Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । शनिबार दिउँसो काठमाडौंको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । कुपण्डोलबाट पुल्चोकतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको हाे । सडकबाट पानी निस्कँदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान मात्र गरिएको छ । पानी निस्किएका कारण सडक नै भासिएको छ ।

Read More

काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले नयाँ राजनीतिक दल खानकै लागि जन्मिएकाे पार्टी भएको बताएका छन् । शनिवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै ओलीले अघिल्लो चुनावमा आफ्ना दलको भोट नयाँ पार्टीले खाएकोले २०८४ सालको चुनावमा सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले भने–‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो त ? हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती जन्मिएका खन्चुवाहरूले खाए होला नि । खान जन्मिएकाहरू छन् । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त ? त्यसकारण हामी होसियार हुनुपर्दछ, सक्रिय हुनुपर्दछ ।’ उनले अहिले आन्दोलनकारी प्रवृत्ति एकदम घटेको बताउँदै जनताको बहुदलीय जनवादको सरकार भएको…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाइृ जीवनको उत्तरार्धमा अझै बढी जोस आउन थालेको बताएका छन्। शनिबार मोरङको ग्रामथानमामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘अहिले म जीवनको उत्तरार्धतिर छु। तर किन हो अलि बढी जोस आउन लागेको छ। मलाई साथीहरूले किन यति धेरै दौडिएको भन्नुहुन्छ। मलाई जोस आएकै छ,’ प्रचण्डको भनाइ छ। साथै, उनले सुशासन र जनताको पक्षमा जीवनको अन्तिम क्षणसम्म लडिराख्ने कसम आफूले खाएको पनि बताए। ‘भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम खाएको छु। मलाई अरु धेरै केही गर्नु छैन, बाँचुञ्जेल बाँचेर जनताको सेवाको निम्ति समर्पित रहन्छ।…

Read More

काठमाडौँ:प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लक्षित व्यंगले भरिपूर्ण आलोचना र टिप्पणी गरेका छन्। शनिबार स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मेयर बालेनको नाम नलिइ ‘एउटा केटो’ भन्दै कटाक्ष गरे। प्रधानमन्त्री ओली र नेकपा एमालेप्रति आक्रामक देखिँदै आएका बालेनप्रति कटाक्ष गर्दै ओलीले कार्यकर्ताहरूलाई मैदानमा उत्रन समेत आग्रह गरेका छन्। ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ। त्यसलाई चाहिँ चलाउन हुँदैन है, त्यसलाई चलाउन हुँदैन। त्यो सँग जनमत छ। नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचारहरू स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित…

Read More

काठमाडौँ: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो। यसअघि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ भएका थिए। उनी राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएका थिए। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचीकृत भएका ५ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको थियो। समितिले उनीहरुसँग मंगलबार अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो। समितिले ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई संक्षिप्त सूचीमा सूचीकृत गरेको थियो। लगानी बोर्ड नेपालको सीईओ बन्न ८ जनाले आवेदन दिएका थिए। यसअघि सीईओ सुशील भट्ट चार…

Read More

काठमाडौँ: भूकम्पले भत्काएको धरहराको भग्नावशेष यथावत् राखी नयाँ निर्माण गरिएको काठमाडौँ सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवस (राष्ट्रिय दिवस) का दिन अस्थायी रूपमा भए पनि धरहरा खुला गर्ने निर्णय गरेको एकजना मन्त्रीले जानकारी दिए। २०७२ वैशाख १२ को भूकम्पमा पुरानो धरहरा ढलेपछि त्यसैको नजिकै नयाँ धरहरा बनाइएको छ। यसको मुनि भूमिगत पार्किङको व्यवस्था गरिएको छ। यस्तै, मन्त्रिपरिषद् बैठकले ४१ जना सहसचिवको सरुवा गरेको छ। केही मन्त्रालयका लागि कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी पनि एक मन्त्रीले दिए।

Read More

एजेन्सी: भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ। उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका थिए। निमोनियाजस्तो छातीमा संक्रमण भएपछि उनलाई भदौ १९ गते अस्पताल भर्ना गरिएको थियो।

Read More

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्राम गर्ने सुविधा नरहेको भन्दै तिब्रताका साथ सरकारका काम कारबाही अघि बढाउन मन्त्रीहरूलाई निर्देशन दिएका छन्। बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले मन्त्रीहरूलाई विश्राम गर्ने, अलमल गर्ने, ढिलो गर्ने छुट नरहेको बताए। प्रधानमन्त्री ओलीले अब कार्यक्षेत्रमा थप योजना र सक्रियताका साथ अघि बढ्नुपर्ने जिकिर गरे। मन्त्रालयबीच एकअर्कालाई सहयोग गर्ने भावना हुन जरुरी रहेको पनि उनको भनाइ थियो। ओलीले भने, ‘हामीसँग ढिलो गर्ने सुविधा पनि छैन, अलमल गर्ने सुविधा पनि छैन। विश्राम गर्ने सुविधा पनि छैन। अत्यन्तै तीव्र गतिले काम अघि बढाउनुपर्नेछ। हाम्रो गतिमा तीव्रता चाहिन्छ। काममा योजनाबद्धता चाहिन्छ। पारस्परिक साथ र…

Read More

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजारलाई हस्तक्षेप गर्नुपर्ने बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ वर्ष पूरा गरी ६२ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बजारको मूल्यमा साल्ट ट्रेडिङ कर्पोरेशन हस्तक्षेप गर्नुपर्ने बताएका हुन् । मन्त्री भण्डारीले भने, ‘असहज परिस्थितिमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन बस्तुको उपलब्धता गराएको छ । जुन रूपमा यो संस्था अगाडि जानु पर्ने हो त्यसरी जान सकेन । युरिया मलको विक्री वितरणमा त्यति सहज छैन । साल्ट ट्रेडिङ कर्पोरेशनसँग सरकारको अलि धेरै अपेक्षा राखेको छ । विभिन्न बस्तुमा हुने मूल्यको काट्लीङ र मूल्य वृद्धि रोक्नका लागि…

Read More

काठमाडौँ । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए । उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ । सत्ता पक्षले उपसभामुख इन्दिरा रानाबारे प्रश्न उठाउँदै उनलाई हटाउन खोजेको छ भने प्रतिपक्षी दलले यसको विरोध गर्दै आएको छ । यही विषयमा मंगलबार बुधबारको प्रतिनिधिसभा बैठकमा पक्ष विपक्षमा चर्को बहस भएको थियो । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बस्ने गरी बोलाएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश…

Read More