Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन् । दुवै जना सदोहर दाजुभाइ हुन् । बेलौरीमा रहेको मामाघरमा विवाहमा सहभागी हुन आमा विमला देवी सुनारसँगै जाने क्रममा घरबाटै जेठी आमा सीता देवी सुनारले पकाएर दिएको चाउमिन बाटोमा खाँदा दुवै जनाले बान्ता गर्न थालेपछि बेलौरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि भर्ना गरिएको परिवारलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “बेलौरीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याए पनि दुवै…
डोटी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ । भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका नोट नचलाउने सरकारको निर्णयपछि सुदूरपश्चिम प्रदेशका स्थानीयवासी समस्यामा परेका हुन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीले घर फर्किदा ल्याएका भारतीय नोट अहिले नसाटिन थालेपछि उनीहरु निकै समस्यामा परेको डोटीका स्थानीयवासी चेतराज भट्टले बताए । ‘रोजगारी गरी भारतबाट फर्किदा उनीहरु भारतीय नोट ल्याएका छन्, सरकारले भारतीय नोट नसाट्ने भनेपछि समस्या भएको छ, उनले भने, “हामीले कमाएर ल्याएको सम्पति कहाँ गएर साट्ने ।” दिपायल पिपल्लास्थित किरण इलेक्ट्रोनिकका सञ्चालक किरण भण्डारीले आफू कहाँ दैनिक दजर्नौ ग्राहकहरु भारतीय रुपैयाँ लिएर आउने…
काठमाडौँ: बढ्दो सवारी जाममा कमी ल्याउन काठमाडौँ महानगरपालिकाले आइतबारदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधानले यात्रु पर्खेर बस्न नपाउने गरी ओराल्ने र चढाउने (पिक एण्ड ड्रप) अभियान शुरु गर्दैछ । एउटा सवारी साधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएर धेरैको उत्पादनशील समय बर्बाद भएको, इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस प्रकारको समस्यामा न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ अभियान शुरु गर्न लागेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । टुँडिखेललाई केन्द्र बनाउँदा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट भद्रकालीसम्मको सडकमा सबैभन्दा बढी समस्या देखिएको थियो । यस ठाउँबाट विभिन्न रुट भएर विभिन्न ठाउँमा विभिन्न कम्पनीका सवारी साधन चल्छन् । पहिलो चरणमा विभिन्न ११…
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्यास लिएका छन् । नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्यासको घोषणा गरेका शक्तिले आजदेखि औपचारिक बिदाइ लिएका हुन् । त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा समेत व्यक्त गरेका थिए । सोहीअनुरुप यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध मैदान उत्रदै क्रिकेटबाट सन्यास लिएका हुन् । इपिएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् । बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए । उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो…
काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले धनी बन्न विदेश जानु नपर्ने र घुस पनि खानु नपर्ने बताएका छन् । यहाँ आज आयोजित ‘असल अर्थशास्त्र’ पुस्तक विमोचन कार्यक्रममा उनैल भने, “देशभित्रै व्यापार व्यवसायका लागि प्रशस्त सम्भावना रहेकाले धनी बन्नका लागि विदेश जानै पर्दैन, घुस खानै पर्दैन ।” गभर्नर डा नेपालले जागिरमा मात्रै ध्यान गएकाले नेपालीहरुमा उद्यमी बन्ने सोच अझै विकसित हुन नसकेको उल्लेख गर्दै अरुलाई जागिर दिने मान्छे बन्नुपर्ने आजको आवश्यकता रहेको बताए । “व्यापार भनेको नयाँ अन्वेषण र योजना हो”, उनले भने, “व्यापार गर्नेको तीक्ष्ण दिमाग हुन्छ, त्यसैले अब घरबाटै आविष्कारीय र व्यापारिक योजना शुरु गर्नुपर्छ ।” गभर्नर…
