Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: माइबेनी जलविद्युत् आयोजनामा नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकले रु एक अर्ब ८६ करोड लगानी गर्ने भएका छन् । आयोजनाको प्रवद्र्धक सामलिङ पावर कम्पनी र बैंकका प्रतिनिधिबीच आज यहाँ ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । कूल नौ मेगावाट क्षमताको सो आयोजनामा बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धकले २५ प्रतिशत लगानी गर्ने भएका छन् । सम्झौतामा कम्पनी अध्यक्ष विजयबहादुर राजभण्डारी, नेपाल एसबीआर्ई बैंकका प्रतिनिधि बद्रीलाल आमात्य र सिद्धार्थ बैंकका चन्दन कार्कीले हस्ताक्षर गरे । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले वर्षामा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ८० पैसामा खरीद गर्ने सम्झौता भइसकेको छ । इलाममा…
गौर: ऊर्जा जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुनले सुनकोशीको पानीले तराई क्षेत्रमा सिँचाइ गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन । नारायणी नहर, बकैया र वाग्मती बाँध, पतौरा शवस्टेशन तथा मौलापुर विद्युत् शाखाको निरीक्षण पछि रौतहट कटहरियामा आज आयोजित जनसभामा उनले भने, “सुनकोशीको पानीले तराईका एक लाख २२ हजार हेक्टर जग्गामा सिँचाइ गर्ने योजना सरकारले अगाडि बढाएको छ ।” मन्त्री पुनले सुनकोशीको पानी १३ किलोमिटर सुरुङ खनेर मरिण हँुदै वाग्मती नदीमा झारेर मध्यतराईका रौतहट, बारा र सर्लाही जिल्लाको जग्गामा सिँचाइ गर्ने योजनाअनुसार काम भइरहेको उल्लेख गर्दै यसका लागि डिपिआरको काम अन्तिम चरण पुगेको जानकारी दिए । “यो योजनालाई सरकारले उच्च…
बेत्रावती : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइतेको उद्धार गरिएको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसीपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए । उहाँको अनुसार दुर्घटनामा तीन महिला र १५ पुरुषको मृत्यु घटनास्थलमा नै भएको हो । मृतकमध्ये घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेँशीका रितेश पण्डितको पहिचान खुलेको छ । घटनास्थलबाट उद्धार गरिएकामध्ये सात जनालाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ भने बाँकीलाई यातायातका साधन नहुँदा उपचारको लागि पठाउन कठिनाइ भएको…
काठमाडौँ : म्याग्दीको मालिका गाउँपालिकामा प्रवासी नेपालीको अगुवाइमा दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैरआवासीय नेपालीसँगै स्थानीयवासीको समेत लगानी हुनेछ । मालिका गाउँपालिका–६ दुखुवेँसी (बलौटे) मा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले आयोजनाको विद्युत्गृहको शिलान्यास गरे । स्थानीय सात बीम, देवीस्थान र धारापानीको सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने सो आयोजना आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । रु पाँच अर्ब १५ करोड लागत रहने आयोजनामा ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानी रहने…
काठमाडौँ: दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ व्यापार र लगानी अत्यन्त कम भएको बताए । अर्थमन्त्री युवराज खतिवडाले प्रतिवेदन सार्वजनिक गर्दै तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाएर आर्थिक समृद्धिको मार्गमा नेपालउन्मुख हुनसक्ने बताए। उनले भने, “पर्यटनलगायत तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर बन्दव्यापार विस्तार हुनका साथै रोजगारीका अवसर पनि सृजना हुन्छन् ।” अहिलेको प्रतिस्पर्धात्मक बजारमा परम्परागत उत्पादनले नधान्ने यथार्थ औँल्याउँदै मन्त्री डा…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा सवैधानिक व्यवस्थानुरुप प्रधामन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न परिषद्का पदाधिकारीलाई सुझाव दिनुभयो । नेपालको संविधानको धारा २६६ मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्रीको…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले यूनिभर्सल हाइड्रो पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई ९६ करोड लाख ६१ लाख रुपैयाँ बराबरको ९६ लाख ६१ हजार कित्ता शेयर विक्रीको अनुमति दिइएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई २१ लाख ३५० कित्ता साधारण शेयर बिक्री गर्नेछ । आयोजना प्रभावित दोलखा जिल्लाका गौरीशङ्कर गाउँपालिका वडा नं ५, ६ र ८, कालिञ्चोक गाउँपालिका वडा नं ३ र बिगु गाउँपालिका वडा नं ४ का बासिन्दालाई साधारण शेयर बिक्री गर्नेछ । यस्तै सर्वसाधारणलाई ७५ लाख ६१ हजार २६० कित्ता शेयर बिक्रीको तयारी गरेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल…
काठमाडौँ : बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४÷७५ मा एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार रुपैयाँ वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी सात अर्ब सात करोड ९६ हजार रुपैयाँ रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक आजदेखि शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेका पार्टी कार्यालयले जनाएको छ । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने छ । प्रवक्ता शर्माका अनुसार महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी…
लमही: दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । पुनको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । हाँसीपुर प्रहरीचौकी…