Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: जिल्लामा प्रत्येक महीना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो । इन्सेककी जिल्ला प्रतिनिधि सविना केसीले सन् २०१८ जनावरीदेखि नोभेम्बर २७ सम्म अर्थात् विगत ११ महीनाको अवधिमा भएका हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र अपहरण लगायत घटनाको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । तथ्याङ्कअनुसार ११ महीनाको अवधिमा बलात्कारका घटना २६ मध्ये बलात्कार प्रयास तथा यौन दुव्र्यवहारका घटनामा तीन र बाल यौन दुव्र्यवहारमा एक बालिका पीडित…

Read More

काठमाडौँ: नेपाल टेलिकमको फोरजी/ एलटीई सेवा विस्तारको टेन्डर चिनियाँ कामपनि जेटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनल (सीसीएसआई) ले पाउने भएका छन्। अघिल्लो वर्ष आव्हान गरिएको टेन्डर ढिला गरी ठेक्का दिन लागिएको हो। स्रोतक अनुसार कम मूल्यमा प्रस्ताव गर्ने जेटीईले कोर नेटवर्क विस्तार र सीसीएसआईले रोडियो एक्सेस नेटवर्क (र्यान) विस्तारको काम पाउनेछन्। परियोजनाको लागत १९ अर्व हुनेछ। यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ।

Read More

काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) १० चैतबाट सुरु हुने भएको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाट र उत्तरपुस्तिका प्रदेशस्तरबाट तयार हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा १० चैतबाट सञ्चालन गर्ने गरी सबै विषयको परीक्षा तालिकासमेत सार्वजनिक गरेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । प्राविधिक धारको समेत गरी २१ चैतमा परीक्षा सम्पन्न हुनेछ । अघिल्लो वर्ष ८ चैतबाट एसइई परीक्षा सञ्चालन भएको थियो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले एसइई परीक्षाको तयारी भइरहेको बताए । देशभरबाट एसइईमा सहभागी हुने विद्यार्थीको डाटा इन्ट्रीको काम भइरहेको उनले बताए ।…

Read More

काठमाडौं : सत्तारुढ नेकपा सचिवालय बैठकले सातवटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएको छ। प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै टुंगो लगाइसके पनि सदस्यको टुंगो लागेको थिएन। मंसिर ७ को सचिवालय बैठकले प्रदेश कमिटी सदस्यको प्रारम्भिक चयन लगाए पनि मापदण्डअनुसार भए नभएको अध्ययन गरेर बुधबारको बैठकले टुंगो लगाएको हो। सबै प्रदेश सदस्यको नाममै केन्द्रित भएको बैठकले प्रदेश एकीकरणलाई अन्तिम टुंगो लगाएका हुन्। सम्बन्धित प्रदेशमा गृहजिल्ला भएका पार्टीका केन्द्रीय सदस्य भने स्वतः पदेन सदस्यका रूपमा कमिटीमा रहने व्यवस्था छ ‘हामीले ७ वटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिएका छौं’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सबै सदस्यको नाम मापदण्डका आधारमा भए नभएको…

Read More

काठमाडौँ: एनसेल कर विवादमा रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको सर्बोच्चमा १० महिनापछि मुद्दा सुनुवाईको पालो आएको छ । यसबारे विहिबार सुनुवाई हुँदै छ यस प्रकरणमा ४ फरक मुद्दा ५ सदस्यीय इजलासमा तोकिएका छन् । पुँजीगत लाभकार असुल नभएसम्म एनसेलको नाफा विदेश लैजान नपाउने निर्णय ठुला करदाता कार्यालयले गरेको थियो । यसविरुद्द एनसेल अन्तरिम आदेश माग गर्दै सर्बोच्च पुगेको थियो ।दुवै पक्षको सुनुवाई नगरी सर्बोच्चले २०७४ माघ १५ गते कम्पनीलाई अपुरणीय क्षती हुने व्याख्याका साथ् एनसेलको नाफा रकम विदेश लैजान अन्तरिम आदेश दिएको थियो । साँढे ७ महिनापछि गत भदौ २८ गते सर्बोच्चले कागजात झिकाउने आदेश गरेको थियो। त्यसको…

