शेयर वितरण पश्चात होटलको चुक्ता पूँजी ८४ करोड २५ लाख ७६ हजार पुग्नेछ। होटलको साधारणसभा आगामी पुष २४ गते साधारणसभा हुँदैछ । साधारणसभाको मिति तय भएसँगै मंसीर २५ देखि पुष २४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) हुने भएको छ…

Read More

काठमाडौं : मन्त्री हेरफेरका विषयमा नेकपा अध्यक्ष प्रचण्डलाई जोडेर प्रकाशित समाचार भ्रामक भन्दै प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ। प्रचण्डको निजी सचिवालयले आज मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारको खण्डन गरेको हो। ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित र प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्सना र खण्डन गर्दछ,’ विज्ञप्तीमा भनिएको छ । ‘मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहेको तथ्य सबैमा विदितै छ,’ विज्ञप्तीमा अगाडि भनिएको छ,…

Read More