Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
दाङ: चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नंको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नंको बस दाङको लमही नगरपालिका–९ को रिहार नजिक गए राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार आठमध्ये छ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयकाअनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका–८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, पाँच वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर–१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा चालकसहित अन्य दुई घाइते भएका छन् ।…
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ। दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको यात्रा र कागजपत्रसमेत शंकास्पद देखिएपछि त्रिवि अध्यागमनले उनीहरूलाई फिर्ता अफ लोड गरेको हो। उनीहरूले नेपालस्थित रुसी दूतावासबाट पर्यटक भिसा लिएका थिए। भिजिट अब्रोड ट्राभल्स एन्ड टुर्सका नवराज धितालको नेतृत्वमा एस ट्राभल्स एक्सप्रेस सर्भिसका तर्फबाट ६३ जना यात्रु मस्को जान लागेका थिए। त्यसमध्ये ४४ जना रोकिए भने धितालसहित बाँकी १९ जना रुस पुगिसकेका छन्। एस ट्राभल्स एक्सप्रेस सर्भिस प्रालिको ब्रान्डिङ नाम ‘एस ट्राभल्स डटकम’ हो। नक्कली कागजपत्र बनाएर अवैध ढंगले…
काठमाडौं: मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्धा चलाउन थालेपछि मुलुकका शान्ति र अमनचयन कामय भएको सरकारको निष्कर्ष रहेको छ । विगतमा कमजोर मुद्धा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरण छुट्दै आएका राउत पछिल्लोपटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन् ।, आजको नागरिकदैनिकमा यो खबर छ ।
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको विकास योजनानुरुप परिणाममुखी काम देखाउन मातहतका निकायलाई निर्देशन दिएका छन् नत्र भए कुनै पनि विदेश भ्रमण रोक्का हुने चेतावनी दिएका छन्। “अत्यावश्यक भ्रमण बाहेक म आजैबाट भन्छु तपाईहरुले गर्ने कुनै पनि विदेश भ्रमण आजबाट रोक्का हुन्छ यदी तपाईंहरु आफ्नो कार्ययोजना अनुरुप काम नगर्ने हो भने।” उनले कामको गति सुस्त भएको जनाउँदै मन्त्रालयले कर्मचारीलाई गम्भीर बन्नसमेत आग्रह गरेको छ । सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल सरकारको लक्ष्य र योजनालाई साकार पार्न कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले जिम्मा लिएको काममा कुनै बहाना बनाएर प्रगति विमुख नहुन कर्मचारीलाई निर्देशन…
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विशुद्ध पत्रकारले बाहेक अन्य क्षेत्रमा कम गर्नेहरुले पनि प्रेस पास लिएको र त्यसको दुरुपयोग गर्दै हिंडेको बताएका छन्। निजीको मात्रै के कुरा गर्नु कुनै कुनै सरकारी संस्थाका केहि कर्मचारीलेसमेत प्रेस लिएको भेटिएको छ यो किन भयो? मन्त्री बाँस्कोटाले बुधबार आयोजित सञ्चार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रश्न गरे। उनले सो टिप्पणी सूचना तथा प्रसारण विभागको प्रगति समीक्षाप्रति गरेका थिए। “सम्बन्धित सञ्चारमाध्यमको सिफारिशमा विशुद्ध पत्रकारलाई मात्रै पत्रकार दुर्घटना बीमा गर्नुहोस, पत्रकारको न्यूनतम पारिश्रमिक कडाइका साथ लागु गर्न सम्बद्ध निकायलाई निर्देशन दिँंदै जसरी भए पनि कार्यान्वयन गर्नैपर्छ, विभिन्न भत्ता जोडेर रु २४ हजार ५००…
