Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमन्त्रिपरिषद् मा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताए । उनले भने, “लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।” मन्त्रिपरिषद्का मुख्य निर्णयहरुबारे प्रायः बैठकपछि जानकारी दिइने गरिएकामा आज विस्तृत विवरण सार्वजनिक नगरी नयाँ प्रबन्धको तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही…
काठमाडौँ : प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति दिएको र त्यसको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई समेत गराएको छ । ओमलाई प्राप्ति गरेपछि प्राइमको कूल चुक्ता पूँजी १० अर्ब रुपैयाँमाथि पुग्नेछ । हाल दुवै बैंकको सम्पत्ति मूल्याङ्कनको काम भइरहेको छ । कास्कीलाई केन्द्र बनाएर कारोवार गरिरहेको ओमको कूल शाखा ५५ रहेका छन् भने ‘क’ वर्गको प्राइमको ६५ शाखा सञ्चालनमा छन् । सैद्धान्तिक सहमति प्राप्त गरेको तीन महीनाभित्रमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार वित्तीय संस्था एकापसमा गाभिने प्रक्रियाका लागि साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी सक्नुपर्नेछ । पछिल्लो…
दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको बस राजमार्ग छेउबाट खस्दा ३७ जना घाइते भएका हुन् । घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रुहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चार जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १० जनाको दमौली अस्पतालमा, ६ जनाको व्यास सिटी अस्पतालमा र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । सोही बसमा यात्रा गर्नुभएका भीमादका सूर्यकुमारी रानाका अनुसार बसमा यात्रु खचाखच थिए…
कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाब दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चित्कालीन धर्ना दिन सुरू गरेका छन्। छोरीको बलात्कारपछि हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् । सरकारलाई न्याय दिन बाध्य पार्न थप दबाब दिन अनिश्चितकालीन धर्ना दिन सुरू गरिएको निर्मलाका बुवा यज्ञराज पन्तले जानकारी दिए। धर्ना दिनुअघि निर्मलाको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै अधिकारकर्मीहरूसहितको र्याली निकालिएको थियो। सरकारले न्याय दिन्छ भन्ने विश्वास नरहेपछि नागरिक समाज र संचारकर्मीहरूकै उपस्थितिमा थप दबाब…
काठमाडौँ: यातायात व्यवस्था विभागले तिहार र छठका अवसरमा उपत्यकाबाट बाहिरिने तथा भित्रिने सार्वजनिक यातायातका साधनको अनुगमन नगर्दा यात्रु बढी भाडा तिर्न बाध्य छन् । दशैँमा विभागले बढी भाडा असुल्ने सवारीसाधनलाई न्यूनतम एक हजार रुपैयाँ मात्र कारवाही गरेकाले व्यवसायीमा स्वेच्छाचारिता बढेको यातायात क्षेत्रको सुधार अभियानमा लाग्नुभएका रामबहादुर थापाले बताए । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सरकारले तोकेभन्दा बढी भाडा लिनेलाई रु एक हजारदेखि रु पाँच हजारसम्म कारवाही गर्न सकिने व्यवस्था छ । विभागले सकेसम्म कारवाही गर्न नचाहने र धेरै दबाब आएमा न्यूनतम रु एक हजारमात्र कारवाही गरेकाले चालक र परिचालकले मनपरी भाडा उठाएको उहाँको भनाइ छ । राजधानीमा ट्याक्सी…
काठमाडौँ: महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले सूर्य लाइफ इन्स्योरेन्स कम्पनीसंग बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको छ । यसै सन्दर्भमा महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच बैंकासुरेन्सको सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ । महालक्ष्मी विकास बैंक लि. को…
काठमाडौँ: तिहारपछिको पहिलो कारोवारको दिनमा पूँजी बजारमा दोहोरो अंकले गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलब ३१ अंकले घटेको छ । नेप्से परिसूचकसंगै कारोवार रकममा समेत गिरावट आउँदा लगानीकर्ता निराश भएका छन् । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ अंकले घटेर २५५ दशमलव ९८ अंकमा पुगेको छ । आजको कारोवारमा बित्त र अन्य बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । निर्जीवन बीमा समूहको परिसूचक ४३ दशमलब ०७ अंक, जीवन बीमा २९ दशमलब ११ अंक र बाणिज्य बैंक समूह २५ दशमलब ०८ अंकले घटेको छ । यधपी बित्त समूहको…
धादिङ: पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया गीता नेपाली र उनकी छोरी २१ वर्षीया सुनीतालाई ठक्कर दिँदा घाइते भई उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । बटुवालाई ठक्कर दिएपछि ग्यास बुलेट २० मिटर तल पुगेको छ । पल्टेको बुलेटबाट ग्यास चुहिएर सो क्षेत्रमा त्रास पैदा भएको सोही स्थानका शिक्षक राममणि थपलियाले बताए । प्रहरीले प्राविधिक टोलीको सहयोगमा…
काठमाडौँ: व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकले गत असोज ११ गते नै सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो । सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा…
काठमाडौँ: तिहारमा सवा दुई अर्ब रुपैयाँ बराबरको सुनचाँदी बिक्री भएको छ । यो वर्षको तिहारमा लगभग दुई अर्ब रुपैयाँ बरावरको सुन र २६ करोड रुपैयाँ बरवाको चाँदीको व्रिकी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेज रत्न शाक्यले बताए । उनका अनुसार तिहारको १४ दिनमा लगभग ४०० किलोग्राम सुन र ४००० किलोग्राम चाँदी भएको छ । यधपी गत वर्षको तुलनामा यो वर्ष सुन तथा चाँदीको कारोवारमा गिरावट आएको छ । शाक्यले अघिल्लो वर्षको तुलनामा यो वर्ष सुनको कारोबार ३० प्रतिशतले कमि भएको बताए। “मूल्यमा भएको वृद्धिले गर्दा गत वर्षको तुलनामा यो वर्ष सुनचाँदीको कारोवारमा कमि आएको हो । यो वर्ष…