Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
बोगोटा: क्यारेबियन समुद्रस्थित कोलम्बियाको स्वामित्वमा रहेको एक द्वीपमा शनिबार ६.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सेवाका अनुसार कोलम्बियाबाट २० माइल दक्षिणपूर्वमा उक्त भूकम्प गएको छ । भूकम्पबाट सान आन्द्रेस नगरपालिका र सान्ता क्याटालिना नगरपालिकामा क्षति पुगेको अधिकारीहरुले बताएका छन् । उक्त द्वीप निकारागुवाको पूर्वी तटीय क्षेत्रबाट २२० किलोमिटर टाढा पर्दछ । कोलम्बियाली अधिकारीहरुले तटीय इलाकामा सुनामीको खतरा नरहेको जनाएका छन् ।
काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो । पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताए । “दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसङ्घको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो,”–उनले भने । नेविसङ्घका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसङ्घको विधान मिच्ने…
ब्रसेल्स:एएफपी)ः युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य” हुने दाबी गर्नुभएको छ । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि उक्त सम्मेलनमा सहभागी हुनुहुनेछ । विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार यस सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमणकालीन व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । तैपनि, यो अन्तिम चरण…
पर्वत: पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो । आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएको छ । “पुसभित्रै उत्पादन शुरु गर्ने तयारी भइरहेको…
काठमाडौँ: महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए। उहाँका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ । नेपाली टोलीको चयनमा विभिन्न उत्कृष्ट ४० खेलाडीलाई क्याम्पमा…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले ४ अर्ब ८१ करोड रुपैयाँ बढीको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल र १८२ दिने अवधिको २ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिने अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री जारी गर्न लागेको हो । जम्मा चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि मङ्सिर १० गते सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको…
काठमाडौँ: अन्तर्राष्ट्रिय ब्रेक पश्चात हिजोबाट शुरु भएको इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटि, टोटेन्ह्याम, एभर्टन, फुलह्यामले आ-आफ्नो खेल जितेका छन् भने म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेशबीच र ब्रिटोन र लेस्टर सिटिले बराबरी खेलका छन्। त्यस्तै लालिगाको पहिलो खेलमा रियल म्याड्रिड ३-० ले पराजित भयो भने एथलेटिको मड्रिड र वार्सिलोनाले बराबरी खेलेका छन्। लिभरपुलले वाटफोर्डलाई ३-० ले पराजित गरेको हो भने म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ४-० गोलले स्तब्द बनाउँदा चेल्सीले टोटेन्ह्यामलाई ३-१ नजिता सुम्पियो। त्यस्तै, एभाटर्नले कार्डिफ सिटिलाई १-० ले पराजित गर्यो। भने फुल्ह्याम्ले सोउथह्याम्टनलाई ३-२ ले हराएको छ। यस्तै, लालिगाको गएरातिको खेलमा इबरले रियल म्याड्रिडलाई ३-० ले हराएको छ। लिग…
काठमाडौँ: कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिका लागि दरखास्त माग गरेको छ। लीलाप्रकाश सिटौलाको कार्यकाल आगामी २७ गते सकिने भएपछि बैंक सञ्चालक समितिले नयाँ सिइओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रक्रिया शुरु गरेको हो। बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको छ। इच्छुक आवेदकले व्यावसायिक कार्ययोजनासहित आवेदन दिनु पर्ने हुन्छ। व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ। चार्टर्ड एकाउन्टेन्ट गरेकाको हकमा निम्न विषयमा कम्तिमा स्नातक गरि बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संघठित संस्था, विश्व विद्यालय तथा त्यस्तो निकायमा अधिकृत वा त्यसभन्दा माथिल्लो तहमा रहेर कम्तिमा पनि १० वर्ष काम…
काठमाडौं: पछिल्लो केहि सातादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ मजवुत हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ डलर बराबर ११३ रुपैयाँ ३८ पैसा बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ मजवुत भएका कारण यसको असर नेपालमा परेको हो । असोज २६ गते नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको थियो । १ अमेरिकन डलर बराबर ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो । डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि नेपाली मुद्राको अवमूल्यन भएको थियो भने हाल भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली रुपैयाँ पनि मजबुत हुँदै गएको हो । भारुसँग नेरु फिक्स भएपछि भारतीय मुद्राको अवस्था जे हुन्छ, त्यसको असर नेपाली…
गलकोट: बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य…