काठमाडौँ: नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको जनाएको छ । “कर्मचारीसँग छलफल नै नगरी सरकारले कर्मचारी समायोजन अध्यादेश ल्याएको छ” सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष गोपालप्रसाद पोखरेलले भन्नुभयो, “सरकारले दुई तिहाइ दम्भका आधारमा कर्मचारी समायोजन अध्यादेश ल्याएको छ ।” “कर्मचारीसँग सम्बन्ध राख्ने अध्यादेश ल्याउँदा सरकारले हामीसँग कुनै पनि छलफल गरेन, संविधान र संसद्लाई छलेर ल्याएको अध्यादेशलाई सच्याउनुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष पोखरेलले कर्मचारीसँग विना छलफल गरी ल्याएको अध्यादेशका विरुद्धमा आन्दोलन गर्ने बताउँदै मुलुकको परिवर्तनका लागि निजामती कर्मचारीले ठूलो भूमिका खेलेको तर अहिले केही प्रशासकको इसारामा सरकारले उक्त अध्यादेश ल्याएको आरोप…
काठमाडौँ: प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ । समितिले वाइड बडी विमान खरीद सम्बन्धमा १५ दिनभित्र यथार्थ विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न सांसद राजेन्द्र केसीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको सभापति भरतकुमार शाहले जानकारी दिनुभयो । उपसमितिमा सदस्यहरु प्रेमबहादुर आले, मीना सुब्बा, चन्दा चौधरी, कृष्णलाल महर्जन, प्रदीप यादव र धर्मशीला चापागार्इं हुनुहुन्छ । उपसमितिले महालेखा परीक्षकको कार्यालय र सार्वजनिक खरीद अनुगमन कार्यालयको प्रतिवेदनलाई मुख्य आधार मानेर प्रतिवेदन तयार गर्ने कार्यादेश पाएको छ । समितिले यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा देखाइएको बेरुजुका आधारमा जहाज…
काठमाडौँ: भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा लगातार तेस्रो जितसहित प्लेअफमा पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा छ विकेट गुमाएर पुरा ग¥यो । भैरहवाका लागि रायन टेन डोसकाटेले २० रन बनाए । यस्तै कप्तान शरद भेषावकरले १६, रवी इन्दर सिंहले १२, प्रदीप ऐरीले १० रन बनाए भने रोहित पौडेल सात रनमा नटआउट रहे । विराटनगरका भान डेर मेर्वीले दुई विकेट…
काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यावसायिक मर्यादाभित्र रहेर व्यापारिक कारोवार गर्न सम्पूर्ण व्यापारी तथा व्यवसायीलाई आग्रह गरेको छ । विभिन्न बहानामा उपभोक्ता ठगिँदै आएको भन्दै विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को बर्खिलाप हुने गरी गतिविधि गरे कडा कारवाही हुनेतर्फ पनि व्यापारीलाई सचेत गराएको छ । वस्तु तथा सेवाको उत्पादन, बिक्री तथा प्रदान गर्दा उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले गैरव्यवसायजन्य क्रियाकलाप गरेमा उपभोक्ता ऐनअनुसार कारवाही हुने विभागका महानिर्देशक योगेन्द्र गौचनले बताए । सरकारले गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार प्रदान गर्न र उपभोक्तालाई हुन…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घले विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता विश्लेषण नगरी ब्याजदर वृद्धि गरेकामा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिञ्जीवी नेपालको ध्यानकर्षण गराएको छ । महासङ्घका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलले आज गभर्नर डा नेपालसँग भेट गरी ऋणको ब्याजदर वृद्धिले उद्योग व्यवसाय क्षेत्रमा कठिनाइ उत्पन्न भएको बताएको थियो । महासङ्घले ब्याजदर वृद्धिले निर्माणाधीन परियोजनाको लागत वृद्धि गरेको, नयाँ परियोजना ल्याउन नसकिने अवस्थामा पुगेको नेपालका उद्योगको प्रतिस्पर्धी क्षमता विगतको भन्दा ह्रास भएको भन्दै गुनासो गरेको थियो । ब्याजदरमा भएको वृद्धिले उद्योग क्षेत्रको लगानी झनै प्रभावित हुने भन्दै अध्यक्ष राणाले समस्याको समाधान गरिदिन गभर्नर…