Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत गरेको छ। उक्त बन्दरगाह निर्माणको क्रममा आइपरेको समस्या समाधानतर्फ सरकारले चासो नदेखाएको भन्दै विश्व बैंकले लगानी फिर्तासहित हात झिक्ने तयारी गरेको हो। सुक्खा बन्दरगाह निर्माणका लागि दुई ठेकेदार छनोट गरी भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउनै लाग्दा सरकारले एक्कासी निर्माण प्रक्रिया स्थगित गरेको थियो। गत साउन ३० गते प्रधानमन्त्री केपी ओलीले शिलन्यास गर्ने कार्यक्रम तय भएको थियो। तर अघिल्लो राति एक्कासी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्यक्रम स्थगित गरेको थियो। चोभार संरक्षण समितिसहित विभिन्न पहुँचवाला समूहले प्रधानमन्त्री ओली तथा विभागीय मन्त्री मात्रिका…

Read More

राजविराज: भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । सो दुर्घटनामा परी तीन दर्जन यात्रु घाइते भएका र घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिँदै उनले गम्भीर घाइते आधा दर्जन यात्रुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र अन्य घाइतेको राजविराजस्थित गजेन्द्र नारयाणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोे बताए ।…

Read More

काठमाडौँ: “जहाज किनेको हो कि भाडामा लिएको हो, खरीदको कागजात चाहियो” पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गरे । उनको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जहाज खरीद प्रक्रियाको प्रष्टताको माग गरे। लगत्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निगमको वाइडबडी जहाज खरीदको अस्पष्टता, भ्रष्टाचार इत्यादि कुरा देशको इज्जत र प्रतिष्ठासँग जोडिएको गम्भीर विषय भएकाले समिति गठन गरी गम्भीर छानबिन गर्नुपर्ने माग गरेपछि आजको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा निकै हङ्गामा मच्छियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरीद सम्बन्धमा करीब चार घण्टा चलेका सवाल जवाफका दृश्य निकै रोचक र घत लाख्दा थिए । समितिका सदस्य, सरोकारवाला निकायका पदाधिकारी तथा…

Read More

काठमाडौँ: नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई मुगुस्थित ‘रारा ताल’मा आकर्षित गर्ने उद्देश्यले आसपास क्षेत्रमा यही मङ्सिर १६ र १७ गते सरसफाइ गरिने भएको छ । आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएकाले राराको सौन्दर्यमा कमी आउन नदिन सफाइ गर्न लागिएको छ । उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्बिन राखिने छ । आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि र हिलसाइट कालीकोटले संयुक्तरुपमा उक्त पर्यटकीय सम्पदालाई उत्कृष्ट गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सङ्कलन भएका फोहर व्यवस्थापन गर्नेछन् । यहाँ आज आयोजित पत्रकार सममेलनमा टुर्सका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले रारा मुलुकको…

Read More

काठमाडौँ: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा हुने भएको छ । त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफाइ’ क्षेत्र घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र विद्यार्थीलाई सूचनामा सहज पहुँच पु¥याउनका लागि त्रिविलाई पहिलोपटक निःशुल्क वाइफाइ क्षेत्र घोषणा गर्न थालिएको त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा डा ऋदीशकुमार पोखरेलले जानकारी दिए। “त्रिविका हरेक कामकारवाही सूचना प्रविधिमार्फत गर्नका लागि निःशुल्क वाइफाइ क्षेत्र बनाउन लागिएको हो”, उनले भने, “अब त्रिविका हरेक क्रियाकलाप सूचना प्रविधिबाट हुन्छ ।” त्रिविलाई कागजविहीन बनाउन र विद्यार्थीलाई सूचना प्रविधि…

Read More

काठमाडौँ: सरकारले विकास–निर्माणका परियोजना निर्धारित समयमा नै पूरा गर्न विकासका साझेदारहरूलाई आग्रह गरेको छ । एशियाली विकास बैङ्कको सहयोगमा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजना तथा तिनको कार्यान्वयनका समस्या एवं निकासका लागि सम्बन्धित निकायसँग छलफल गर्ने उद्देश्यले आज राजधानीमा भएको त्रिपक्षीय बैठकमा विकास–निर्माणका परियोजना निर्धारित समयमै पूरा गर्नका लागि सरकारले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सो अवसरमा अर्थमन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले लक्ष्यअनुरुप सबै परियोजनाका काम सम्पन्न गर्न सम्बद्ध पक्षलाई आह्वान गर्दै परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सघाउने प्रतिबद्धता व्यक्त गरे । कुनै पनि आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न दातृ निकाय, ठेकेदार…

Read More

काठमाडौँ: केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडालगात विभिन्न देशमा रोजगारी र तथा शिक्षालागी भन्दै विदेश पथौन सहयोग गर्ने अवैध कन्सल्ट्यान्सी तथा संस्थारुमा कडा निगरानी बढाएको जनाएको छ। पछिल्लो पटक शैक्षिक क्षेत्रमा समेत कन्सल्ट्यान्सीबाट विभिन्न देश पुगेर त्यहाँ पुगेर ठगिएको घटनाका उजुरी आउन थालेपछि प्रहरी निगरानी र प्रत्यक्ष उजुरी परेका त्यस्ता कन्सल्ट्यान्सीहरुमा छापा मार्न शुरु गरेको जनाएको हो। शिक्षा मन्त्रलायबाट सम्बन्धन समेत नलिई संचलान भैरहेका कतिपय त्यस्ता संस्थारुमा पनि बढी प्रहरीको निगरानी पछिल्लो पटक बढेको प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले बताए। शुक्रबारमात्रै प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो (सीआईवी) ले एक शैक्षिक संस्थामा पुगेर क्यानडा पठाई दिन्छु भन्दै ठगि गर्ने एक महिला संचालकलाई पुतलीसडकबाट…

Read More

काठमाडौँ: पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको ७५ वर्षको उमेरमा आज निधन भएको छ । विसं २००१ वैशाख २५ गते महोत्तरी जिल्लामा जन्मनुभएका पूर्वप्रधानन्यायाधीश गिरीले २०२५ साल साउन ३० मा न्यायसेवामा प्रवेश गर्नुभएको थियो । उहाँ जिल्ला अदालत, तत्कालीन पुनरोवदन अदालत हुँदै २०६४ वैशाख असोज १८ मा प्रधानन्यायाधीश हुनुभएको थियो । सर्वोच्च अदालतले आज प्रेस विज्ञप्ति जारी गरी पूर्वप्रधानान्यायाधीश गिरीको निधनप्रति शोक व्यक्त गरेको छ । उहाँको निधनले न्यायालयलाई निकै मर्माहत बनाएको उल्लेख छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा रहँदा उहाँको न्यायालयको श्रीवृद्धिमा उल्लेखनीय योगदान रहेको थियो । सर्वोच्च अदालतमा आजै बसेको आकस्मिक पूर्ण बैठकले यही मङ्सिर ९ गते आइतबार देशभरका सबै अदालत…

Read More

भक्तपुर: प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाउनुभएको छ । आज भक्तपुरमा एभरेस्ट मिसन डट कमको दोस्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध ग¥यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।” सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष एवं आमसञ्चार डटकमका सम्पादक एवं सूर्यविनायक नगरपालिका–९…

Read More

काठमाडौँ: नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत तालीममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउण्डेशन नेपालका अध्यक्ष सर्जन विसिले बताए। छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीका बिचमा वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । गतवर्ष पहिलो पटक…

Read More