Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा सात बर्षअघिको आफ्नै फैसला उल्टाएर दुइजनालाई सफाई दिएको छ । न्यायाधीशहरु शारदप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी र डम्बरबहादुर शाहीको पुर्ण इजलासले झुटा विवरण र कागजावतका आधारमा कर्जा लेनदेन मुद्दामा भ्रष्टाचारी ठहर मएकामध्ये दुईजनालाई बिहीबार सफाई दिएको हो । सफाई पाउनेमा कृषि विकास बैंकका तत्कालीन कर्मचारीद्धय मीनबहादुर जिसी र गोविन्दप्रसाद जोशी छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Read More

कामठाडौं: कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको हो । एआईजी बस्नेत नेतृत्वको समितिले एक एसपी, दुई डिएसपी, तीन इन्स्पेक्टर, चार सई, तीन हवल्दार, पाँच जवानविरुद्ध कारबाही सुरु भएको हो । छानविन समितिले १८ जना प्रहरीकै गल्नी प्रस्ट रुपमा औँल्याएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

Read More

काठमाडौँ: सरकारका प्रबक्ता एबम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सराकारले यसै साता खरिद गरेको भनिएको भीभीआइपी हेलिकप्टर यही सरकारले खरिद नगरेको खुलाएका छन् । “यसै साता नेपाल भित्रिएको र मिडियामा छाएको हेलिकप्टर खरिदको कुरा यो सरकारको पालाको निर्णय नभएर तत्तकालिन रक्षा मन्त्री भीमसेनदास प्रधान तथा शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला भएको निर्णय हो,” संचारमन्त्री बास्कोटाले विहिबार आयोजित पत्रकार सम्मेलनमा भने। हेलिकप्टर खरिदबारे थप स्पष्ट पार्दै उनले भने, ” तत्तकालिन सरकारले कूल चार वटा हेलिकप्टर खरिद गर्ने भनी मिति २०७३ साउन १३ गते मन्त्रिपरिशदबाट निर्णय भएको थियो सो अनुरुप यसपाली त्यस चार वटा मध्येको एउटा हेलिकप्टर अहिले नेपाल आइपुगेको…

Read More

काठमाडौँ : किशोरी करणी गरेको आरोपमा प्रहरीले आज पाँच जनालाई पक्राउ गरेको छ । यसरी अनुसन्धानका लागि पक्राउ परेकामा कैलाली अत्तरिया नगरपालिका ६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच जना रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । धादिङ घर भई हाल चन्द्रागिरि नगरपालिका बस्ने १५ वर्षीया किशोरीलाई बुधबार बेलुका जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । चन्द्रगिरि नगरपालिकाको हालक्ष्मीस्थान नजिक ती किशोरीलाई अपरिचित व्यक्तिको समूहले त्रास देखाई जबर्जस्ती करणी गरेको भन्ने स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरीवृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गरेका छन्। महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा आज कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन भनेर ठोकुवा गर्न नसकिने बताए । पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौँले ३८ प्रहरीलाई निलम्वन गरिएको जानकारी दिए । “जनतालाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुःख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी सङ्गठनमा आबद्ध केही प्रहरीले पीडितलाई न्यायको…

Read More

काठमाडौँ: राष्ट्रिय ख्रीष्टियन महासङ्घले यही पुस १० गते अर्थात् डिसेम्बर २५ मा सार्वजनिक बिदाको माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सिवी गहतराजले उक्त समुदायको ठूलो पर्व क्रिसमस भएको हुँदा वर्षमा एक दिन सरकारले बिदा दिनुपर्ने बताए । दोस्रो जनआन्दोलनपछि नौ वर्षसम्म सार्वजनिक बिदा दिँदै आएकामा गत वर्षदेखि बिदा कटौती गरिएको महासङ्घले जनाएको छ । देशमा करीब १२ हजार चर्च तथा २५ लाख अनुयायी रहेको बताइएको छ । सरकारसँग भएको छ बुँदे सहमतिलाई तत्काल कार्यान्वयन गर्नुपर्नेलगायत मागसमेत महासङ्घले अघि सारेको छ । महासङ्घले गत महीना सम्पन्न गरिएको एशिया प्यासिफिक समिटले आफ्नो समुदायको भावनामा गम्भीर चोट पु¥याएकाले…

Read More

काठमाडौँ: पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर डा तीलक रावलसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आयोगले आज नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेल र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएको एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध रु दुई करोड ७३ लाख बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको हो । अख्तियारले तीनजनाविरुद्ध जनही रु ९१ लाख नौ हजार बिगो कायम गरेको छ । अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ, “नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइ…

Read More

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी समायोजन अध्यादेशका प्रावधानका विरुद्धमा कर्मचारीले आन्दोलन, धर्ना तथा जुलुसजस्ता कार्यक्रम गर्नुको औचित्य नरहेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारी समायोजनामा सरकारले काखा र पाखा नगरेको स्पष्ट पार्दै कर्मचारीको गुनासो सम्बोधन गर्न गुनासो सुनुवाइ समिति गठन भएको जानकारी दिए । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासनलगायत मन्त्रालयका प्रतिनिधि रहेका मन्त्री बाँस्कोटाले उल्लेख गर्दै भने, “कर्मचारीले अनुमानको भरमा सेवा, सुविधा यस्तो, त्यस्तो भनेर धर्ना, जुलुसमा उत्रिनुको कुनै अर्थ छैन ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घअन्तर्गत ४६ हजार, प्रदेशमा…

Read More

काठमाडौँ : सङ्घीय संसद्को अर्थ समितिले मेलम्ची खानेपानी आयोजना लागत नबढ्ने गरी तोकिएकै समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले आम देशवासीको प्रतिक्षाको विषय रहेको उक्त आयोजनालाई समयमै सम्पन्न गर्ने गरी प्रभावकारी रुपमा काम अघि बढाउन आग्रह गरेको हो । समितिका सभापति कृष्ण दाहालले आयोजना सम्पन्न हुने अवस्थामा फरक निर्णय गर्दा विभिन्न समस्या आउन सक्ने भएकाले समितिको मुख्य ध्यान लागत नबढाइ कन समयमै आयोजना सम्पन्न होस् भन्ने उद्देश्य रहेको उल्लेख गरे । पछिल्लो समयमा मेलम्ची आयोजनाको ठेकेदार कम्पनी आयोजना नै अलपत्र पारेर भाग्न खोजेको भनी सञ्चारमाध्यममा छाएपछि समितिले मन्त्रालय र आयोजनाका पदाधिकारीसँग जानकारी…

Read More

काठमाडौँ:साताको कारोवारको अन्तिम दिन शेयर बजारमा सुधार आएको छ । आज बिहिबिर नेपाल स्टक एक्सचेञ्ज कारोवार मापक नेप्से परिसूचक ३ दशमलव १८ अंकले बढेर एक हजार १६५ दशमलव ९७ अंकमा पुगेको । बुधबार नेप्से परिसूचक ५ दशमलव ४६ अंकले, मंगलबार १४ दशमलब ६१ अंकले घटेको थियो । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ अंकले बढेर २४८ दशमलव ०७ अंकमा पुगेको छ । आजको कारोवारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३० दशमलब ४९ अंकले, जीवन बीमा १९ दशमलब ५१ अंक र बाणिज्य बैंक ३ दशमलब ४९ अंकले बढेको छ । त्यसैगरी, विकास बैंक १२ दशमलब…

Read More