Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो। निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन्। गृहको निर्णयपछि उनीहरूलाई फिर्ता पठाइएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। बेलायत छिर्ने उद्देश्यले पाकिस्तानी एजेन्टको सहयोगमा उनीहरूले बेलायती राहदानी किनेका थिए।

Read More

काठमाडौं: दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रदेश भिसा पाउने भएका छन् । कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् । डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ । यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ । यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ: थुप्रै देशमा राष्ट्रिय सुरक्षा नीतिलाई संविधानपछिको दोस्रो महत्वपूर्ण दस्तावेज मानिन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । तर नेपालमा भने यो नीति दशकौंंसम्म बेवास्ताको सिकार बन्यो । अहिले भने सरकारले यो नीतिलाई समयानुकूल बनाउन पहल थालेको छ । राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनका लागि छलफल तीव्र पारिएको छ । संसोधन नीतिमा कूटनीति र रक्षाबीच समन्वय बढाउने पहल हुँदैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा नीति २०७३ संसोधनको नेतृत्व गरिरहेका छन् । उनकै संयोजनमा परिमार्जनको काम भइरहेको छ ।

Read More

काठमाडौँ: उपराष्ट्रति नन्दबहादुर पुनले नागार्जुन नगरपालिकामा बन्न लागेको ऐतिहासिक राधाकृष्ण मन्दिरको आज ताम्रपत्र अनावरण गरेका छन्। जगद्गुरु कृपालु प्रतिष्ठान (जेकेपी), नेपालले नागार्जुन–७ मा १२५ रोपनी क्षेत्रफलमा रु छ अर्बको लगानीमा सो मन्दिर निर्माण गर्न लागेको हो । प्रतिष्ठानका अनुसार मन्दिर इटालियन मार्वलबाट कलात्मक बन्नेछ । मन्दिरको ताम्रपत्र अनावरण गर्दै उपराष्ट्रपति पुनले मन्दिरको निर्माणपछि नेपाल धार्मिक पर्यटकीयस्थलका रुपमा विश्वमाझ चिनिने विश्वास व्यक्त गरे । उनले नेपालको धार्मिक सहिष्णुता विश्वकै लागि उदाहरणीय रहेको उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाललाई धार्मिक पर्यटन क्षेत्रका रुपमा विस्तार गर्न राधाकृष्ण मन्दिरको निर्माणले सहयोग गर्ने बताए। कार्यक्रममा जगदगुरु कृपालु परिषद्का प्रचारिकका डा…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको चार महीनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन नसकेको हो । विभागका अनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन सकेको छैन । हाल देशभर २० भन्सार कार्यालय सञ्चालनमा छन् । चालू आर्थिक वर्षको पछिल्लो चार महीनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सबैभन्दा बढी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उक्त भन्सारबाट ३० दशमलव शून्य पाँच प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ । विमानस्थल…

Read More

उर्लाबारी: प्रदेश नं १ मा आगामी पुस १ गतेदेखि बिहान र बेलुका दुई÷दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ । टिपरका कारण दुर्घटना बढेपछि प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयले बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो । सो समयमा सडकमा बढी चाप हुने भएकाले टिपर चलाउन रोक लगाइएको प्रदेश नं ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले राससलाई जानकारी दिनुभयो । यसघि राखिएको तस्बिरमा प्रदेश १ को नक्सा फरक पर्न गएकोले सच्च्याइएको छ। सम्पादक

Read More

कञ्चनपुर: भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । गड्डाचौकी, जिमुवा हुँदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् । “चलनभोग गर्दै आएको जग्गामा सडक बनाउनका लागि ठाउँ दिएका थियौँ”, स्थानीयवासी पशुपति चन्दले भन्नुभयो, “दशगजाभन्दा ५० मिटर वरसम्म सडक बनाउन नपाइने भन्दै रोक्न लगाएको छ ।” सडकको अवस्था नराम्रो भएकाले नगरपालिकासँग सडक बनाउन अनुरोध गरी जेसिवी ल्याइएको उहाँले बताउनुभयो । नगरपालीकाका सूचना अधिकारी हरिसिंह धाँमीले सडक बनाउँदै गर्दा एसएसबीले दशगजामा पर्ने भनेर…

Read More

काठमाडौँ : व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा अबदेखि नलाग्ने भएको छ । नेपाल बैंकर्स सङ्घको आज बसेको बैठकले व्यक्तिगत निक्षेपमा लाग्दै आएको ब्याजदर सीमा हटाएर बैंकलाई नै स्वतन्त्ररूपमा निर्णय गर्न पाउने व्यवस्था गरेको छ । सङ्घका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले व्यक्तिगत निक्षेपका हकमा ब्याजदर वाणिज्य बैंकले आफैँ निर्धारण गर्न पाउने निर्णय गरेको जानकारी दिए । वाणिज्य बैंकले ‘भद्र सहमति’ भन्दै सङ्घको निर्णयका आधारमा निश्चित प्रतिशत मात्रै ब्याज दिन पाउने निर्णय गर्ने गरेको थियो । बैंकमा ऋण दिने रकमको अभाव हुन थालेपछि सङ्घको बैठकले निक्षेप बढाउनका लागि त्यस्तो निर्णय गरेको हो । अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “व्यक्तिगत निक्षेपको हकमा बैंक आफैँले स्वतन्त्र…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै एपिएफले सात अङ्क जोड्दै अङ्क तालिकाको सातौँ स्थानमा उक्लेको छ । यसअघि खेलको पाँचौं चरणको खेलसम्म विभागीय टोली एपिएफले लिगमा एकमात्र जित दर्ता गरेकोथियो भने एकमा बराबरी र तीनवटा खेलमा पराजित भएको थियो । एपिएफको जितमा युवराज लामा र सुदीप शिखरकारले एक–एक गोल गरे । युवराजले…

Read More

काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज ६०० रुपैयाँले बढेर प्रतितोला ५८ हजार ३०० रुपैयाँमा कारोवार भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला ५७ हजार १०० मा कारोवार भएको तेजावी सुन आज ९०० ले बढेर ५८ हजार रुपैयाँमा कारोवार भएको छ । केही दिन स्थिर रहेको चाँदी आज २० रुपैयाँले बढेर ७२० रुपैयाँमा कारोवार भएको छ । महासङ्घले आज १० ग्राम सुनको मूल्य ४९ हजार ९८५ रुपैयाँ…

Read More