काठमाडौँ: तिहारपछिको पहिलो कारोवारको दिनमा पूँजी बजारमा दोहोरो अंकले गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलब ३१ अंकले घटेको छ । नेप्से परिसूचकसंगै कारोवार रकममा समेत गिरावट आउँदा लगानीकर्ता निराश भएका छन् ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ अंकले घटेर २५५ दशमलव ९८ अंकमा पुगेको छ ।
आजको कारोवारमा बित्त र अन्य बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । निर्जीवन बीमा समूहको परिसूचक ४३ दशमलब ०७ अंक, जीवन बीमा २९ दशमलब ११ अंक र बाणिज्य बैंक समूह २५ दशमलब ०८ अंकले घटेको छ ।
यधपी बित्त समूहको परिसूचक एक दशमलब २५ अंक र अन्य सामूहको परिसूचक शुन्य दशमलब ७३ अंकले बढेको छ ।
आज कूल १२५ कम्पनीको ३ लाख १४ हजार २९७ कित्ता शेयर ९ करोड ९४ लाख ५१ हजार ०४ मूल्यमा खरीद बिक्री भएको हो ।