Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सहमति भएको छ । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग संगठनबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्र हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार एनएमबि बैंक सँगको सहकार्यमा एफएनसिएसआईले सो वित्तीय साक्षरता कार्यक्रम आफ्ना ४५,००० सदस्यहरुमाझ संचालन गर्नेछ जसमध्ये ९,००० सदस्यहरु महिला उद्यमी रहेका छन् । वित्तीय साक्षरता कार्यक्रम लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको उल्लेख छ । आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैधानिकता दिएको थियो । सो निवदेनमाथि यही मङ्सिर २४ गते पेशी तोकिएको छ ।
काठमाडौँ: नेपाल उद्योग परिसंघ (सिएनआइ)ले हालै बैंकिङ प्रणालीमा देखिएको तरलताको समस्या हल गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकसँग आग्रह गरेको छ। तरलताको संकटले गर्दा बैंकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा अनपेक्षीत ढंगले वृद्धि भइरहेको र यस्ले उत्पादन लागतमा वृद्धि भई उद्योग र व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउनुका साथै निर्यातमा नकारात्मक प्रभाव पर्ने भन्दै सिएनआइले विज्ञप्ति जारी गर्दै समस्या समाधानको माग गरेको हो बैंक तथा वित्तिय संस्थाहरुले कूलनिक्षेप तथा पूँजीको ८० प्रतिशतमात्र लगानी गर्न पाउने प्रावधान रहेकोले कूल गाह्रस्थ उत्पादनको करिव ३५ प्रतिशत रकम निस्कृय रहेको जनाएको छ । यस्तै उत्साहजनक रुपले नेपाल सरकारको राजस्व संकलनमा बृृद्धि हुनु तथा पूँजीगत खर्च अत्यन्त…
काठमाडौँ: योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाता कम्पनीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । बिहीबारसम्म सामाजिक सुरक्षा कोषमा १९४ रोजगारदाता कम्पनी सूचीकृत भइसकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक २६ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी काठमाडाँै उपत्यकाभित्रका रोजगारदाता र श्रमिक आपूर्तिकर्तालाई यही मङ्सिर ६ देखि आगामी फागुन ६ गतेभित्र कोषमा सूचीकृत हुन आग्रह गरेको थियो । दैनिक करीब १०÷१५ को सङ्ख्यामा रोजगारदाता कम्पनीले सूचीकरणका लागि आवेदन गर्ने गरेको कोषले जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मलेनमा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सूचीकरण प्रक्रियामा बढीभन्दा बढी सहभागी गराउँदै सरल र सहज बनाउन अनलाइन पद्धति अपनाइएको…
काठमाडौँ: काठमाडौँ कालोपुलमा डाका तथा गुण्डा नाइके राजन लिम्बुमाथि प्रहरीले गोलि प्रहार गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोली उनी भाग्न खोज्दा प्रहरीले उनको खुट्टामा गोलि चलाएको हो। गोलि लागि घाइते भएका लिम्बुलाई बीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लागिएको प्रहरीले जानकारी दिएको छ। लिम्बु प्रहरीको सर्वाधिक खोजिको सूचिमा रहेका व्यक्ति हुन्। उनीमाथि लुटपाट र डकैतीका घटनामा संलग्न भएको आरोप छ।
काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको चौथो अधिवेशनको यहाँ आज उद्घाटन गर्दै उनले भने, “मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले पनि सुशासन र विकासका पक्षमा कलम चलाएर मुलुकको समृद्धिका लागि सहयोग गर्नुपर्छ ।” अर्थमन्त्री डा खतिवडाले सरकारले गरेका कतिपय कामलाई पत्रकारिताले हुबहु नभएर आलोचनात्मक टिप्पणी गरेर सहयोग गर्नुपर्नेमा जोड दिदैं सरकारका कमीकमजोरी छन् भने पत्रकारिताले उजागर गरिदिपर्छ भने । “पत्रकारिता प्रतिपक्षी दल जस्तो नभएर आफ्नो पेशाप्रति मर्यादित हुनुपर्छ”, उनले भने, “सञ्चारमाध्यमले आफ्नो स्वायत्ततातर्फ विशेष ध्यान दिनुपर्छ ।” अर्थमन्त्री डा खतिवडाले प्रेस जवाफदेही भएमात्र राजनीतिक प्रणाली सुदृढ हुने…
कुश्मा : रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन् । आठ रोपनी जमीनमा खुर्सानी लगाएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु दुई लाख कमाउन सफल भएका छन् । उनले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताए । परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उनको योजना छ । गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो…
न्यूयोर्क: अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ । स्थानीय समय अनुसार बिहीबार राती १० बजे सिएनएन कार्यालयका विभिन्न पाँच स्थानमा पाँचवटा बम राखिएको भनी एक अज्ञात व्यक्तिले टेलिफोनबाट चेतावनी दिएका थिए । सिएनएन कार्यालय भवनमा प्रहरीले प्रारम्भिक खोजीपछि सो कार्यालयलाई खाली गराइएको थियो । टेलिभिजन प्रसारणको कार्य अस्थायी प्रबन्ध गरी जारी नै राखिएको छ । गएको अक्टोबर महिनामा पनि सो कार्यालयमा बम राखिएको यस्तै समाचार आएको थियो । सो समाचारपछि त्यसबखत पनि एक शंकास्पद वस्तु भेटिएको थियो । एपी
जिरी: बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी ग¥यो । बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पा¥यो । बालकलाई जिल्ला प्रहरी कार्यालय पु¥याएर सोधपुछ शुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो । प्रहरीले थप सामान खोजी गर्न बालकमाथि नै अनुसन्धान गर्न बालगृह पु¥यायो । बालगृहमा उनीहरुले लुकाएर राखेका पाठककै सामान फेला पारेको…
ललितपुर: सवारी चालक अनुमतिपत्रका लागि लिएको लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका दुई लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट कार्ड’ का लागि लिइएको परीक्षा उत्तिर्ण भएर राजश्व तिरेका सेवाग्राहीको सङ्ख्या बिहीबारसम्म पाँच लाख ५७ हजार ७०० थियो । यो सङ्ख्या कार्यालयले चार वर्ष पहिले स्मार्ट चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्मको हो । कार्यालयबाट लिइएको लिखित, ‘ट्रायल’ पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका हुन् । उक्त कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् भने दुई लाख तीन…