Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
ब्युनस आयर्स: संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाका नेताहरुले उत्तर अमेरिकी व्यापार सम्झौता (नाफ्टा) लाई प्रतिस्थापन गर्दै नयाँ व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाले अमेरिकी रोजगारी र व्यापारमा असर परेको भन्दै नाफ्टाबाटै अलग हुने चेतावनी दिएका थिए। युएसएमसीए नाम दिइएको नयाँ सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प, मेक्सिकोका तर्फबाट राष्ट्रपति एनरिक पेना निटो र क्यानाडाका तर्फबाट प्रधानमन्त्री जस्टिन टु«डोले हस्ताक्षर गरेका थिए। तीनैजना नेताहरु हाल औद्योगिक राष्ट्रहरुको समूह जी–२० को बैठकका लागि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा भेला भएका छन् । सम्झौतामा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले पछिल्लो सम्झौता नमुनाका रुपमा रहेको र…
काठमाडौँ: काठमाडौँ महानगरपालिका–३१ ले कामलाई थप प्रभावकारी बनाउन सात सदस्यीय विज्ञ समूह गठन गरेको छ । तेजबहादुर ढकालको संयोजकत्वमा प्रा डा जीवेन्द्रदेव गिरी, केशव घिमिरे, गोविन्द गौतम, ई धनबहादुर सापकोटा, जीवनाथ पोखरेल र अधिवक्ता केदार कोइरालासहितको समूह गठन गरिएको हो । विज्ञ समूहले जनताको समस्या के हो जानकारी लिने, समस्या समाधान गर्नतर्फ वडा कार्यालयलाई घच्घच्याउनेजस्ता कार्य गर्नुपर्ने वडाध्यक्ष नारायणप्रसाद भण्डारीले जानकारी दिए। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्वाचनका समयमा जनतासामु गरिएका धेरै प्रतिबद्धता पूरा गर्न शुरु गरिसकेको र बाँकी अन्य काम पनि तत्काल गर्ने तयारीमा कामपा रहेको जानकारी गराए । महानगरको मुख्य समस्याका रुपमा रहेको फोहर व्यवस्थापन र सार्वजनिक कुकुर व्यवस्थापनको…
काठमाडौं: निर्यातको तुलनामा झन्डै चार गुणाले आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६९ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम चार महीनाको अवधिमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.२ प्रतिशतले वृद्धि भई ६९ अर्ब ७ करोड ५८ लाख पुगेको छ । चालू आर्थिक वर्षको सुरुदेखि नै इन्धनकोखपत बढेको छ । कुल आयातमा पेट्रोलियम पदार्थको आयात हिस्स झन्डै १५ प्रतिशत रहेको छ । विकास निर्माणको कमले गति…
भक्तपुर (भादगाउँ): विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि नेपाल आउने क्रममा बिरामी भएर जाँच गराउँदा उहाँलाई एड्स लागेको पत्ता लागेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँसँगै म र मेरो पाँच वर्षे छोरामा एड्सको जीवाणु भेटियो, अहिले हामी तीनै जना एड्सबाट सङ्क्रमित छौँ ।” श्रीमान्कै कारण परिवारलाई नै एड्स सरेपछि गाउँमा अपहेलित हुने डरले…
दमौली: मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन् । निकै कम मात्रै नेताहरुले कृषि पेशालाई अङ्गालेका छन् । तिनै मध्येका एक हुनुहुन्छ बन्दीपुर गाउँपालिका–१ पिप्लेका भीमप्रसाद गौतम । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बन्नुभएका गौतमले आफ्नै ठाउँमा माछापालन गरिरहनुभएको छ । डेढ वर्षअघिदेखि गौतमले आफ्नै जग्गामा माछापालन शुरु गर्नुभएको हो । नयाँ शक्ति नेपालका नेता रहनुभएका गौतमले राजनीतिसँगै कृषि पेशालाई अगाडि लैजान माछापालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेता भएर भाषण गर्ने प्रवृत्ति हाम्रो समाजमा धेरै छ…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् । आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरे । जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे सोच्नुपर्नेमा पनि उनले जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान…
मुम्बई: भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ । अहिलेको आर्थिक बृद्धिदर अघिल्लो बर्षको यही अवधिको भन्दा ६.३ प्रतिशतले बढी रहेको अधिकारीहरुले बताएका छन् । यो तथ्याङ्कले भारत विश्वकै तीव्र गतिमा आर्थिक बृद्धिदर हुने देशमा पर्ने देखाएको छ । तर नियमित रुपमा द्रुत गतिमा आर्थिक बृद्धि कायम राख्ने चुनौती भने उत्तिकै रहेको विश्लेषकहरुले बताएका छन् । एएफपी
सङ्खुवासभा: पाँच वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले मङ्गलबार चिचिला गाउ“पालिकामा पर्ने पुखुवामा विद्युत् गृह निर्माणको शिलान्यास गरे । उनले तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने बताए । बाँध क्षेत्रमा पनि धमाधम काम भइरहेको उनले बताए । बाँध क्षेत्रबाट सुरुङ मार्गको काम तीव्र गतिमा भएको छ । प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ । “सुरुङ ११ दशमलब ७४ किलोमिटर निर्माण गर्नुपर्नेछ”, उनले भने, “हामीले काम अघि बढाइसकेका छौँ ।” छ्याङकुटीबाट विद्युत् गृहसम्म एक महीनाअघि कच्ची सडक पुगिसकेको छ ।…
काठमाडौं : सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् । महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो । शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८०…
धादिङ: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दश वर्ष आर्थिक विकास गर्ने योजना बनाइएकाले सबैलाई यसतर्फ क्रियाशील हुन आग्रह गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–५ चरौँदीमा कृषि पर्यटन तथा औद्योगिक मेलाको आज उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । उनले सरकारले एक वर्षभित्र विकासका केही काम गरेको र अब चार वर्षमा आर्थिक विकासमा देशले फड्को मार्ने दाबी गरे । धादिङ जिल्लाका सबै गाउँपालिकामा पक्की सडक बनाइने, बूढीगण्डकी जलविद्युत्लाई छिट्टै निर्माण शुरु गरेर देशको विकासमा टेवा पु¥याइने, चाइनाको सिगात्सेबाट आउने रेल रसुवा, धादिङ हुँदै लुम्बिनी पु¥याइने, तरकारी सुपरजोनका रुपमा…