Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका २१ केन्द्रिय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन् । बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् । गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दैै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पोडेलमार्फत अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमदल दाहाललाई ज्ञानपत्र बुझाएका थिए । सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्या विभाजन भन्नेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । त्यस क्रममा नेता गौतमले…
धादिङ: पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको थालनी जिल्ला तहबाट नै गरिदिनुपर्ने बताउनुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । उहाँले कांग्रेस पार्टीमा देखिएको गुट अन्त्य गरी पार्टी एक गर्ने सुरुवात धादिङ जिल्लाबाट नै हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्वमहासमिति सदस्य तेजप्रसाद उप्रेतीको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले भन्नुभयो, ‘पार्टी एकता कायम गर्नु जरुरी छ । पार्टी एकता भएन भने कम्युनिस्ट शासनले देशलाई मास्दै जान्छ । ’
काठमाडौं: छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू !, आजको नयाँ पत्रिकामा यो मुख्य खबर रहेको छ । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’ मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि सुरु भएको थियो । त्यो सिलसिला करिब ६ महिना चल्यो । विदेशमा रहेका बाबु फर्केपछि उनले बाबुलाई त्यो कुरा सुनाइन् । बाबुले ‘त्यति बुढो मान्छेले पनि त्यस्तो गर्छ र ’ भने । उनका बाबुका चार…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ आयोजनाको अनुसन्धान थालेको छ। ठेक्का लिएर लामो समय अलपत्र पुल, सडक, सिँचाइ आयोजना, भवनको विस्तृत अनुसन्धान थालेको हो। ठेक्का अवधि सकिएका, बारम्बार म्याद थप्ने, ठेकेदार सम्पर्कविहीन रहेका अलपत्र आयोजना अख्तियारले अनुसन्धान दायरामा पारेको छ। हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण राजमार्गका पुल र सडकखण्डको विस्तृत अनुसन्धान गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ। उसले १४ पुल, सडकको अनुसन्धान गरिरहेको छ भने स्वास्थ्यका भवन, भवन विभागअन्तर्गत निर्माणाधीन भवन, सडक विभागले बनाएका पुल तथा सडक, सिँचाइ आयोजना, नदी नियन्त्रण आयोजनाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ। अलपत्र हुलाकी राजमार्ग वीरगन्ज क्षेत्रअन्तर्गतका तियर पुल, जमुनी पुल, नाला–१ वीरेखोला…
काठमाडौं: यातायात व्यवस्था विभागका प्राविधिकहरुले सिस्टमकै दुरुपयोग गरी बिक्री गरेका सवारीचालक अनुमतिपत्र प्रदेश सरकारले रद्द गरेको छ । प्रदेश नम्बर ३ को भौतिक पुर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था सवारीचालक अनुमतिपत्र ललितपुरले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै सिस्टमको दुरुपयोग गरी जारी गरिएका सबै लाईसेन्स रद्द गरिएको जानकारी दिएको छ । ललितपुर एकान्तकुना लाईसेन्स कार्यालयले मंसिर ५ गते विभागको नाममा पत्र लेख्दै कार्यालयको अभिलेखबाहेक विभिन्न मितिमा अनधिकृत ढंगबाट जारी भएका ६ सय ३५ वटा लाईसेन्स रद्द गरेको हो । विभागले नै आर्थिक प्रलोभनमा परी बिक्री गरेको लाईसेन्स सिस्टम विभागमै भएकाले कार्यालयले उसैलाई रद्द गर्न भनेको हो । आजको कारोवार दैनिकमा यो खबर…
