Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउछन् । गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको…

Read More

काठमाडौँ: स्वारोजगार लघुवित्त वित्तीय संस्थाको ११ हजार १२९ कित्ता शेयर लिलामी खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्छ । यही आधारमा लिलामीमा भाउ तोक्नुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद मंसिर ४ गतेसम्म छ । कम्पनीले यसअघि साउन १३ देखि भदौ १७ गतेसम्म १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्न बाँकी रहेको हकप्रद सेयर अहिले लिलामी प्रणालीबाट बेच्न लागिएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी…

Read More

लमजुङ: नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँट गरेका छन् । उनले जिल्लालाई प्राप्त रु चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँट गरेका छन्। गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा रु २ करोड ६३ लाख, खेलमैदान निर्माणमा रु २९ लाख, भौतिक पूर्वाधारतर्फ (स्वास्थ्यचौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन) निर्माणमा रु एक करोड चार लाख तथा स्थानीय प्रशासनिक खर्चमा रु चार लाख विनियोजन गरिएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । सांसद गुरुङको संयोजकत्वमा बसेको परामर्श समितिको बैठकको सुझावका आधारमा निर्देशक समितिको बैठकले…

Read More

गाईघाट: उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन् । एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो । धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए ।…

Read More

लागोस: नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभावित भएका छन् । बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप फैलिएको नर्वेली शरणार्थी परिषद्ले जनाएको छ । मानवीय सहायता सम्वन्धी समूहहरूले उत्तरपूर्वी प्रदेशहरू अडामावा, बोर्नो र योबेमा हैजाको प्रकोप छिटो छिटो फैलिएको बताएका छन् । नोभेम्बर महिनाको सुरुवाती दिनहरूमै प्रकोप फैलिएको समाचारमा जनाइएको छ । “शरणार्थी शिविरहरूमा ठूलो भीडभाडका साथ एकै ठाउँमा बस्नु परेकाले हैजाको प्रकोप छिटो छिटो धेरैतिर फैलिएको हो,” बोर्नो राज्यको राजधानी मैडुगुरीमा एनआरसीका कार्यक्रम व्यवस्थापक जानेट चेरोनोले भन्नुभयो ।…

Read More

जनकपुरधाम: शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व गए रातिदेखि नै मनाइरहेका छन् । गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालुले जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठ पर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा ब्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । ‘छठ पर्व’का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुख्यरुपमा तराई–मधेशमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्लासका साथ मनाइन थालेकामा खु्शी व्यक्त गर्दै उनले भने, “एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात् गर्ने र मनाउने फराकिलो संस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहार्दतामा वृद्धि गरेको छ । छठ पर्वको सांस्कृतिक विस्तारले…

Read More

काठमाडौँ: नेपाल प्रहरीमा माथिल्ला पदहरूमा रिक्त भएको तीन महिनाभित्र अनिवार्य रूपमा बढुवा गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । तोकिएको अवधिभित्र बढुवा नभए बढुवा समितिका अधिकारीलाई कारबाही गर्नसमेत सर्वाेच्चले भनेको छ । पूर्वएसएसपी यादवराज खनालले दायर गरेको रिटको फैसलामा सर्वाेच्चले यस्तो आदेश दिएको हो । सर्वाेच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र डम्बरबहादुर शाहीको इजलासले यस्तो फैसला गरेको हो । गत १३ जेठमा भएको फैसलाको पूर्णपाठ हालै गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पुगेको छ । समयमा बढुवा नहुँदा बढुवाका उम्मेदवारलाई मात्र नभई संगठनलाई नै क्षति हुने भन्दै समयमै बढुवा गर्न सर्वाेच्चले निर्देशनात्मक आदेश दिएको हो । फैसलामा समयमा बढुवा नगरेकोमा सम्भावित उम्मेदवारलाई क्षतिपूर्ति दिनसमेत भनिएको छ ।…

Read More

काठमाडौं : सरकारी कार्यालयहरूमा हजारौं सवारी साधन थन्किएका छन्। ती बिग्रेका र थोत्रिएका पनि होइनन्। तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति रोकिएको छैन। यातायात व्यवस्था विभागका अनुसार देशैभरि तीन लाख ५० हजारभन्दा बढी सरकारी सवारी दर्ता छन्। नबिग्रेका भए पनि तीमध्ये धेरै गाडी कार्यालयमै पार्किङ गरी राखिएका छन्। दर्ता गरिएका शतप्रतिशत सवारीसाधनको लगतकट्टा नभएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए। ‘पत्रु नगरी नयाँ साधन मात्र खरिद गर्ने परिपाटीले पुराना साधनको राजश्व असुल गर्न समेत सकिएको छैन’, उपाध्यायले भने, ‘सरकारी सम्पत्ति दुरूपयोग बढेको छ। कर्मचारीले नयाँ किन्नेभन्दा पहिलेकै सवारीको वार्षिक रूपमा कर…

Read More

दार्चुला: महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्र्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युतीकरणका लागि प्रयास थालेको २६ वर्षपछि बल्ल विजुली बाल्न पाएका छन् । गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमा नै दुई सय किलोवाट विद्युत् उत्पादन भएको थियो । सो विद्युत्बाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले विजुली बाल्न पाएका थिएनन् । वरपरका गाउँमा यसअघि नै विजुली बलेको थियो । साहुले २०४९ सालमा विद्युतीकरणका लागि तीन पोल गाउँमा पु¥याएका थिए । गाउँमा पोल पु¥याए पनि विजुली बाल्न भने सकिएको थिएन । “ठेक्का भयो, छिमेकी गाउँमा विजुली बल्यो, नजिकैको मूल्लामा विजुली बाल्न सकिएन,” साहुले भने…

Read More