Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: केहिदिन देखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज सामान्य सुधार आएको छ । आज मंगलबार नेप्से परिसूचक एक दशमलब ६१ अंकले बढेर एक हजार १६१ दशमलब ४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक १४ दशमलब ८२ अंकले र सोमबर ६ दशमलब ३५ अंकले घटेको थियो । नेप्से परिसूचक बढेपनि कारोवाररकममा भने साधुर आउन सकेन । आजको कारोवारमा सबै भन्दा बढी होटल समूहको परिसूचक १० दशमलब ०८ अंक र जलबिधुत ४ दशमलब ८१ अंकले बढेको छ । त्यसैगरी बाणिज्य बैंक २ दशमलब २२ अंक, विकास बैंक ३ दशमलब ८६ अंक र अन्य समूहको परिसूचक २ दशमलब २७ अंकले बढेको…

Read More

भक्तपुर: भक्तपुरको हनुमन्ते नदीमा करिडोर निर्माण कार्य शुरु गरिएको छ । सांसद महेश बस्नेतले अरनिको राजमार्ग अन्तर्गत भक्तपुर र मध्यपुरथिमिको सिमानामा रहेको हुनमन्ते खोलाको पुलमा आज करिडोर निर्माणको शिलान्यास गरे । पहिलो चरणमा दुई किलोमिटर करिडोर निर्माणका लागि रु ८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य शुरु गरिएको अधिकार सम्पन्न बागमती आयोजनाका प्रमुख आशिष घिमिरेले जानकारी दिए । हनुमन्ते खोलाको चौडाइ साँघुरिँदै गएकाले सो क्षेत्रको खोलाको चौडाइ फराकिलो बनाइ करिडोर निर्माणकार्य शुरु गरिएको आयोजनाले जनाएको छ । बागमती नदीको सहायक नदीका रुपमा बहने हनुमन्ते खोलाले वर्षायाममा बस्ती डुबान गर्न थालेपछि आयोजनाले दुई किमि नदी क्षेत्रमा करिडोर निर्माण शुरु गरेको हो…

Read More

काठमाडौँ: सरकारले लाखाँै श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरे । योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् ।उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।

Read More

रोल्पा : पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो । गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा पढ्दै गरेकी जानकी गर्भवती भएसँगै उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्ने निर्णयसहित यही मङ्सिर १ गते घरबाट भागे । मङ्सिर ५ गते विवाहको तयारी गरिरहेको बेला बालविवाह भएको भन्दै गाउँलेले प्रहरीमा खबर गरे । इलाका प्रहरी कार्यालय सुलिचौरले केटाकेटी तथा केटाका अभिभावकलाई समातेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पेश ग¥यो । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको अगुवाइमा भएको छलफलपछि…

Read More

काठमाडौँ: माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए । आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो । आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ । ४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.७ प्रतिशतले बढेको छ । २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ प्रतिशत, ३५ प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्र्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.३ प्रतिशत, ३६.१ प्रतिशत र ४२.५ प्रतिशत रहेको थियो । २०७५ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३.८…

Read More

घोराही: घोराही दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो । चौधरीलाई घोराहीबाट काठमाडौँ जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीले तीन घण्टासम्म सवारी जाँच गरेपछि चौधरी पक्राउ परेकी हुन् । पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान सन्तकुमार चौधरी फरार छन् । यसअघि उक्त…

Read More

काठमाडौँ: पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । “पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,” उनले भने, “महीलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको…

Read More

बेरुत: सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीन दिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २०० जनाको मृत्यु भएको सिरियाली मानब अधिकारवादी समूहहरूले जनाएका छन् । झडपहरूमा अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् ।इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् । भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ । यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सवैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो । “आइएस लडाकूहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५…

Read More

धनगढी: पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं को बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सुर्खेतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको उक्त बस कुचैनी सडकखण्डको पुलमा ठोक्किएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक टोपबहादुर शाहीले जानकारी दिए । घाइतेलाई उपचारका लागि अत्तरिया र धनगढीस्थित विभिन्न अस्पताल ल्याइँदैछ । दुर्घटनाबाट पुलमा क्षति पुगेको छ ।

Read More