Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइ फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कसुवाखोलाका प्रबन्धक सुस्मित शर्मा भट्टराईले हस्ताक्षर गरेका छन् । आयोजनाबाट उत्पादित विद्युत् वर्षाको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ । आयोजनाको कूल लागत रु १० अर्ब रहनेछ । आयोजनालाई अर्धजलाशययुक्त बनाउने प्रवद्र्धकले जनाएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने तयारी…

Read More

काठमाडौँ, १४ मङ्सिर (रासस) : काबेली क्षेत्रमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण हुने काबेली करिडोर प्रसारण लाइन निर्माणका लागि सरकारले मार्ग प्रशस्त गरिदिएको छ । रुख कटानीको स्वीकृति नहुँदा उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदै आएको थियो । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रसारण लाइनको क्षेत्रभित्र पर्ने रुख कटानको स्वीकृति दिएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणको काम गरिरहेको छ । कूल १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड निर्माणका लागि स्वीकृति दिइएको हो । दोस्रो खण्डमा पाँचथर–तेह्रथुमखण्ड रहेको छ । सरकारले प्रसारण लाइनको क्षेत्रमा पर्ने टावर निर्माणका लागि तेह्रथुम र पाँचथरका…

Read More

काठमाडौँ: गोङ्गबुका आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या आरोपी स्याङ्जा भिरकोटका महेन्द्र सार्कीविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालत काठमाडौँबाट आज पाँच दिनको म्याद थप गरी सो मुद्दामा अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखाले आज उनलाई थप कारवाहीका लागि वृत्तमा पठाइएको छ । गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे अपहरणपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । होटल मालिकसँग तलब र जागिरको विषयमा विवाद हुँदा आवेशमा बालकको हत्या गरेको उनले स्वीकारेको महानगरीय…

Read More

काठमाडौँ: शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत निरन्तर ओरालो तर्फ गइरहेको छ । कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ । बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ। बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो । स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ । केही कम्पनीको शेयरको मूल्य मात्रै…

Read More

काठमाडौँ, १४ मङ्सिर (रासस) : नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न माग गरे । “बहुमत केन्द्रीय सदस्यहरूको भावना र विधानविपरीत तोकिएको १२ औँ महाधिवेशनको मिति बारम्बार सार्दै जाँदा सङ्घ कमजोर हुँदै जानेछ, नेविसङ्घलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिनुहुँदैन ।” परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरू छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले सङ्गठनमा असमानताको स्थिति र्सिजना गर्ने…

Read More

काठमाडौँ: नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनिहरुको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका थिए । दुई देशबीच खासगरी खाद्यान्न, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा थप लगानी र व्यापारका लागि सम्झौताले बाटो खोलेको छ । दुई देशका उद्योग वाणिज्य महासङ्घबीच विगतदेखि सम्झौता भई व्यापार आदानप्रदान हुँदै आएको छ । ‘एशिया…

Read More

ललितपुर: खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो । खर, माटो र छाना छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । “खर र माटो स्थानीयस्तरमा नै उपलब्ध छ, रु एक…

Read More

काठमाडौँ: ‘अन्तर्राष्ट्रिय पुस्तक क्रमाङ्कन नम्बर’ (आइएसविएन) लिन त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा आउनु नपर्ने भएको छ । पुस्तकालय प्रमुख इन्द्रप्रसाद अधिकारीले अनलाइनबाट नै फारम भरी नम्बर लिन सकिने भएपछि अब काठमाडौँ आउनु नपर्ने भएको बताए। यसअघि लेखकले आइएसविएन नम्बर लिन केन्द्रीय पुस्तकालय आउनुपर्ने थियो । अनलाइनबाट फारम भरेपछि आइएसविएन प्राप्त गर्नका लागि लाग्ने शुल्क बंैकबाट पठाउनुपर्नेछ । सन् २००० बाट त्रिवि पुस्तकालयले बेलायतको आइएसविएनको प्रतिनिधिका रुपमा नेपालका प्रकाशित पुस्तकलाई आइएसविएन प्रदान गर्ने गरेको छ । उनका अनुसार अहिले त्रिविमा करीब ४० हजार पुस्तकले आइएसविएन नम्बर लिइसकेका छन् । आइएसविएनका लागि पुस्तकालयले रु ३०० शुल्क लिने गरेको छ । पुस्तकालयले पुस्तक खोज्नका…

Read More

काठमाडौँ: विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शुक्रबारबाट शुरु हुन लागेको एशिया प्रशान्त सम्मेलनले सरकारको कूटनीतिक मर्यादामाथि प्रश्न उठाएका बताएका छन्। आजदेखि राजधानीमा शुरु हुने सम्मेलनमा सरकारको सहभागिता र विदेशी पाहुनाका स्वागतमा सरकारको उपस्थितिलाई लिएर उनले प्रश्न उठाएका हुन्। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले एनजिओको कार्यक्रममा आएका पाहुनाको स्वागतमा उपप्रधानमन्त्री नै सहभागी भएको सरकारले कूटनीतिक मर्यादा नाघेको उल्लेख गरेका छन्। ‘गैरसरकारी संस्थाको निम्तामा आएका प्रधानमन्त्री सरहका नेताको विमानस्थलमा उपप्रधानमन्त्री स्वयंद्वारा स्वागत, यो कस्तो कूटनीतिक मर्यादा हो?’, उनले ट्वीट भनेका छन्, ‘ईशाइ धर्म प्रचारक भनिएको संस्थाको कार्यक्रममा सरकारकै यति ठूलो संलग्नता किन, कसरी?’

Read More

काठमाडौँ: नेपाल पर्यटन बोर्डले आव ७५÷७६ का लागि करिब एक अर्ब ७५ करोड बजेट रुपैयाँ विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महिनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ । बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार प्रवद्र्धनमा रु ३७ करोड ३५ लाख, प्रचारप्रसारमा रु ३२ करोड ५६ लाख ५० हजार बजेट खर्च गरिनेछ । त्यसैगरी पर्यटन सम्पदा तथा संशोधन विकासमा रु २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि रु ७६ करोड ६५ लाख विनियोजन गरिएको छ ।…

Read More