Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पछिल्लो केहि वर्षदेखि अलैचीको उत्पादन तथा निर्यात बढ्दै गएको छ । हाल अलैंची नेपलाबाट निर्यात हुने बस्तु मध्ये पाँचौ स्थानमा रहेको छ । व्यवसायीहरुका अनुसार नेपालबाट वार्षिक ५ अर्व रुपैयाँ भन्दा बढीको अलैची निर्यात हुने गरेको छ । नेपालमा पूर्वी पहाडबाट शुरु भएको अलैँचीको व्यवसायीक खेती हाल ४५ जिल्लामा फैलिइसकेको छ । व्यापार तथा निकाशी प्रबर्धन केन्द्रका अनुसार गत वर्ष नेपालबाट ४ अर्ब ८४ करोड रुपैयाँको अलैंची निर्यात भएको थियो जुन अघिल्लो वर्षको तुलनामा २५ दशमलब १ प्रतिशतले बढी हो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ७५ करोडको अलैंची निर्यात भएको छ । अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल…
काभे्रपलाञ्चोक: मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको संयोजकत्वको छानबिन समितिले अनुसन्धान गरिएकामा मङ्गलबारदेखि पुर्पक्षमा राखेर छानबिन गरिएको हो । उक्त दुर्घटनामा घाइते डिआइजी भण्डारीलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा र २४ वर्षीय पत्रकार जीवन पराजुली तथा टे«ड युनियन काङ्गे्रसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । छ जना सवार बा३च २८७ नंको ल्याण्डक्रुजर कच्ची सडकबाट करीब…
म्याग्दी: अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले बताए । म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा विसं २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट (फोरवे) तर्फको एक हजार र…
काठमाडौं: २५ वर्षमा प्रत्येक नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँच सय अमेरिकी डलर पुग्ने गरी सरकारले लक्ष्य निर्धारण गर्ने भएको छ। राष्ट्रिय योजना आयोगले ‘नेपालको दीर्घकालीन सोच, सन् २०४३’ अवधारणापत्रमार्फत यो लक्ष्य तय गरेको हो। २५ वर्षमा नेपाल उच्च आयस्तरसहितको विकसित मुलुक (ओईसीडी)का रूपमा रुपान्तरण हुनेछ। प्रधानमन्त्री केपी ओलीले उक्त अवधारणापत्र स्वीकृत गरिसकेका छन्। अबको गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेकाले पाँच वर्षमा दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ दीर्घकालीन अवधारणापत्र तयार पारिएको आयोगका उपाध्यक्ष प्राध्यापक पुष्पराज कँडेलले बताए। ‘नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा रुपान्तरण हुनेछ’, उनले भने। प्रतिव्यक्ति आय चार…
एजेन्सी : घरेलु लिग ला लिगामा खराब प्रदर्शन गरिरहेको स्पेनिस पावर हाउस क्लब रियल मड्रिड च्याम्पियन लिगमा आफ्नो प्रभाव कायममै राख्न सफल भएको छ । मंगलबारको खेलमा बलियो प्रतिद्वन्द्वी इटालियन क्लब रोमालाई उसकै मैदानमा २–० ले हराएर सानदार जित निकाल्न सफल भयो । पहिलो हाफ बराबरीमा सकिएकोमा दोस्रो हाफ सुरु हुनेबित्तिकै ४७ मिनेटमा बेलले गोल गरी रियललाई अग्रता दिलाए । ५९ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गरी अग्रता दोब्बर बनाए । यही नै अन्तिम नतिजा बन्न पुग्यो । जितसँगै गत सिजनको विजेता टोली रियल मड्रिड समूह विजेताको रुपमा नकआउट चरणमा पुग्ने पक्का भएको छ । समूह जीमा रहेको रियल मड्रिडले…
उर्लाबारी: मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए।
इस्लामवाद: पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा निम्ता गर्ने भएको छ । सन् २०१६ मा इस्लामवादमा हुनुपर्ने सम्मेलन भारतकै कारण रोकिएको थियो । भारतले उरी आक्रमणको बहानामा सार्कमा सहभागी हुन अस्वीकार गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजले मोदीलाई निम्ता गरिने जानकारी दिए । सार्क सम्मेलन जसरी पनि सफल बनाउने उनले बताए । यद्यपि भारतसँगको सम्बन्ध नाटकीय रुपमा सुधार हुन नसक्ने फैजलको भनाई छ । हामीले भारतसँग युद्ध लडेका छौँ । एकाएक सम्बन्ध सुधार हुन सक्दैन, समय लाग्छ, उनले भने । हरेक दुई बर्षमा आयोजना हुने सार्क सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो ।, आजको अन्नपुर्ण…
काठमाडौं: महालेखा परीक्षकको कार्यालयले नेपालमा सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईएनजीओ मार्फत सञ्चालित विभिन्न परियोजनासँग एक खर्ब रुपैयाँ बराबरको विवरण मागेको छ। अर्थ मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद् र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग महालेखाले गत आर्थिक वर्षसहित सञ्चालनमा रहेका तथा आगामी आवका लागि सञ्चालन अनुमति पाएका आईएनजीओको कार्ययोजना र आर्थिक विवरण मागेको हो। महालेखाका अनुसार करिब ५०० आईएनजीओ छानबिनको दायरामा छन्। देशभर ४७ हजारभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सञ्चालनमा छन्। त्यसमध्ये करिब ३०० आईएनजीओले वार्षिक रूपमा अर्बौँ रुपैयाँ सामाजिक कामका नाममा खर्च गर्दै आएका छन्।, आजको कारोवार दैनिकमा यो खबर छ ।
ललितपुर: निर्माणधिन काठमाडौँ–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरि चर्चामा छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यो फास्ट ट्रयाककै खोकनाको कुदेश हुदैँ जान्छ । कुदेशमै सडकको रेखांकन गरिसकिएको छ । तर सडकका लागि रेखांकन गरिएको भागमै पुरातात्त्विक सम्पदा भेटिएपछि संघीय संसद् समितिमा समेत यस विषयले प्रवेश पाएको छ ।
काठमाडौं: झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास शीर्षकमा समाचार प्रकाशन गरेको थियो । चन्द्रविरुद्ध उजुरी नपरे पनि महाशाखाको नियमित मोनिटारिङका आधारमा उक्त समाचार भ्रमपुर्ण भएको प्रमाण फेला परेपछि पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी नरेन्द्र चन्दले बताए ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।