Read More

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुख्य कारक राजनीतिक दल भएको निष्कर्ष निकालेको छ। सरकारी कार्यालयमा हुने अनियमितता, भ्रष्टाचार र घुस लेनदेनको मुख्य जिम्मेवार पक्ष दल र तिनका कार्यकर्ता भएको आयोगको अध्ययनमा पाइएको छ। अध्ययन अनुसार भ्रष्टाचारका घटनामध्ये २५.५ प्रतिशतमा राजनीतिक दल र कार्यकर्ता जिम्मेवार छन्। १७.२ प्रतिशत भ्रष्टाचारमा भने मध्यस्थकर्ता, ठेकेदार र प्राविधिक जिम्मेवार छन्। त्यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने कार्यालय मालपोत, भूमिसुधार तथा नापी हुन्। यिनलाई अख्तियारले भ्रष्टाचारका लागि संवेदनशील कार्यालय भनेको छ। यी कार्यालयमा हुने काममध्ये ६५.५ प्रतिशतमा भ्रष्टाचार हुने पाइएको छ। सबैभन्दा बढी प्रदेश ५ का नापी, भूमिसुधार र मालपोतमा भ्रष्टाचार हुने देखिएको छ। यी…

Read More

काठमाडौँ: नेपालको व्यापार भुक्तानीका समग्र क्षेत्रलाई विद्युतिय प्रणालीमार्फत सहज बनाउन स्विजरल्याण्डमा रहेको बीपीसी बैंकिङ टेक्नोलोजीलीसँग आइमार्कले सहकार्य गरेको छ । बैंकिङ कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा परिवर्तन गर्न बीपीसीसँगको सहकार्यमा आइमार्कले नेपालमा स्मार्ट भिस्टा स्विच सार्वजनिक गरेको छ । स्मार्ट भिस्टा ले विश्वका कयौँ बैंक तथा वित्तिय संस्थाहरुको कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गरिसकेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बीपीसी बैंकिङ टेक्नोलोजीका उपाध्यक्ष तथा एशिया प्याशेफिकका प्रबन्ध निर्देशक राजन एस नारायणले सो प्रविधिका बारेमा जानकारी गराए । उनले भने, ‘स्मार्ट भिस्टाले अहिलेको समाजलाई क्यास लेस समाजमा रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्छ ।’उनका अनुसार समग्र क्षेत्रका संस्थाहरु डिजिटल बैंकिङ प्रणालीमा…

Read More

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले एशिया प्रशान्त सम्मेलनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक जनशक्ति थप गरेको छ । महाशाखाले सम्मेलनमा आउने अतिविशिष्ट तथा विशिष्ट पाहुनाको आगमनलाई ध्यानमा राखेर देशभरका विभिन्न जिल्लाबाट १५० जनशक्ति थप गरेको हो । महाशाखाका प्रमुख वसन्तकुमार पन्तले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सवारी आगमनलाई व्यवस्थित बनाउन जनशक्ति थप गरिएको जानकारी दिए। “उपत्यकाको ट्राफिक व्यवस्थापनले सम्मेलनको ट्राफिक व्यवस्थापन गर्न नसक्ने भएकाले बाहिरी जिल्लाबाट जनशक्ति मगाएका हौँ,” उनले भने । यस्तै महाशाखाले गृह मन्त्रालयको निर्देशनअनुसार उपत्यकामा चल्न सवारीसाधनमा मङ्सिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणालीसमेत लागू गरेको छ । महाशाखाका अनुसार १३ र १५ गते बिजोर तथा १४…

Read More

चितवन: माडीमा हात्तीको आक्रमणबाट आज दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बस्ने ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया त्रिष्णाकाली पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउँसो घरबाट घाँस काट्नका लागि रिउखोलातर्फ जाने क्रममा उनीहरुलाई जङ्गली हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आवश्यक निजामती कर्मचारीको सङ्ख्या नै कमी भएका कारण प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव खड्किएको संसदीय समितिलाई जानकारी गराएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रदेश र स्थानीय तहमा कर्मचारी नगएरभन्दा सङ्ख्या नपुगेर कठिनाइ भइरहेको बताए। “सङ्घ, प्रदेश र स्थानीय तह सञ्चालनमा देखिएको कर्मचारी व्यवस्थापनसम्बन्धी अप्ठ्यारो र अड्चनलाई सम्बोधन गर्न कर्मचारी समायोजनसम्बन्धी अध्यादेशको तयारी गरिएको छ”, उनले भने, “कर्मचारी खटाउने हो कि पठाउने वा त्यही जिम्मेवारी दिने भन्ने प्रष्ट कानूनी व्यवस्था नभएकाले छिटो टुङ्गोमा पुग्न अध्यादेश ल्याउन भनिएको हो ।” सचिव थपलियाले…

Read More