Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

जाजरकोट: छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतरा हरेक दिन फोन सम्पर्कका लागि कार्यालय मनघाटबाट माथि डाँडामा जान्छन् । कार्यालय समयमा उनिमात्र होइन अधिकांश जनप्रतिनिधिलाई यसरी जङ्गलको डाँडामा गएर फोन गर्नु दैनिकी बनेको छ । एक घण्टा हिँडेर फोन गर्नु उनिहरुको रहर नभई बाध्यता हो । कार्यालयमा टेलिफोन नलाग्ने भएकाले फोन सम्पर्कका लागि अग्लो डाँडामा जानुपर्ने नगरप्रमुख महतारा बताउछन् । बजारमा टेलिफोनले काम गर्दैन डाँडामा पुगेपछि नेटवर्क आउछ अनि फोन सम्पर्कमा आवश्यक कुरा गरेर कार्यालयमा फर्कनु पर्छ उनि भन्छन । कार्यालयमा नेटवर्क नलाग्ने समस्याले नगरको कामकाज पनि प्रभावित भएको छ । कार्यालयमा बस्दा सबैसँग सम्पर्क गर्न नसकिने भएकाले समय मिलाएर डाँडोमा पुगेर…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा करीब ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार स्टकमा सूचीकृत कम्पनीको चुक्ता पूँजी तीन खर्ब ६० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंकका अनुसार रु तीन अर्ब ५ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा रु तीन अर्ब १२ करोड बराबरको हकप्रद शेयर, रु पाँच अर्ब १६ करोड बराबरको लाभांश शेयर सूचीकृत भएको छ । स्टकमा हालसम्म कूल १९८ कम्पनी सूचीकृत छन् । सूचीकृत कम्पनीमध्ये १४७ बैंक तथा वित्तीय संस्था छन् । त्यसमा बीमा कम्पनी समेत छन् । यस्तै सूचीकृत मध्ये १८ कम्पनी उत्पादन…

Read More

काठमाडौँ: रियल म्याड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वको सर्वाेत्कृष्ट फुटबल खेलाडी बन्दै प्रतिष्ठित बालोन डी’अोर अवार्ड जितेका छन्। यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए। उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्। सन् २००७ मा पूर्वब्राजिल र एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन्। लगातार दश वर्षसम्म मेस्सी र रोनाल्डले ५-५ विश्वको सर्वाेत्कृष्ट खेलाडी बन्दै बनाएको साम्राज्यलार्इ मोड्रिचले ढालेका हुन्। रोनाल्डो अवार्डको दोस्रो स्थानमा अाए भने मेस्सी पाचौँ स्थानमा अाए। फ्रान्सका फरवार्डद्वय एन्टिनियो ग्रिजम्यान र…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले कमलपोखरीको निर्माण, व्यवस्थापन र संरक्षणमा स्थानीयवासीले दायित्व लिएमा जिम्मेवारी दिन तयार रहेको जनाएको छ । कामपाको शहरी योजना आयोगले सोमबार आयोजना गरेको कमलपोखरीसम्बन्धी स्थानीयसँगको छलफल कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले निर्माणको जिम्मा स्थानीयले लिएमा दिन सकिने बताउनुभएको हो । ऐतिहासिक कमलपोखरी सोहीअनुरुप निर्माण गर्ने काम कामपाको प्राथमितामा परेको पनि शाक्यले जानकारी दिनुभयो । सङ्घीय संसद् सदस्य गगन थापाले स्थानीयवासीसँग छलफल गर्दै आगामी छठ पर्वसम्ममा पोखरी निर्माण गरिसक्नुपर्ने भन्दै सबैको लागि पहुँचयुक्त सार्वजनिक स्थल बनाउन महानगरले भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । आयोगका सदस्य–सचिव सरोज बस्नेतले पोखरीलाई वास्तु शास्त्रमा आधारित, ज्ञान प्राप्त गरिने तथा सीपयुक्त कलात्मक सम्पदाका रुपमा विकास…

Read More

काठमाडौँ: सरकारले लाेकसेवा अायाेगकाे सुझावसहित कर्मचारी समायोजन अध्यादेश स्वीकृत गर्ने निर्णय गरेकाे छ। साेमबार बसेकाे मन्त्रिपरिषदको बैठकले निजामती कर्मचारी समायाेजन अध्यादेश-२०७५ लार्इ स्वीकृत गर्दै राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेकाे, एक मन्त्रीले जानकारी दिए। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि अध्यादेश कार्यान्वयनमा अाउनेछ। त्याे सँगै निजामती सेवाका ८९ हजार ३९ र स्थानीय तहमा रहेका २० हजार गरी कूल १ लाख ९ हजार कर्मचारीको समायोजन प्रक्रिया शुरू हुनेछ। यसअघि अध्यादेश मस्याैदामा रहेकाे श्रेणीगत र तहगत समायोजनमध्ये कुनै एउटाका अाधारमा समायाेजन गरिनुपर्ने विषय अध्यादेशमा परेकाे स्राेतले जानकारी दियो। लोकसेवाले एकरुपता अपनाउन भनेपछि अध्यादेशमा त्यसैअनुसार व्यवस्था गरिएकाे छ।

