Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जतिसक्दो चाँडो संविधान संशोधन गरेर मधेशी, दलित महिला तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षत्कार राजपाका महामन्त्री केशव झाले संविधान जारी भएलगत्तै उठाउँदै आएको संविधान संशोधनको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए । महामन्त्री झाले भने, “सरकार गठन भएको नौ महीना भइसकेको छ, हामीले दशैँअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थियौँ, उनले दशैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भने पनि अहिलेसम्म हुन सकेको…
इनरुवा: सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रबाट कटुवा पेस्तोलसहित आज तीन जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत विहार भीमनगर पञ्चायत वडा नं ४ बस्ने रञ्जीतकुमार मुखिया, जिल्ला सुपौल भवानीपुर–७ का १८ वर्षीय विवेक यादव र मोटरसाइकल चालक सुपौल जिल्ला सीतापुर बस्ने १७ वर्षीय सुमितकुमार गोइत रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर र ८ हरिपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल हरिपुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा खटिएको टोलीले कोशी गाउँपालिका–८ भण्टाबारीबाट रञ्जीतकुमार मुखियालाई पक्राउ गरेको छ भने सशस्त्र प्रहरी बल…
काठमाडौँ : सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन तथा नियमावली कार्यान्वयनमा नआएकोमा सरोकारवार निकायले चिन्ता व्यक्त गरेका छन् । ऐन तथा नियमावली विसं २०६८ तथा निर्देशिका विसं २०७१ मा जारी भएको थियो । सो नियमावलीमा मुख्यतः सूर्तीजन्य पदार्थको वट्टा, पार्सल तथा ¥यापरमा ९० प्रतिशत चेतनामुलक सन्देश चित्र अङ्कित छाप्ने वाध्यकारी व्यवस्था छ । प्रमुख सूर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनी सूर्य नेपालले कानुन कार्यान्वयनमा गरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, एक्सन नेपाल र स्वास्थ्य पत्रकार मञ्चद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित सूर्तीजन्य पदार्थ तथा नियमनको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रमका वक्ताले अर्थ एवं उद्योग मन्त्रालयको समन्वयमा जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा…
जिरी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन् । आजदेखि शुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आउनुभएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गरे । पार्टी एकताको प्रसङ्गमा उहाँले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताए । नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाई भए पनि विवाद नरहेको उनले प्रष्ट पारे । पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता दाहालले बताए।
अमरगढी: डडेल्धुराको भागेश्वर गाउँपालिका–४ कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आज भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडै र भागेश्वर गाउँपालिका–३ का गाडी धनी ४५ वर्षीय दीपेन्द्र शाहीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइते हुनेमा भागेश्वर गाउँपालिका–३ का तीन वर्षीय एलकस नागरी, पाँच वर्षीया अपेक्षा शाही, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीया तनुजा शाही, २२ वर्षीय नवीन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीया माया नागरी, ५०…
काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औँ मिनेटमा अञ्जन विष्टको पेनाल्टी गोलमार्फत मनाङले अग्रता लिएको थियो । अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । खेलको ३९ औँ मिनेटमा एनआरटीको डिफेन्स लाइनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलाव अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि गोल गर्ने धेरै अवसर गुमाएको थियो । एनआरटीले भने पहिलो हाफको…
काठमाडौँ : ‘नेपाली कपडा उद्योग बचाऔँ’ भन्ने नारासहित आजदेखि मुलुकभरका सम्पूर्ण कपडा उद्योगहरू बन्द गर्ने चेतावनी दिइएको छ । लामो समयदेखि आफूहरूको मागको बेवास्था गरेको भन्दै नेपाल कपडा उद्योग सङ्घको आह्वानमा मुलुकभरका २५० कपडा उद्योग अनिश्चितकालका लागि बन्द गर्नुपरेको सङ्घले जनाएको छ । सरकारले वैकल्पिक व्यवस्था नगरी भ्याट छुटको सुविधा हटाएको विरोधमा लामो यमयदेखि स्वदेशी कपडा उद्योगी आन्दोलमा थिए । भ्याट छुटको सुविधा हटाएपछि सङ्घले सरकारलाई भ्याट फिर्तापछिका विकल्पहरू पनि पेशकामा सो माग पनि सम्बोधन नभएपछि बाध्य भएर उद्योग बन्द गर्नुपरेको सङ्घले जनाएको छ । सङ्घले भ्याट छुटको सुविधा हटाएपछि सरकारसँग भ्याट फिर्ता बराबरको रकम नगद अनुदान उपलब्ध गराउनुपर्ने, उद्योगले…
काठमाडौँ: नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ । सातौँ कर दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसको पुनरावलोकन हुने अर्थमन्त्री डा युवराज खतिवडाले स्पष्ट गरे । उनले भने, “करसम्बन्धी सानो विषयलाई लिएर १०५ बाट ११० मा झारी दिएकामा हाम्रो आपत्ति छ यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौँ ।” सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीको कुनै पनि…
काठमाडौं: सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। क्षेत्रगत आधारमा गरिको वर्गीकरणअनुसार सबैभन्दा धेरै कर तिर्ने एक एक जनालाई सम्मान गरिएको हो। सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने उद्योगी सिद्धार्थ राणालाई सरकारले सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको छ। विभागले हरेक वर्ष धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका छन्। विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिकालाई पनि सम्मान गरेको छ। आन्तरिक राजस्व…
भोजपुर: उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताएकि छिन । भोजपुर उद्योग वाणिज्य सङ्घको १०आँै वार्षिक साधारणसभालाई सम्बोधन उनले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताएकी छिन । कृषिलाई अगाडि बढाउन सके समाजको विकास भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासङ्घ लागिपरेको उनले जोड दिइन् । प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको साथ र सहयोगबाट जिल्लाको विकास सम्भव भएकाले सबैको सहकार्य हुनुपर्ने बताईन । कार्यक्रममा जिल्लामा रहेका उत्कृष्ट उद्योगी, व्यवसायीका साथै वाणिज्य सङ्घको भवन निर्माणका लागि रु ५० हजारभन्दा माथि सहयोग गर्ने…