Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 22
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » वाइडबडी जहाज खरीदमा त्रुटीः लेखा समिति, खरीद प्रक्रियामा कुनै अनियमितता छैन- निगम

    वाइडबडी जहाज खरीदमा त्रुटीः लेखा समिति, खरीद प्रक्रियामा कुनै अनियमितता छैन- निगम

    पहिलोक्लिकपहिलोक्लिकNovember 25, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटी औंल्याएको छ ।

    समितिको आज सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरित काम भएको जनाएको हो । निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको छ ।

    समितिका सभापति भरत शाहले निगमको जहाज खरीदप्रक्रियामा महालेखापरीक्षकको ५५ प्रतिवेदनले त्रुटी औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि बैठकमा विषय प्रवेश गराइएको बताए । पुरानो जहाज किन्न टेन्डर निकालेर नयाँ किन्नु कानूनविपरित रहेको भन्दै उहाँले भार क्षमता कमजोर हुनु र एयरबससँग नकिनी अर्कै पाटीसँग खरीद गरिनुले अनियमितताको प्रशस्त आशङ्का जन्माएकोले यो विषयको गहन अध्ययन र छलफल गरी टुङ्गोमा पुगिने धारणा राखे ।

    समितिले जहाज खरीद प्रक्रियामा अनियमितता भएको प्रश्न उठाइरहदाँ निगमका पदाधिकारीले भने आफ्नो बचाउ गर्दै जहाज खरीद कानूनबमोजिम भएकाले कुनै अनियमितता नभएको जवाफ दिएका छन् ।

    निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको विनियमावली, सार्वजनिक खरीद प्रक्रिया अनुरुप जहाज खरीद गरिएको र यसमा कुनै अनियमितता नभएको बताए । निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले जहाज खरीदसम्बन्धमा सत्य, तथ्य छानबिन गर्न आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

    समितिका अधिकांश सदस्यले जहाज खरीदमा कमिसनको खेल र मोटो रकम हिनामिना भएको भनी उठाएको प्रश्नको जवाफ दिँदै महाप्रबन्धक कंसाकारले जहाज खरीदमा १०० प्रतिशत भ्रष्टाचार छैन भन्दै खरीदको टेण्डर गर्दा बोइङभन्दा एयरबस सस्तो परेकाले जहाज ल्याइएको बताए ।

    कंसाकारको जवाफमा चित्त नबुझेपछि समितिका सदस्य डा मीनेन्द्र रिजाल र हृदेश त्रिपाठीले वाइड बडी खरीद प्रक्रियामा संलग्न पदाधिकारीको अनियमितता रहेको भन्दै उपसमिति गठन गरेर छानबिन अघि बढाउनुपर्ने माग गरे । व्यवसायिक कार्ययोजना बिनै जहाज खरीद गरिनु र खरीद प्रक्रियामा महालेखापरीक्षकले नै त्रुटी औंल्याएकाले छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइनुपर्नेमा उनिहरुले जोड दिए ।

    सदस्यहरु विरोध खतिवडा, प्रेम आले, धर्मशिला चापागाईं, सूर्य पाठक, अमनलाल मोदी, राजेन्द्र केसी, प्रदीप यादवलगायतले जहाज खरीद गर्दा एयरबस कम्पनीबाट नलिई बिचौलीयाबाट किनेको, व्यावसायिक योजना नबनाएको भन्दै छानबिन गरी संलग्न दोषीलाई कानुनी कारवाहीका लागि सिफारिस गर्न माग गरे ।

    समितिका सदस्य प्रेम आले र अमनलाल मोदीले आजकै बैठकले कारवाहीको सिफारिस गर्नुपर्छ भनेपछि सभापति शाहले कानून बमोजिम सबै काम अघि बढ्ने बताए । यसअघि बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वाइड बडी जहाज खरीद प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो । निगमको पहिलो वाइड बडी जहाज असार १४ गते र दोस्रो जहाज साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । समितिको अर्को बैठक मङ्सिर १२ गते पुनः बस्नेछ ।

    Facebook Comments Box

    जहाज
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.