Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामाथि अनुसन्धानमा लापरबाही गरेको आरोपमा बर्खास्तीमा परेका दुई अधिकारीले पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन बुझाएका छन् । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्टले जागिरमा पुनर्वहालीको माग गर्दै निवेदन बुझाएका हुन् । घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरबाही खुलेको विभिन्न समितिले निष्कर्ष निकालेपछि उनीहरुलाई बर्खास्त गरिएको थियो । बर्खास्त गरिएको ३५ दिनभित्र पुनर्बहालीको लागि निवेदन दिन सकिने प्रावधान अनुरुप उनीहरुले निवेदन दिएका हुन् । विष्टको कमाण्डमा रहेको कञ्चनपुर प्रहरीले घटनामा मुख्य अभियुक्तको रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, निर्मलाको भजाइनल स्वावमा…

Read More

काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा पे्रmन्डस्ले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । यसअघि फ्रेन्ड्सले चार खेलमा तीन हार र एक बराबरी खेलेको थियो । जीतसँगै फ्रेन्ड्स ४ अङ्कका साथ लिगको नवौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सको जीतमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक एक गोल गरे । खेलको ६६औँ मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेन्ड्सलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको ८४औँ मिनेटमा संजोकले एक गोल गरे…

Read More

नुवाकोट: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा भवनको आज छुटाछुट्टै उद्घाटन गर्दै उनले भने, “केही घटनाले नेपाल प्रहरीको क्षमतामा प्रश्न चिह्न उठेको छ तर प्रहरी सङ्गठनले मनोबल नगिराई काममा अघि बढिरहेको छ, महिलामाथि हुने हिंसा र अपराधका घटनामा प्रहरी अनुसन्धान ९७ दशमलव ५ प्रतिशत सफल छ, एकाध घटनाको आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न ।” कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ र प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सुविधासम्पन्न भवनबाट प्रहरीले सेवा प्रवाह गर्दा सहज हुने विश्वास व्यक्त…

Read More

काठमाडौँ: साताको पहिलो कारोवारको दिन शेयर बजारमा दोहोरो अंकको गिरावट रहेको छ । आज आइतबर नेप्से परिसूचक १७ दशमलब ७३ अंकले घटेर एक हजार १३० दशमलब ६३ अंकमा झरेको छ । नेप्से परिसूचक घटेपनि कारोवारमा भने सुधार आएको छ । आजको कारोवारमा व्यापार बहेको सबै समूहको परिसूचकमा गिरावट आएको छ । आजको कारोवारमा सबै भन्दा बढी निर्जिबन बीमा समूहको परिसूचक १३९ दशमलब ५१ अंक, जीवन बीमा १०५ दशमलब ६७ अंक र लघुवित्त समूहको परिसूचक २८ दशमलब ८५ अंकले घटेको छ । त्यसैगरी, बाणिज्य बैंक १५ दशमलब ५८ अंक, विकास बैंक ११ दशमलब ३३ अंक, होटल ३३ दशमलब २६ अंक र…

Read More

काठमाडौं: खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अवको ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावा गरेका छन्। आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् । ‘म ठोकुवा नै गरेर भन्छु अवको ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ’ उनले भने । विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे । उनले संसदमा जवाफ दिंदै भने, ‘यस अघि मन्त्रिज्युले भनेको कुरा दशैंभित्र खाने पानी दिने कुरा पुरा हुन सकेन त्यसमा म माफी माग्छु। ‘ ‘मन्त्रीले भनेको विषयमा माफी माग्छु’,…

Read More

काठमाडौँ: मिस वर्ल्डको हेड टु हेड च्यालेन्जमा नेपाली सुन्दरी श्रृंखला खतिवडा पराजित भएकी छन्। चीनमा जारी प्रतिस्पर्धामा शनिबार राति भएको हेड टु हेडमा मिस नेपाल श्रृंखला, सिंगापुरकी सुन्दरीसँग ३-० ले पराजित भएकी हुन्। तर, हेड टु हेडको यो च्यालेन्जमा पराजित भए पनि उनको मिस वर्ल्ड यात्रा भने टुंगिएकाे छैन। मिस वर्ल्डको टप ३० मा अझै पनि १७ ठाउँ खाली छन्। यस्तै ब्युटी विथ पर्पस् र मल्टिमिडिया अवार्ड पनि बाँकी नै छन्। जसमा श्रृंखलाको सम्भावना बलियो छ। हेड टु हेडमा जितेको भए श्रृखंला सीधै टप ३० मा पुग्ने थिइन्। दुर्भाग्य पराजित भइन्। त्यसपछि भिडियो पोस्ट गर्दै उनले दिएको प्रतिक्रिया यस्तो छ:…

