Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक बृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर पुष्टि हुने देखिएको छ । त्यसताकाको चर्चा हो, भारतले पाकिस्तानलाई उपेक्षा गरेर विमस्टेक संगठन बलियो बनाउन सक्छ, यसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व नै खतरामा पर्न सक्छ । आखिर भारत र पाकिस्तानको यो पछिल्लो सन्देशले त्यो सम्भावनालाई सत्यतर्फ धकेल्ने देखिएको छ । पाकिस्तानको पछिल्लो अनुरोधलाई भारतले पुनःअस्वीकार गरेपछि यस्तो अवस्था देखिन थालेको हो । यसरी दुई वर्षयतादेखि अन्यौल रही आएको…

Read More

काठमाडौँ: युवा तथा साना व्यवसायी स्वरोजगार कोषले चालु आर्थिक वर्षको चार महिनामा ५ करोड २९ लाख रुपैयाँ भाखा नाघेको कर्जा असुली गरेको छ। कोषको गत आर्थिक वर्षको अन्त्यसम्ममा रहेको ३० करोड १८ लाख रुपैयाँ भाखा नाघेको कर्जामध्ये कोषले चालु आवको हालसम्ममा ५ करोड २९ लाख कर्जा असुलउपर गरेको कोषका कानुन तथा कर्जा अशुली शाखाका प्रमुख ज्ञानहरि देवकोटाले बताए। हाल कोषको २४ करोड २८ लाख भाखा नाघेका कर्जा रहेको छ। कोषको बारम्बारको ताकेताबाट हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले गत हप्ता मात्रै बाँकी रहेको दुई करोड ३७ लाख तिरी सम्पूर्ण ऋण चुक्ता गरेको देवकोटाले बताए। यधपी कोषले ताकेता गरेपनि — मजदुर…

Read More

काठमाडौं: नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने यस अघि महासचिव पदमा कार्यरत थिए । सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई छन् । त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । संघको निवर्तमान अध्यक्ष दीपक खड्का हुन् । नवनिर्वाचित अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले…

Read More

काठमाडौं: पछिल्लो केहि सातादेखि अमेरिकी डलर घट्ने क्रम जारी रहेको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ डलर बराबर १११ रुपैयाँ ६५ पैसा बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ मजवुत भएका कारण यसको असर नेपालमा परेको हो । असोज २६ गते नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको थियो । १ अमेरिकन डलर बराबर ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो । पछिल्लो दुई महिनमा प्रति डलर नेपाली ७ रुपैयाँ ६८ पैसाले घटेको छ । डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि नेपाली मुद्राको अवमूल्यन भएको थियो भने हाल भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली रुपैयाँ पनि मजबुत हुँदै गएको हो । भारुसँग…

Read More

रोल्पा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्तीमगर, वीरबहादुर खत्री, दिनेश रोका, कर्मलाल परियार, हरिसरा घर्तीमगर, भक्तबहादुर घर्ती, गोविन्द पुन, हरिभान पुन र तुल्सी डाँगी रहेका छन् । त्यसैगरी पूर्व एमालेबाट चयन भएकाहरुमा रुद्रमणि सुवेदी, कुमार दसौदी, रीमा नेपाली, हरि घर्तीमगर, शान्तकुमार वली र राजकुमार कक्षपति रहेका छन् । स्थानीय तहमा ६०÷४० को अनुपातमा नेतृत्व बाँडफाँड गरेको बताइएको छ । जसअनुसार…

Read More

चितवन: पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो । क्षेत्रीय होटल सङ्घ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ । सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ । महोत्सवका क्रममा सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिनेछ । घिमिरेका अनुसार पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार…

Read More

वार्सा, पोल्याण्ड: राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुग्नुभयो । उहाँलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । उहाँका साथ वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सांसद पूर्णकुमारी सुवेदी, कृष्णगोपाल श्रेष्ठ, पुष्पा भुसाल, चन्द्रा चौधरी र रामसहाय यादव पनि हुनुहुन्छ । परराष्ट्र मन्त्रालय, वातावरण र सञ्चार क्षेत्रका विज्ञलगायतका उच्च अधिकारी पनि यसैक्रममा वार्सा आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारीले विश्वका १९६ मुलुकका सहभागीलाई जलवायु परिवर्तनसम्बन्धी नेपालको आधिकारिक धारणा बताउनुहुने कार्यक्रम रहेको छ । कार्यक्रमकै बीच राष्ट्रपतिले पोल्याण्डका समकक्षी आन्द्रेइ सेवास्टियन दुदासँग भेटवार्तासमेत गर्नुहुनेछ । यसअघि राष्ट्रपति भण्डारी कतारको…

Read More

दमौली: चितुवाको आक्रमणबाट तनहुँमा शनिबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ रहेका छन् । चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । खाना खाएर हात धुन घरको आँगनमा निस्केका गुरुङलाई चितुवाले आक्रमण गरेर लगेको थियो । छोरा घरभित्र नआएपछि बाबु माइला गुरुङले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरभन्दा केही तल रहेको खोल्सामा अमृतले लगाएको ज्याकेट भेटिएको थियो । उक्त खोल्साभन्दा तल अमृत घाइते अवस्थामा भेटिएका थिए ।…

Read More

(ढाका/बंगलादेश): बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ, काउन्सिलका अनुसार हाल मुलुकबाहिर सबैभन्दा बढी मेडिकलका विद्यार्थी बंगलादेशमै छन् । नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन बंगलादेशका अनुसार यहाँका मेडिकल कलेजमा करिब ५ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । ढाकास्थित नेपाली दूतावासले गत वर्ष परराष्ट्र तथा शिक्षा मन्त्रालय र मेडिकल काउन्सिललाई पत्र पठाएर कालो सूचीका मेडिकल कलेजबारे जानकारी दिएको थियो । त्यस्ता समस्याग्रस्त मेडिकल कलेजमा…

Read More

काठमाडौँ: प्रतिनिधिसभा र राष्ट्रियसभाका ४१ सांसदले छ महिनामा स्वास्थ्योपचार बापत ६८ लाख रुपैयाँ राज्यकोषबाट खर्च गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई जेठदेखि कात्तिकसम्मको छ महिनामा ६८ लाख ४ हजार १ सय ८४ रुपैयाँ उपलब्ध गराइएको हो ।

Read More