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ । समायोजनमा जाने कर्मचारीलाई सहज र सुलभका लागि हेल्प डेस्क सञ्चालन गर्न थालिएको मन्त्रालयका समायोजन शाखाका प्रमुख केदार पनेरुले जानकारी दिए । समायोजनमा जाने सबै कर्मचारीले सोही डेस्कबाट नै फारम भर्नुपर्नेछ । उहाँका अनुसार मन्त्रालय, आयोग, सचिवालय, सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा सो डेस्क सञ्चालन हुनेछन् । सबै सरकारी कार्यालयमा डेस्क सञ्चालन गर्नका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ । उनले पुसको पहिलो हप्ताभित्रमा डेस्क सञ्चालन गरिने बताए ।…
काठमाडौँ: सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसहित आज बसेको बैठकले सो निर्णय गरेको हो । यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार यातायात सेवा सञ्चालन दर्ता तथा पञ्जीकरण सम्बन्धमा बसेको सो बैठकले साविकमा यातायात समितिअन्तर्गत सञ्चालित विभिन्न यातायात सेवालाई कम्पनीमा लैजान केही कानूनी प्रावधान संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख छ । कम्पनीमा लैजान कम्पनी ऐन, २०६३ को दफा ९ मा रहेको प्रावधानमा केही संशोधन गर्न आवश्यक देखिएको र संशोधनका लागि केही समय लाग्ने भएकाले म्याद…
काठमाडौँ: गृह मन्त्रालयले ३३ किलो सुनसहित भारतबाट दुई नेपाली पक्राउ परेको जानकारी दिएको छ। गृहका अनुसार पक्राउ पर्नेमा इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसाद रहेका छन्। दुबै इटहरीका भएको गृहको दाबी छ। गृह स्रोतले दुबैलाई भारतको डाइरेक्टटोरेट रेभिन्यू इन्टेलिजेन्स ब्युरोले गत डिसेम्बर ७ तारिखमा पक्राउ गरेको जानकारी दियो। ब्युरोले दिल्ली–कोलकाता राजमार्गस्थित दनकुनी प्लाजाबाट मारुती स्वीफ्ड गाडी नियन्त्रण लिएर सुन बरामद गरेको मन्त्रालयले जनाएको छ। उक्त सुन गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको हुन पनि सक्ने शंका गृहको छ। पश्चिम बंगालस्थित दनकुनी प्लाजा नजिकबाट कोलकाता–दिल्ली सिधा रेलवे स्टेशन छ। उक्त सुन दिल्ली लैजान प्लाजामा राखिएको हुनसक्ने आशंका गरिएको छ। ‘
काठमाडौँ: पर्यटन विभागले आलु आवको चार महीनामै ४६ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ । विभागले यो वर्षका लािग एक अर्ब १३ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य लिएकामा प्रथम चौमासिकमै रु ४६ करोड राजश्व उठाउन सफल भएको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगतका वर्षभन्दा यो वर्ष लक्ष्यभन्दा उल्लेख्य रुपमा राजश्व सङ्कलन वृद्धि हुने अनुमान गरिएको बताए । सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी जुवाघर (क्यासिनो) बाट उठेको हो । अघिल्लो वर्ष क्यासिनोबाटै रु ५० करोडभन्दा बढी राजश्व उठेको थियो । विभागबाट दर्ता हुने होटल, ट्राभलआदि पनि राजश्वका मुख्य स्रोत हुन् । विभागले आव २०६४÷७५ एक अर्ब रु १३ करोड राजश्व उठाएको…
काठमाडौँ: नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको छ । लगातार पाँच पटकसम्म कारवाही परेमा चालक अनुमतिपत्र ६ महीनाका लागि निलम्बन गर्न सकिने कानूनी व्यवस्थाअनुसार सो अभियान थालिएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको समन्वयमा मङ्सिर २० गतेबाट नियम विपरीत चल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने योजनाअनुसार अभिलेख राख्न शुरु गरेको हो । सो अभियानअन्तर्गत अहिलेसम्म ३०० बढी चालक कारवाहीमा परेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार…