Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: निर्यातको तुलनामा झन्डै चार गुणाले आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६९ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम चार महीनाको अवधिमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.२ प्रतिशतले वृद्धि भई ६९ अर्ब ७ करोड ५८ लाख पुगेको छ । चालू आर्थिक वर्षको सुरुदेखि नै इन्धनकोखपत बढेको छ । कुल आयातमा पेट्रोलियम पदार्थको आयात हिस्स झन्डै १५ प्रतिशत रहेको छ । विकास निर्माणको कमले गति…
भक्तपुर (भादगाउँ): विश्व एड्स दिवस मनाइरहदा एड्सबाट सङ्क्रमित चाँगुनारायण नगरपालिका ताथलीको इँटाभट्टामा मजदुरी काम गर्ने २७ वर्षीया कान्छी लामा (नाम परिर्वतन) को दुखेसोलाई कसैले बुझेको छैन् । सिन्धुपाल्चोक घर भई हाल भक्तपुरमै बसोबास गर्ने कान्छीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा ११ वर्ष भारत बसेका बेला एड्सको सिकार बनेका थिए । दुई वर्ष अगाडि भाइको विवाहका लागि नेपाल आउने क्रममा बिरामी भएर जाँच गराउँदा उहाँलाई एड्स लागेको पत्ता लागेको लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँसँगै म र मेरो पाँच वर्षे छोरामा एड्सको जीवाणु भेटियो, अहिले हामी तीनै जना एड्सबाट सङ्क्रमित छौँ ।” श्रीमान्कै कारण परिवारलाई नै एड्स सरेपछि गाउँमा अपहेलित हुने डरले…
दमौली: मन्त्री र सांसद भइसकेको व्यक्ति पनि कृषि पेशामा लाग्लान् र भन्ने धेरैको आशङ्का हुने गर्दछ । हुन पनि धेरै राजनीति गर्ने नेताहरु मन्त्री भइसकेपछि राजनीतिलाई नै अगाडि बढाउने गर्छन् । निकै कम मात्रै नेताहरुले कृषि पेशालाई अङ्गालेका छन् । तिनै मध्येका एक हुनुहुन्छ बन्दीपुर गाउँपालिका–१ पिप्लेका भीमप्रसाद गौतम । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बन्नुभएका गौतमले आफ्नै ठाउँमा माछापालन गरिरहनुभएको छ । डेढ वर्षअघिदेखि गौतमले आफ्नै जग्गामा माछापालन शुरु गर्नुभएको हो । नयाँ शक्ति नेपालका नेता रहनुभएका गौतमले राजनीतिसँगै कृषि पेशालाई अगाडि लैजान माछापालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेता भएर भाषण गर्ने प्रवृत्ति हाम्रो समाजमा धेरै छ…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले २१औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् । आजदेखि यहाँ शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान, प्रविधि, सञ्चारका क्षेत्रमा प्रगति भएपनि गरीबी, अशिक्षा, जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रका चुनौतीहरुको सामना गरिरहनुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय व्यापार, नवप्रर्तन, संस्कृति आदिका माध्यमबाट एशियाली मूल्य र मान्यताका साथ सहकार्य बढाउन आह्वान गरे । जलवायु परिवर्तन विकास र मानवीय अस्तित्वकै लागि चुनौती भएकाले हिमालहरुको पग्लने क्रम रोक्ने उपायहरुबारे सोच्नुपर्नेमा पनि उनले जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रियाको मूलभूत सफलता, संविधान…
मुम्बई: भारतमा आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुगेको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले दिएको विवरण अनुसार चालु आर्थिक बर्षको अघिल्लो त्रैमासिकभन्दा जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा कुल ग्राहस्थ उत्पादन (जिडिपी) ८.२ प्रतिशतले वृद्धि भएको छ । अहिलेको आर्थिक बृद्धिदर अघिल्लो बर्षको यही अवधिको भन्दा ६.३ प्रतिशतले बढी रहेको अधिकारीहरुले बताएका छन् । यो तथ्याङ्कले भारत विश्वकै तीव्र गतिमा आर्थिक बृद्धिदर हुने देशमा पर्ने देखाएको छ । तर नियमित रुपमा द्रुत गतिमा आर्थिक बृद्धि कायम राख्ने चुनौती भने उत्तिकै रहेको विश्लेषकहरुले बताएका छन् । एएफपी
सङ्खुवासभा: पाँच वर्षमा जलविद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएको अरुण तेस्रो आयोजनाको पावर हाउस निर्माणको शिलान्यास गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शतिशकुमार शर्माले मङ्गलबार चिचिला गाउ“पालिकामा पर्ने पुखुवामा विद्युत् गृह निर्माणको शिलान्यास गरे । उनले तोकिएको समयमा अरुणबाट बिजुली निकालिसक्ने बताए । बाँध क्षेत्रमा पनि धमाधम काम भइरहेको उनले बताए । बाँध क्षेत्रबाट सुरुङ मार्गको काम तीव्र गतिमा भएको छ । प्रमुख कार्यकारी अधिकृत शर्माका अनुसार १२६ मिटर सुरुङ निर्माण भइसकेको छ । “सुरुङ ११ दशमलब ७४ किलोमिटर निर्माण गर्नुपर्नेछ”, उनले भने, “हामीले काम अघि बढाइसकेका छौँ ।” छ्याङकुटीबाट विद्युत् गृहसम्म एक महीनाअघि कच्ची सडक पुगिसकेको छ ।…
काठमाडौं : सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् । महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो । शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालयमध्ये केहीमा ८०…
धादिङ: पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबका दश वर्ष आर्थिक विकास गर्ने योजना बनाइएकाले सबैलाई यसतर्फ क्रियाशील हुन आग्रह गरेका छन् । बेनिघाटरोराङ गाउँपालिका–५ चरौँदीमा कृषि पर्यटन तथा औद्योगिक मेलाको आज उद्घाटन गर्दै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । उनले सरकारले एक वर्षभित्र विकासका केही काम गरेको र अब चार वर्षमा आर्थिक विकासमा देशले फड्को मार्ने दाबी गरे । धादिङ जिल्लाका सबै गाउँपालिकामा पक्की सडक बनाइने, बूढीगण्डकी जलविद्युत्लाई छिट्टै निर्माण शुरु गरेर देशको विकासमा टेवा पु¥याइने, चाइनाको सिगात्सेबाट आउने रेल रसुवा, धादिङ हुँदै लुम्बिनी पु¥याइने, तरकारी सुपरजोनका रुपमा…
काठमाडौँ : नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहलाई नदिन संविधान संशोधन हुनुपर्नेलगायत २६ सूत्रीय माग राखी आज राजधानीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसअगाडिबाट ¥याली शुरु भई भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको कार्यक्रममा शिक्षक नेताहरुले आफूहरु र नेपाल सरकारबीच विगतमा भएको पेशागत र शैक्षिक मागहरु पूरा हुनुपर्ने बताएका छन् । महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थानीय तह भर्खरै स्थापित भएको र यसको स्रोतसाधन र अनुभवका दृष्टिमा समेत विद्यालय तहको सञ्चालन र व्यवस्थापन गर्न ती तह तयार भइनसकेको बताए । संविधानअनुसार माध्यमिक तह (कक्षा १ देखि १२ सम्म) स्थानीय तहको कार्यक्षेत्रमा राखिएको छ । उनले माविसम्म निःशुल्क…
काठमाडौँ : क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै काभ्रेका नवीन तामाङसँग रु २९ लाख र धिरेन्द्रकुमार पुलामीसँग रु २२ लाख, दोलखाका सुदीन खड्कासँग रु २७ लाख २० हजार तथा भक्तपुरका रामकृष्ण सुवालसँग रु १९ लाख ९० हजार र डेकराज कार्कीसँग रु १९ लाख तथा जयराम सुकुभुटुसँग रु २० लाख रकम लिएको…