Read More

कोलम्बो:  श्रीलङ्काको एउटा अदालतको राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम गर्ने अधिकार नदिन आदेश दिएको छ । वैधानिकता नपाउदासम्म राजापाक्षे र उहाँको मन्त्रीपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले सोमबार स्पष्ट पारेको छ । राजापाक्षेलाई काम गर्न दिएमा मुलुकमा “अपुरणीय क्षति” हुन सक्ने देखिएकाले काम गर्न रोक लगाउनु पर्ने अदालतको ठम्याई छ । गत अक्टोबर महिनामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई अपदस्त गरेर राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक संकटसँगै विवाद चर्किदै गएको छ । राजापाक्षेले काम गर्न थालेमा यही विवाद र संकट थप चर्किन सक्ने भएकाले र त्यो सरकार वैधानिक हो भन्ने आधार नदेखिएकाले काम गर्न रोक…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि छैटौँ चरणका खेल हुँदैछन् । लिगअन्तर्गत छैटौँ चरणको पहिलो खेलमा आज एपिएफ क्लब र एनआरटी प्रतिस्पर्धा गर्नेछन् । आजै अर्को खेलमा नेपाल पुलिस क्लब र सङ्कटा क्लब भिड्ने छन् । दु वै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । लिगको पाँचौँ चरणको खेल सकिँदासम्म एनआरटीले जित निकाल्न सकेको छैन । विभागीय टिम एपिएफले मात्र एक जित निकालेको छ । लिगको पहिलो खेलमा एनआरटीले विभागीय टिम आर्मीलाई बराबरीमा रोक्दै उत्कृष्ट शुरुआत गरेपनि त्यसपछिका सबै खेलमा पराजित हुँदै एक अङ्कका साथ लिगको पुछारमा छ । विभागीय टोली एपीएफले लिगमा एकमात्र जित दर्ता गर्न सकेको…

Read More

काठमाडौं: गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब साढे चार हजार चर्च छन्। यो संख्या २०७० सालमा मन्त्रालयले अनौपचारिक रूपमा लिएको हो । देशभर करिब १२ हजार चर्च भएको अनुमान गरिएको छ। नेपाल राष्ट्रिय क्रिश्चियन महासंघका अध्यक्ष सीबी गहतराजले नेपालमा करिब १२ हजार पाँच सय चर्च रहेको बताए । तर, त्यसको आधारिक तथ्यांक भने छैन । आधिकारिक तथ्यांक थोरै भए पनि करिब ३० लाख नेपाली क्रिश्चियन भइसकेको दाबी धर्मआबद्ध संघसंस्थाहरूको छ।, आजको नयाँ पत्रिकामा यो खबर छ । नेपालको जनगण्ना ०६८ अनुसार १.४ प्रतिशत अर्थात् करिब ३ लाख ७५ हजार क्रिश्चियन धर्मावलम्बी छन् । सन् २०२० मा ३.८ प्रतिशत…

Read More

कामठाडौं: मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् । हेड टु हेड च्यालेन्जमा पराजित भए पनि उनी मल्टिमिडिया अवार्डमा बाजी मार्दै मिस वर्ल्डका लागि एक कदम अघि बढ्न सफल भएकी हुन् । मिस वर्ल्डको अन्तिम प्रतिपर्धा डिसेम्बर ८…

Read More

काठमाडौं: सुरक्षा निकायको पोशाकाको खरिदमा अनियमितता भेटिएपछि महालेखा परीक्षकको कार्यालयले छानबिन सुरु गरेको छ । महालेखाले नेपाली सेना, नेपाल प्रहरी र सश्स्त्र प्रहरीबलको लत्ताकपडा खरिद अपारदर्शी र सार्वजनिक खरिद ऐनविपरीत भेटिएपछि छानबिन सुरु गरेको हो । आव २०७४/०७५, २०७३/०७४ र २०७२/७३ को पोशाक खरिदका विषयमा छानबिन भइरहेको महालेखाले जनाएको खबर आजको कारोवार दैनिकमा छ । हरेक वर्ष सुरक्षाकर्मीले बुट, चुस्ता, ट्राउजर, ज्याकेटलगायत मौसमअनुसारका आधादर्जन लत्ताकपडा पाउनुपर्ने व्यवस्था रहेको छ। तर, खरिदमा हिनामिना र ठेककेदारले शर्तअनुसार सामान उपलब्ध नगराउँदा तिनवटै सुरक्षा निकयका सदस्यले सरकारले तोकेअनुसार लत्ताकपडा पाउन सकेका छैनन्।

Read More