Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ । चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ । गत वर्षको सोही अवधिमा बैंकले रु ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महीनामा रु एक खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरी रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी रु नौ अर्ब पुगेको छ भने जगेडा कोष १४१ दशमलब ६७ प्रतिशतले बढेर रु १२ अर्ब ५४ करोड पुगेको बैंकले आज सार्वजनिक…
काठमाडौँ: देशकै ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले सूचनाको हकसम्बन्धी ऐन र संविधानको बर्खिलाप हुने गरी नागरिकको सूसुचित हुन पाउने हकको हनन् गरिरहेको छ । प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयमा सूचना माग्ने र पाउने हक हुनेछ भनी नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ९३० मा व्यवस्था गरिए तापनि त्रिविले यो हक कार्यान्वयन गर्न आनाकानी गरिरहेको छ । सूचनाको हकसम्बन्धी ऐन २०६४ प्रयोग गरी सूचना अभियन्ता सविन पोखरेलले गत साउन २८ गते त्रिभुवन विश्वविद्यालयमा आव २०७४÷७५ अन्तर्गत २०७५ असार मसान्तसम्म नेपाल सरकारबाट स्वीकृत शिक्षण र प्रशासनिक कर्मचारीहरुको तहगत ढाँचामा दरबन्दी विवरणको प्रमाणित प्रतिलिपि…
काठमाडौँ: प्रतिनिधिसभा अर्थसमितिको आज बिहान ९ बजेका लागि निर्धारित बैठक सदस्यको न्यूनतम उपस्थित सङ्ख्या नपुगेपछि स्थगन भएको छ । बैठकमा पूँजीगत खर्च र गैरबजेटरी निकासाबारे छलफल हुने कार्यक्रम थियो । पच्चीस सदस्यीय समितिको उक्त बैठक सञ्चालनका लागि न्यूनतम १३ जना सांसद उपस्थित हुनुपर्नेमा ९ः३० बजेसम्म नौ जनामात्र उपस्थित भएपछि बैठक स्थगन भएको हो । बैठकमा सहभागी हुन अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीका साथै अन्य सरोकारवाला मन्त्रालयका सचिव र उच्चपदस्थ अधिकृत बिहान ९ बजेअघि नै उपस्थित भइसकेका थिए। न्यूनतम उपस्थित सङ्ख्या नपुगेर स्थगन भएपनि विशेष कारण परेकाले दिउँसो १ बजे बस्ने गरी बैठक स्थगन गर्नुपरेको सूचना समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी…
दमौली: तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताउनुभयो । पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उहाँले बताउनुभयो । ड्रागन हीरा एण्ड नमिता जेभीले रु चार करोड सात लाखको लागतमा पुल निर्माणको ठेक्का…
काठमाडौँ: प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्न व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ । बैठकले न्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत…
काठमाडौ: नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र तयार हुने भएको छ । नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेश थिएटर) रहने छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ । अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ । भवनभित्र पोष्ट अपरेटिभ, ४० श्ययाको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहने छन् । यसैगरी ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले जनाएको…
रुकुम पश्चिम: रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन् । बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उहाँले बताउनुभयो । बुढाले आफ्नै…
भक्तपुर: अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि क्षयरोग केन्द्र अगाडि मूल सडकमा गए राति ११ बजे तीन सवारीसाधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा२ख १६५४ नंको मिनीट्रक चालक काभ्रे बनेपा नगरपालिका–४ नाला बस्ने ३४ वर्षीय राजेन्द्र श्रेष्ठ र सोही ठाउँ बस्ने २८ वर्षीय सहचालक टार्जन श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । काठमाडाँैबाट भक्तपुर जाँदै गरेको बा२क ३९३५ नंको टिपर र सो भन्दा पछाडि बा२ख १६५४ नंको मिनीट्रक रोकिराखेको स्थानमा सोही दिशाबाट आउँदै गरेको बा५ख ३७६५ नंको काभ्रे काठमाडौँ नगरबसले पछाडिबाट ठक्कर दिँदा मिनीट्रक उछिट्टिएर टिपर…
बाजुरा : ढुवानी अनुदानको भानु नुनमा कालोबजारी भएको छ । बजार मूल्य नौ रुपैयाँ रहेको नुन खरिद गर्दा उपभोक्ता २५ रुपैयाँ तिर्न बाध्य छन् । ढुवानी अनुदानको नुन बिक्री गर्ने जिम्मा बाजुरास्थित साल्ट ट्रेडिङ लिमिटेडको डिपोलाई मात्रै छ । डिपोका कर्मचारीले व्यापारीसँग कमिसन लिएर नुन बिक्री गरिरहेका छन् । ‘डिपोमा जाँदा छैन भन्छन्, पसलमा जाँदा पाइन्छ । व्यापारीबाट खरिद गर्दा हामी बढी मूल्य तिर्न बाध्य छौं’, खप्तड छेडेदह गाउँपालिका–१ की भाना थापाले दुखेसो गरिन् । व्यापारीबाट २५ रुपैयाँमा एक किलो नुन किन्नुपर्छ बूढीगंगा नगरपालिकाका भुवन थापाले भने । ‘कर्मचारीले किलोमा चार रुपैयाँ कमिसन लिन्छन् । व्यापारीले २५ रुपैयाँमा बिक्री गर्छन्’,…
बाँके: सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माएका हुन् । विसं २०७२ को महाभूकम्पमा परी उनका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकी बुहारी शर्माको शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाएका हुन् । “मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको शुरुआत गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी…