Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताएका छन् । नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उनले आलोपहाँालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाएका हुन् । उनले भने, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।” यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उनले जानकारी गराए । उनले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ यातायातको विकास…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । शेयर कारोवार भएका पाँच दिनमध्ये सोमबार, मङ्गलबार र बिहीबार भने कारोवार वृद्धि भएको थियो । आइतबार र बुधबार भने बजार घटेको थियो । साताको पहिलो दिन बजार १७.७३ बिन्दुले घटेको थियो । नेपाल स्टक एक्सचेञ्चका अनुसार पहिलो दिन ५६ कम्पनीका १४ लाख ४२ हजार १३८ कित्ता शेयर रु रु ४५ करोड ४६ लाख ९५ हजार ९९५ मा खरीद बिक्री भएको थियो । तर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा एक हजार १३०.६३ बिन्दुमा पुगेको थियो । कारोवारको दोस्रो…

Read More

काठमाडौँ: खाना पकाउन आयातित एलपी ग्यासको निर्भरतासँगै व्यापार घाटामा वृद्धि र वातावरणीय प्रकोपको समस्यालाई न्यूनीकरण गर्न इण्डक्सनलगायत विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । वार्षिक झण्डै १३ अर्ब रुपैयाँको एलपी ग्यास आयात हुने गरेको र वर्षेनी २१ प्रतिशतका दरले वृद्धि भइरहेको अवस्थामा भएको खपत कम गर्न स्वदेशमा उत्पादन हुने विद्युत्बाट खाना पकाउने र उद्योगधन्दा स्थापना गर्न सकिने भएकाले राज्यले स्थायी नीति र मापदण्ड निर्धारण गर्नुपर्ने विज्ञहरुको सुझाव रहेको छ । इन्डक्सनलगायत विद्युतीय चुलोको मापदण्डको मस्यौदामाथि छलफल गर्न नेपाल ऊर्जा फाडण्डेशनले आज यहाँ आयोजना गरेको कार्यशालाका सहभागीहरुले पहिलो पटक बनाउन लागिएको मापदण्डलाई कार्यान्वयनमा ल्याउन सरकारले पहल गर्नुपर्ने धारणा राखेका…

Read More

ललितपुर: के तपाइँ एक पटक प्रयोग गरिसकेको वा प्रयोगमा नआएका लत्ताकपडा, पुस्तक, स्टेशनरीका सामग्रीहरु कहाँ व्यवस्थापन गर्ने भन्ने समस्यामा हुनुहुन्छ ? त्यसो भए होस्टेहैंसे नामक संस्थालाई खबर गरिदिनुहोस् । संस्थाका स्वयंसेवकहरुले ती सामग्री लगेर बिक्री गरी त्यसबाट हुने आम्दानीले गरीब, अनाथ, बालबालिकालाई अध्ययनको खर्च जुटाइदिन्छन् । सो संस्थाले यसरी नै सङ्कलन गरेका सामग्रीहरु बिक्री गरी प्राप्त आम्दानीबाट विगत चार वर्षदेखि सर्लाही जिल्लामा चार वटा विद्यालयको स्थापना गरी दुई हजार विद्यार्थीलाई उच्च माध्यमिक तहसम्म अध्ययनको अवसर प्रदान गरेको छ । सर्लाहीका पडेरिया, सहोडवा, धनगढा र श्रीपुर विद्यालयको स्थापना गरी त्यहाँ अध्ययनरत विद्यार्थीलाई वार्षिक रु तीन हजारको खर्चमा पढाउने गरिएको सो संस्थाकी…

Read More

कोलकाता (भारत): नेपाललगायत हिमालय शृङ्खलामा जोडिएका देशमा ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भारतस्थित पश्चिम बङ्गालको राजधानी कोलकातामा तीन दिवसीय ‘हिमालयन ओरेन्ज टुरिजम फेस्टिबल (सुन्तला महोत्सव)’ शुरु भएको छ । भारतको एशोसिएसन फर कन्जरभेसन एण्ड टुरिजमद्वारा आयोजित सो महोत्सव मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ । कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवले शुक्रबार साँझ कोलकाताको साल्ट लेकमा रहेको सिटी सेन्टरमा आयोजित कार्यक्रममा महोत्सव शुभारम्भ गरे । महावाणिज्यदूत अर्यालले नेपाल संसारकै ठूलो प्राकृतिक सङ्ग्रहालय भएको चर्चा गर्दै भारतीय पर्यटकलाई नेपाल घुम्न आउन आह्वान गरे । सन् २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको बताउँदै…