काठमाडौँ: श्रमसम्बन्धी नयाँ सम्झौता गरेको एक एक महिनापछि आएर मलेसियाले पुरानै संयन्त्रबाट कामदार पठाउन नेपाल सरकारलाई पत्राचार गरेको छ । कलिङ भिसा पाएर श्रमस्वीकृति लिएका झन्डै १० हजार कामदार ६ महिनादेखि अलपत्र रहेको अवस्थामा मलेसियाले पुरानै संयन्त्रबाट ती कामदार पठाउन आग्रह गरे पनि नेपाल सरकार नयाँ सम्झौता कार्यान्वयन गर्ने पक्षमा देखिएको छ । श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको प्रस्तावबारे ठोस जवाफ नदिई सरकार दुई देशबीचका समझदारीको मर्म र भावनाका आधारमा गम्भीरतापुर्वक अगाडि बढ्ने बताए । समझदारी कार्यान्वयन गर्न केही विषयका प्रक्रियालाई टुंग्याउनुपर्छ, मसिना समस्यासमेत टुंग्याउने गरी प्रावधिक बैठक पुनः बस्छौँ, उनले भने टुग्याउनुपर्ने विषयबारे नेपाली दुतावासतर्फ मलेसियाको सम्बन्धित ठाउँमा कुरा भईरहेको…
लिस्बन: विश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमल्य च्याउ (ह्वाइट ट्रफल) युरोपेली मुलूक पोर्चुगलमा सार्वजनिक गरिएको छ । चर्चित इटालीयन सेफ टङ्क सापकोटाले इटालीबाट खरीद गरी पोर्चुगल ल्याउनुभएको उक्त प्रजातिको ट्रफल च्याउ शुक्रबार राजधानी लिस्बनमा विशेष पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नुभएको हो । पोर्चुगलका राष्ट्रिय सञ्चार माध्यममा कार्यरत तीन दर्जन बढी पत्रकारको विशेष उपस्थितिमा सापकोटाले च्याउको सार्वजनिक गर्दै उक्त च्याउ पाँच वर्षयताकै विश्वमै सबैभन्दा ठूलो भएको दावी गर्नुभयो । सो अवसरमा सापकोटाले च्याउको प्रकृति, स्वाद, विश्व बजारमा यसको महत्व लगायतको विषयमा जानकारी दिनुभएको थियो । सो च्याउको तौल एक किलो १५३ ग्राम रहेको छ । विश्वमै इटाली र क्रोएसियामा मात्र…
सुर्खेत: कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कार्यक्रममा आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मी, सदस्यद्वय डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीले शपथ ग्रहण गरे । आयोगका अध्यक्ष तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उपाध्यक्ष डा रेग्मीलाई शपथ ग्रहण गराएका थिए । आफूले शपथ ग्रहण गरेपश्चात् डा रेग्मीले सदस्यद्वय डा रोकाया र शाहीलाई शपथ खुवाएका थिए । शपथपछि योजना आयोगका उपाध्यक्ष रेग्मीले आफूहरु पञ्चवर्षीय योजना निर्माणमा लाग्ने बताए । “अब तत्कालै कर्णाली प्रदेशको वर्तमान अवस्थामा बदल्ने र समृद्ध कर्णालीको सपना पूरा गर्ने मार्गचित्र तयार गर्छौं”, उनले भने । उपाध्यक्ष रेग्मीले चालू आवको बजेट कार्यान्वयनमा ध्यान दिएर…
काठमाडौँ: प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटी औंल्याएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरित काम भएको जनाएको हो । निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको छ । समितिका सभापति भरत शाहले निगमको जहाज खरीदप्रक्रियामा महालेखापरीक्षकको ५५ प्रतिवेदनले त्रुटी औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि बैठकमा विषय प्रवेश गराइएको बताए ।…
काठमाडौँ : सङ्घीय संसद्का सांसदहरुले संसद् सञ्चालनमा विलम्ब गर्ने तथा अध्यादेशबाट देश चलाउने अवस्थाले लोकतन्त्र बलियो तुल्याउन नसकिने धारणा व्यक्त गरेका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुले लोकतन्त्रमा कानून निर्माणसम्बन्धी काम विधि र प्रकृयाका आधारमा टुङ्ग्याउनु पर्नेमा कर्मचारी समायोजन जस्तो महत्वपूर्ण विषय संसद्लाई छलेर किन अघि बढाउन खोजिएको भनि प्रश्न गरेका हुन् । बैठकमा सदस्य कृष्णगोपाल श्रेष्ठले सिद्धान्ततः अध्यादेशबाट देश चलाउन हुँदैन भन्ने कुराको सरकारले हेक्का राख्न आवश्यक रहेको बताए । उनले भने, “संसद् सञ्चालन गर्न विलम्ब गर्ने अनि अध्यादेशबाट देश चलाउने अवस्था सिर्जना गर्नु गलत हो ।” सांसद बृजेशकुमार गुप्ताले सरकारले कर्मचारी समायोजनाका सम्बन्धमा…