Read More

वासिङ्टन: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ अनसँग चाँडै नै भेट हुन सक्ने बताएका छन् । सन् २०१९ को जनवरी वा फेब्रुअरी महिनामा दुई देशका शीर्ष नेताको दोस्रो शिखर बैठक हुन सक्ने ट्रम्पले शनिबार बताएका हुन् । अर्जेन्टिनामा भएको औद्योगिक राष्ट्रको समूह (जी–२०) बैठकबाट स्वदेश फर्कनेक्रममा विमानभित्रै पत्रकारहरुसँग कुरा गर्दै उनले गत जुनमा सिङ्गापुरमा किमसँग भएको शिखर बैठकको निरन्तरताका लागि अर्को बैठकको तयारी भइरहेको जानकारी दिए। “शिखर बैठकका लागि तीनवटा सम्भावित ठाउँका बारेमा प्रारम्भिक छलफल भएको छ, तर टुङ्गो लागेको छैन,” राष्ट्रपति ट्रम्पले भने। गत जुनमा सिंगापुरमा भएको ट्रम्प र किमको पहिलो ऐतिहासिक बैठकपछि कोरियाली द्वीपमा आणविक…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताएका छन् । ‘एशिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट गरे । नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन । भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार…

Read More

काठमाडौँ: तीन महिनाअघि काठमाडौँमा विमस्टेकको चौथो सम्मेलन जारी रहेका बेला नेपाल र समग्र दक्षिण एसियाली कूटनीतिक बृत्तमा जुन सम्भावना र आशंकाको चर्चा भएको थियो, पाकिस्तानले आयोजना गर्ने सार्क सम्मेलनको निम्तो भारतले अस्वीकार गरेपछि त्यो आशंका अहिले आएर पुष्टि हुने देखिएको छ । त्यसताकाको चर्चा हो, भारतले पाकिस्तानलाई उपेक्षा गरेर विमस्टेक संगठन बलियो बनाउन सक्छ, यसका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व नै खतरामा पर्न सक्छ । आखिर भारत र पाकिस्तानको यो पछिल्लो सन्देशले त्यो सम्भावनालाई सत्यतर्फ धकेल्ने देखिएको छ । पाकिस्तानको पछिल्लो अनुरोधलाई भारतले पुनःअस्वीकार गरेपछि यस्तो अवस्था देखिन थालेको हो । यसरी दुई वर्षयतादेखि अन्यौल रही आएको…

Read More

काठमाडौँ: युवा तथा साना व्यवसायी स्वरोजगार कोषले चालु आर्थिक वर्षको चार महिनामा ५ करोड २९ लाख रुपैयाँ भाखा नाघेको कर्जा असुली गरेको छ। कोषको गत आर्थिक वर्षको अन्त्यसम्ममा रहेको ३० करोड १८ लाख रुपैयाँ भाखा नाघेको कर्जामध्ये कोषले चालु आवको हालसम्ममा ५ करोड २९ लाख कर्जा असुलउपर गरेको कोषका कानुन तथा कर्जा अशुली शाखाका प्रमुख ज्ञानहरि देवकोटाले बताए। हाल कोषको २४ करोड २८ लाख भाखा नाघेका कर्जा रहेको छ। कोषको बारम्बारको ताकेताबाट हिमशिखर बचत तथा ऋण सहकारी संस्थाले गत हप्ता मात्रै बाँकी रहेको दुई करोड ३७ लाख तिरी सम्पूर्ण ऋण चुक्ता गरेको देवकोटाले बताए। यधपी कोषले ताकेता गरेपनि — मजदुर…

Read More