Read More

सल्यान: वनगाड कुपिण्डे नगरपालिका–५ काफलेनीमा शुक्रबार राति स्यालको टोकाइबाट छ जना घाइते भएका हुन् । स्यालको टोकाइबाट काफलेनीका चार वर्षीय बालक लक्ष्मण राना, २४ वर्षीय शेरबहादुर पुन, ३० वर्षीया पुष्पा राना र १६ वर्षीय मानबहादुर पुन घाइते भएका हुन् । यस्तै कुमाख गाउँपालिका–२ तिमिलेमा पनि स्यालको टोकाइबाट दुई जना घाइते भएका छन् । बेलुका घर बाहिर निस्केका बेला एक्कासि बारीबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित शेरबहादुर पुनले बताए । यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय दुर्गा विसीले जानकारी दिए । स्यालको टोकाइबाट घाइते भएकाको सल्लीबजारस्थित जनवन्धु पोलिक्लिनिकमा उपचार भइरहेको छ…

Read More

काठमाडौं: उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्त र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु रावतबीच भेटवार्ता भएको छ । जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोत सिंचाई मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो । त्यसका साथै भेटमा मुख्यमन्त्री रावतले भारतिय जनता पार्टीका नेता समेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ विवाहपञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराएका थिए । उनले त्यसको लागी प्रदेश सरकारले भ्रमणको सम्पूर्ण तयारी गरिसकेको बताए । भेटमा दुई नम्वर प्रदेशमा संचालित उर्जा र सिंचाईका आयोजनाहरुको वारेमा छलफल भएको थियो । मुख्यमन्त्री रावतले प्रदेशअन्र्तगतका कार्यक्रमहरुको विषयमा जानकारी गराउनुका सांथै केन्द्र सरकारले अघि…

Read More

काठमाडौँ: जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौं चरणका खेल शनिबारदेखि हुँदैछन् । शनिबार एन्फा मैदान सातदोबाटोमा हुने सातौँ चरणको पहिलो खेल नेपाल पुलिस क्लबले हिमालयन शेर्पासँग खेल्नेछ । दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । हिमालयन शेर्पा छ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोरेर्दै १० अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि सोही नतिजाका साथ तालिकाको पाँचौ स्थानमा छ । दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको सङ्कटाविरुद्ध खेल्नेछ । सङ्कटाले अहिलेसम्म छ खेलमा पाँच खेलमा…

Read More

काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र टिच फर नेपाल बीच सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले हस्ताक्षर गरेका छन् । समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्दै जाने बताए । त्यसैगरी टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले संस्थाको उद्धेश्य तथा गरेका कार्यहरुका बारेमा प्रकाश पारेका थिए । टिच फर नेपाल संस्थाले दाङ्ग, लमजुङ्ग,…

Read More

बाँके: कोहलपुर नगरपालिकाबाहेकका बाँकेका सात स्थानीय तह अझै डिजिटल अभ्यासमा अग्रसर हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिकै उदासिनताले ‘डिजिटल नेपाल’ नारामा मात्रै सीमित भएको हो । कछुवा गतिमै भए पनि कोहलपुर नगरपालिका भने डिजिटल प्रविधिको अभ्यासमा जुटेको छ । मोबाइल एप्ससबाट आफ्नो तहको सूचना तथा गतिविधि आम नागरिकसम्म पु¥याउन उक्त नगरपालिका सक्रिय भए पनि नेपालगञ्ज उपमहानगरपालिकासहित अन्य सात स्थानीय तह भने यस बिषयमा अझै उदासिन छन् । सूचना प्रविधि विभागले स्थानीय तहलाई डिजिटल प्रणालीमा लैजान सहयोग गरिरहेको छ । सबै स्थानीय तहका लागि प्रयोग हुने गरी एउटै मापदण्डमा मोबाइल एप्स तयार पारिए पनि धेरैले लागू गर्न सकेका छैनन् ।…

Read More