Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संघीय र प्रदेश सरकार गठन भएको ९ महिनापछि प्रधानमन्त्री र मुख्यमन्त्रीहरू संलग्न हुने अन्तर प्रदेश परिषद्को बैठक पहिलो पटक आज सिंहदबारमा बस्दैछ। बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । आज बस्ने बैठकले संघ र प्रदेशबीच कैयन् विषयमा देखिएका मतभिन्नताहरूको समाधान खोज्ने तथा दुई सरकारबीच विकास तथा अन्य काममा समन्वयको बाटो पहिल्याउने प्रयास गर्नेछ। लामो समयदेखि परिषद् बैठक बस्न नसक्दा केन्द्र र प्रदेशबीच कैंयन् विषयहरू उल्झिदै गएका छन्। कर्मचारी व्यवस्थापन, बजेट, विकासका कार्यक्रम, प्रहरी र प्रशासनको सञ्चालनजस्ता विषयमा संविधानले तोकेको आफ्नो अधिकार कार्यान्वयन गर्ने बाटो नखोलिदिएको भन्दै प्रदेश सरकारहरूले केन्द्र सरकारको आलोचना…

Read More

काठमाडौँ: काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले पोलमा ठोक्किएर गम्भीर घाइते सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । दुवै जनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको र घाइते सुर्र्खेतीको…

Read More

काठमाडौँ: नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले सनिबार लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो । विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ ।

Read More

परासी:अतिक्रमणमा परेर अस्तित्व नै सङ्कटमा परेको ऐतिहासिक नन्दन तालले पुनःजीवन पाउने भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने सो ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका थिए । अहिले ताल पुरै खेतीयोग्य जमीनमा परिणत भएकाले त्यहाँ पानीसमेत छैन । रामग्राम नगरपालिकाको समेत केही भाग ओगट्ने सो ताल करीब १०० बिघा क्षेत्रफलमा फैलिएको छ । अहिले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले सो तालको पुनःजीवन र संरक्षणमा चासो देखाएको छ । ताल संरक्षण गर्दै पर्यापर्यटनको विकास गरी स्थानीयवासीको आयआर्जनमा समेत टेवा पु¥याउने गरी काम शुरु गर्न लागिएको समितिका अनुसन्धान तथा सूचना प्रविधि विभागका प्रमुख राजन रेग्मी…

Read More

काठमाडौँ: आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ । चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको छ, उहाँमाथि लागेका आरोपका विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले नयाँ पत्रिकासँग भने, ‘हाम्रो छानबिन र उहाँको स्पष्टीकरणका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।’ मन्त्रालयले छानबिन गरिरहेका कारण यसबारे…

Read More

काठमाडौं : अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत सुनिश्चितता हो। अर्थ मन्त्रालयले बजेटमा समावेश आयोजनालाई एक आर्थिक वर्षका लागि मात्र स्रोत सुनिश्चितता दिन सक्छ। तर कुनै एक आर्थिक वर्षमा स्रोत सुनिश्चितता भएर ठेक्का लागिसकेको आयोजना भन्दै निर्माण नसकिँदासम्म बजेट छुट्याउन अर्थ मन्त्रालयलाई दबाब पर्ने गरेको छ। प्रभावशाली नेताको निर्वाचन क्षेत्रबाट यस्तो दबाब आउन थालेपछि स्रोत सुनिश्चितता रोक्ने अडानबाट अर्थमन्त्री डा. युवराज खतिवडा पछि हटेका छन्। अर्थमन्त्री भएलगत्तै खतिवडाले स्रोत सुनिश्चितता भएका आयोजना ठेक्का लागेको भए परिमार्जन गरेर कार्यान्वयन गर्ने र…

Read More

काठमाडौं: प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसंग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए। ‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’,…

Read More

काठमाडौँ: लगानीकर्ताले सिधै अनलाइनमार्फत शेयर कारोबार गर्न पाउने भएका छन्। मङ्सिर २३ गतेदेखि ब्रोकर्ले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछी स्वचालित विधुतिय कारोबार गर्न पाउने भएका हुन् । यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता गर्नुपर्छ । सम्झौतापछि ब्रोकर्ले युजर नेम र पासवोर्ड प्रदान गर्दछन । त्यही बाटोमार्फत शेयर खरिद विक्री गर्न सक्दछन् । नेप्सेले पूर्ण स्वचालित विधुतीय कारोबार सुरु गरेको ठीक एक महिनापछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन्। यस्तो कारोबारका लागि नेप्सेले लगानिकर्तालिया कारोबार गर्ने विधि र प्रक्रियाबारे प्रशिक्षण दिएको छ । गत सात अत्र करिव ४०० लगानीकर्ताले उक्त प्रशिक्षण लिएको नेप्सेले जनाएको छ ।…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले पार्टी कार्यालय धूम्रराहीमा १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । सचिवालयले गरेका पछिल्ला निर्णय जानकारी गराउने, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि उक्त बैठक बस्न लागेको हो । यस्तै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थलबाट बाहिरिनुभएको थियो । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो । बैठकको तयारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा…

Read More

काठमाडौं: मिस नेपाल श्रृखला खतिवडा अन्ततः मिस वर्ल्डको टप १२ औं प्रतिस्पर्धाबाट बाहिरिएकी छिन्। उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

Read More